Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उम्मेदवारको नाम सिफारीसमा भद्रगोल, कम्युनिष्ट गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धन भिड्दै

प्रभातफेरी अनलाइन ६६०३ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २५, बुधबार (८ साल अघि)
उम्मेदवारको नाम सिफारीसमा भद्रगोल, कम्युनिष्ट गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धन भिड्दै

आइ.आर.के.मैनाली

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नेपालको ऐतिहासिक निर्वाचन हो । संविधानसभाबाट संविधान जारी भए पछिको पहिलो निर्वाचनले निकै चर्चा पाएकै अवस्थामा वाम एकताको संकेतले राष्ट्रिय अन्ताराष्ट्रिय स्तरमा निकै चर्चा परिचर्चा पाएको छ । विगतमा नेपालमा भएका धेरै दल मध्य कुनै दलले पनि स्पस्ट बहुमत हासिल गर्न नसकी खिचडी सरकारको निर्माणले गर्दा भागबण्डाकै आधारमा मुलुक संञ्चालन हुदा नेपाली जनताले चाहे अनुसारको कार्य हुन सकेको अवस्था थिएन । जनताले दिएको जिम्मेवारी साथै हैसियतको आधारमा मुलुक संञ्चालन गर्नुको वदला मिलिजुली भागबण्डाको आधारमा मुलुकको वागडोर सम्हाल्दा जनमतको खासै कदर नहुदा वाक्क भएका नेपाली जनता पछिल्लो राजनैतिक परिस्थितिले गर्दा केहि आशावादि भएका छन् ।

पछिल्लो राजनैतिक समिकरणले गर्दा दलहरुले जनताको मन जित्न राम्रो साथै ऐतिहासिक कार्य गर्नु पर्ने अवस्था सृजना भएको छ । मुलुकमा कम्युनिष्ट गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धनको विचमा प्रतिस्पर्दा हुने अवस्था आएको छ । जसले गर्दा विगतमा मुलुकमा रहेको बर्षातमा उम्रिएको च्याउ सरिको दलको करिब अन्त्य हुने संकेत मिलेको छ । जुन संकेत नेपाल र नेपाली जनताको हितको पक्षमा रहन्छ । मुलुकमा धेरै दलहरु हुँदा अथाहा खर्च भई थाम्नै नसकेको अवस्थामा भएको पछिल्लो राजनैतिक समिकरणले गर्दा नेपाली जनतामा आशाको त्यान्द्रो पलाएको अवस्था रहेको छ । पछिल्लो राजनैतिक अवस्थालाई चौतर्फि रुपमा खुसियाली छाएको समयमा दलहरुले उम्मेदवारको चयनमा केहि कमि कमजोरी गर्दा समस्या निम्तन सक्ने बिष्लेसकहरुको ठम्याई रहेको छ ।

कम्युनिष्ट गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धनको विचमा प्रतिस्पर्दा हुन लागेको नेपालको ईतिहासमा पहिलो भन्दा फरक नपर्ला । यस्तो फरक ढंगको राजनैतिक सहकार्य साथै ऐतिहासिक निर्वाचनमा दलहरुले र्निविवादित ढंगबाट सक्षम उम्मेदवार चयन गर्न नसकेमा गोलकिपर असफल हुन सक्ने संम्भावना रहन्छ । नेपाली जनताले आगामि निर्वाचनमा दुई मध्य एक पक्षले वहुमतको गोल गरोस जसले गर्दा निर्धक्कसंग ५ बर्ष मुलुकको शाषण संञ्चालन गर्न पाओस भन्ने चाहेको छ । जनताको चाहना अनुसारको कार्य गर्न दलहरुले सक्षम साथै निर्विवादित ढंगबाट उम्मेदवारको चयन गर्न जरुरी छ ।

जनताको चाहना अनुसारको वहुमत हासिल गर्न कुनै पनि दलले ठुलै कसरत गर्न जरुरी छ । बाम एकता हुदैमा सहज ढंगबाट बहुमत हासिल हुन्छ भन्ने कदापि सोच्नु त्यति सान्दर्भिक नहोला । तर बाम सहकार्यले गर्दा वहुमत हासिल गर्ने अवसर भने जुटेको छ । सहकार्यकै नाममा पिधमा प्वाल परेको भाँडोमा पानी भरिने कल्पना गरीयो भने हात्ति आयो हात्ति आयो फुस्साको अवस्था निम्तन सक्छ । नेपालको ईतिहासमा दलहरुमा अनावश्यक महत्वकाँक्षा बढ्दा साथै हौसिदा विग्रिएको धेरै उदाहरणहरु रहेका छन् । उता नेपाली काँगे्रसले पनि वाम तालमेलको कारण आफ्नो दलको अवस्थामा के हुने हो भनि निकै सोचबिचारको साथमा अगाडि बढ्ने कोसिस गरेको छ । लोकतान्त्रिक पक्षधरलाई समेटेर अगाडि बढेको अवस्था छ ।

यस्तो अवस्थामा उम्मेदवारको सिफारीसमा केही कमी कमजोरी गरेका छन् । निर्विवादित ढंगबाट उम्मेदवारको चयन गर्न सकेको भए सुनमा सुगन्ध भने झै हुने थियो । तर एउटै पदको लागि दर्जनौ नाम चर्चामा ल्याउनु त्यति राम्रो पक्ष होईन । कतिपयले त स्वोघोषित ढंगबाट नाम चर्चामा ल्याएका छन् । तल्लो तहबाट उम्मेदवारको नाम सिफरीस गर्ने क्रममा कतिपय स्थानिय तहको वडामा हारेको नाम समेत सिफारीस भएको छ , त कतिपय स्थानिय तहको निर्वाचनमा विजय भएकाहरु पनि रहेका छन् । जुन ढंगको भद्रगोलको सिफारीसले गर्दा कार्यकर्तामा मनमोटाव हुने मात्र नभएर जनतामा समेत राम्रो संदेश जाँदैन । राजनीतिक दलहरूले मापदण्ड नै कायम नगरी भद्रगोल नामावली सिफारिस गरेको देखिएको छ । पार्टीका कृयाशिल सदस्यदेखि वडा अध्यक्ष, नगरप्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई पनि प्रत्यक्ष र समानुपातिकतर्फ सांसदको उम्मेदवार सिफारिस गरेको छ । जुन कार्यले गर्दा अवसर समान नभई गुटगत साथै चाकडीको आधारमा प्रदान गरेको देखिन्छ । त्यतिमात्र नभएर स्थानिय तहमा जनताले असक्षम ठह¥याएर हराएकाहरुलाई पुन नाम सिफारीस गर्नु साथै स्थानिय तहको हैसियतमा राखेकाहरुलाई माथिल्लो तहको जिम्मेवारी दिन खोज्नु दलहरुको कमजोरी हो ।

  • उम्मेदवारको नाम सिफारीसमा भद्रगोल
  • कम्युनिष्ट गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धन भिड्दै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0