Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला स्वास्थ्य सेवा प्रभावकारी बनाउन राष्ट्रपतिको ध्यानाकर्षण, प्रसुती क्षेत्रमा ठूलो योगदान गरेको भन्दै प्रशंसा

प्रभातफेरी अनलाइन ७८६७ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २५, बुधबार (८ साल अघि)
महिला स्वास्थ्य सेवा प्रभावकारी बनाउन राष्ट्रपतिको ध्यानाकर्षण, प्रसुती क्षेत्रमा ठूलो योगदान गरेको भन्दै प्रशंसा

धुलिखेल/राष्ट्रपति विद्यादेवी भण्डारीले महिला स्वास्थ्यय सेवालाई विस्तार र प्रभावकारी बनाउन सरकार, समुदाय र सम्बध निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

 

धुलिखेलमा मंगलबारबाट शुरु भएको स्त्री तथा प्रसुतीसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अत्तिरिक्त कार्यबोझ, परम्परागत चुलाचौका र धन्दापात, महिला विरुद्धको शारिरीक र मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्य चेतनाको अभाव र आर्थिक श्रोतमा न्युन पहुँच हुँदा थुप्रै महिलाहरु स्वास्थ्यसम्बन्धी समस्याबाट गुणस्तरीय सेवा नपाएर मृत्यु हुने गरेको तर्फ सचेत गराउँदै प्रजनन स्वास्थ्य सेवा सुधार्ने र लैंगिक हिंसा अन्त्य गर्ने अभियान सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो ।

महिलाको स्वास्थ्य शिक्षाको समग्र समुन्नतीमा नवजात शिशुको भविष्य गासिएको भन्दै विज्ञ, विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले प्रजननको बेलामा स्वश्थ मुस्कानसहितको सेवा प्रदान गर्न दत्तचित्त हुनुपर्ने धारणा राख्नुभयो । विश्वमा नै पाठ्ेघर र स्तन क्यान्सर सम्बन्धी समस्या विकराल भइरहेको भन्दै उहाँले विज्ञता र अनुसन्धान त्यसतर्फ प्रयोग हुनुपर्ने बताइन् । उहाँले सम्मेलन विश्वमा नै महिला स्वास्थ्य सेवा सुधार गर्नको लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मातृ तथा शिश मृत्युदर घटाएर सह्रशताब्दि विकास लक्ष्य हासिल गर्न नेपाल सफल हुनुमा स्वास्थय स्वंम सेविकाको भुमिकालाई महत्वपूर्ण मान्दै यसबाट विश्वले पनि सिक्ने बताउनु भयो । पछिल्लो समयमा महिलाका स्वास्थय समस्या सामाधानका सवालमा हाँसिल भएको उपलब्धिलाई सकारात्मक भएको बताउनु भएको छ । उहाँले ग्रामीण क्षेत्रमा देखिएको स्वास्थ्य समस्या समाधान गर्न सबै पक्षलाई जिम्मेवार हुन आग्रह समेत गर्नुभयो ।

प्रसुती तथा स्त्रीरोबारे अन्तराष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा मंगलबारबाट शुरु भएको छ । असोज २४ देखि २६ गतेसम्म चल्ने सम्मेलनमा स्पेन, नर्वे, श्रीलंका, अमेरिका, क्यानाडा, जर्मनी, डेनमार्क, भारत, स्विजरल्याण्ड र नेपालका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ, प्रशिक्षार्थी र फिजियोथेरापिष्ट गरी ३ सय जनाको सहभागिता रहेको धुलिखेल अस्पतालकी स्त्रीरोग विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, सम्मेलनमा महिलाको पाठेघर झर्ने समस्या, पिसाब चुहिने समस्या, गर्भवती समयका जोखिम, शिशु तथा मातृ मृत्युदरका बारेमा विभिन्न ३७ कार्यपत्र माथि छलफल र बहस हुनेछ ।

  • प्रसुती क्षेत्रमा ठूलो योगदान गरेको भन्दै प्रशंसा
  • महिला स्वास्थ्य सेवा प्रभावकारी बनाउन राष्ट्रपतिको ध्यानाकर्षण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0