Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फुलखेतीबाट आम्दानी गर्दै दाहाल

प्रभातफेरी अनलाइन ५८०० पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन ३१, मंगलबार (८ साल अघि)
फुलखेतीबाट आम्दानी गर्दै दाहाल

असोज ३१, काभ्रे (सुरज श्रेष्ठ) । गाउँका युवाहरु पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेको वेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ३ नाला चुनातालका स्थानीय दुर्गानाथ दाहालले भने फूल खेती गरेर महिनामा लाखौं कमाई गरिरहेका छन् ।

दाहालले चनातालमा रहेको आफ्नै बारीमा सयपत्री जातका फुल खेती गरेर आम्दानीको स्रोत पहिल्याएका हुन् । दाहालले त्यहाँ दूई रोपनी जग्गामा सयपत्री जातको फुलको खेती गर्नुभएको छ । तीन महिनमा नै फुल्ने उक्त फुलको वीउ भने थाईल्याण्डबाट मगाएर खेती थालनी गरेको बताए । पहिला पहिला घरवरीपरी बारीको कान्लातिर रोपेर आवश्यक काम चलाउन मात्रै प्रयोग गर्दै आएकामा यसपालिबाट ब्यावसायिक रुपमा नै खेती गरेको उनले बताए । फुल खेती पहिलो पटक शुरु गरेको हुनाले शुरुमा २० ग्राम वीउ ल्याएर खेती गरेको उनको भनाई छ ।

‘यस खालको सयपत्री जात नेपालमा नपाईने भएकाले थाईल्याण्डबाट मगाएर खेती गरेको हुँ, दाहाले भने, ‘वीउ महंगो भएपनि राम्रोसंग फुल्ने भएकाले खेती गर्न जाँगर चल्दो रहेछ ।’ उनका अनुसार फूल एकै पटक फूल्ने र खेती गर्न पनि खासै धेरै मेहिनत नचाहीले भएकाले फुल खेतीबाट राम्रै आम्दानी गर्न सकिने बताए । वीउ महंगो भएकै कारण नर्सरी तिर समेत विरुवा किन्न नपाएको उनको भनाई छ । २० ग्राम वीउको ८ हजार लगानी गरेका दुर्गानाथ भन्छन्, ‘नर्सरीमा एउटा विरुवाको २० रुपैयाँ जति पर्दोरहेछ, मैले १ हजार बोट लगाएको छु, ‘एउटा बोटबाट २ देखि ३ सयसम्म कमाई हुन्छ ।’ यसरी हेर्दा दूई रोपनी जग्गामा गरेको फुल खेतीबाट तीन महिनामा २ लाख देखि ३ लाखसम्म कमाई हुने अनुमान छ ।
फूलको खेती देखेर काठमाडौंका विभिन्न स्थानहरुबाट अग्रीम रुपमा बुकिङ्क गर्न भन्दै धेरै फोन आएको दाहालले बताए । ‘धेरैको फोन आएको छ, खेती थोरै मात्रै शुरु गरे, अब आगामि दिनमा १० रोपनी जग्गामा बढाउँछु ।’ दाहालले आगामि योजना सुनाए ।

काठमाडौमा कपडा पसल सञ्चालन गर्दै आएका दाहालले साथीहरुको सल्लाहमा आफुले फूल खेती शुरु गरेको बताए । ‘यो मेरो अर्को ब्यवसायी हो, विशेष गरेर गाउँका युवासाथिहरु जो काम गर्नकै लागि घर परिवार सबै छोडेर विदेश जान्छन्, तर गर्न चाह्यो भने यही पनि काम गरेर धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको लागि पनि मेरो यो अर्को ब्यवसायी हो ।’ युवाहरु आफ्नो भएको पम्पत्ति धितो राखेर विदेशमा जान्छन्, कामाउँछन् र फर्केर आएपछि त्यो पैसा नसकिन्जेल बसेर खान्छन् । त्यो पैसा सकेपछि फेरि कमाउन विदेश जान्छन्, भएको जग्गामा श्रम ग¥यो भने उही पनि कमाउन सकिन्छ ।’ दाहालले थपे, ‘मैले गरेको फुल ब्यवसाय देखेर सबैले सल्लाह लिन आएका छन्, सायद आउँदो दिनहरुमा गाउँमा धेरै फूल खेती गर्नेहरुको संख्यामा बृद्धि हुनेछ ।’

साभार : ताजा पत्रीका डट कम

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0