काभ्रे, कातिक । ऐतिहासिक पनौती नगरलाई सुरक्षित नगर बनउने उद्धेश्यले सिसिटिभी क्यामेराको निगरानीमा रहने भएको छ ।
विहीवार काभ्रेपलाञ्चोकको पनौतीस्थित प्रहरी चौकीप्राङ्गणमा पनौती उद्योग वाणिज्य संघको आयोजना र पनौती नगरपालिकाको सहयोगमा सिसिटिभी जडान कार्य सम्पन्न गररेको । आज विहान काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले सिसिटिभी क्योराको उद्घाटन गर्नुभएको हो । सिसिटिभीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सिमखडाले अब पनौती क्षेत्रमा हुने अपराधिक गतिविधि कम हुने बताउनुभयो । रक्षा समिति ब्यक्तिकोम ात्रै हुन्छ, सुरक्षा ब्यपाक हुन्छ । त्यसैले टिभीले गरेको रेकर्ड लामोहर लगाए जतिकै हुने भएकाले सिसिटिभीको निगरानीमा हुनुहन्छ भन्ने सूचना ब्यापक बनाउन सकेमा पनि त्यसबाट अपराधिक गतिविधिको न्युन हुनेछ ।’ उहाँले सम्बन्धीत पक्षले क्यामेरा राख्नु मात्रै ठूलो कुरा नभई त्यसको टिकाउ दीर्घकालिन र गुणस्तरमा सबै मिलेर लाग्नु आवश्यक रहेको बताउनभयो ।
पनौती नगरपालिकाका प्रमखु भिम न्यौपानेले सुरक्षा देटिकोणले यो सानो पाईलाको शुरुवात गरेको बताउनभुयो । ‘यो काम सानो पाईलाको सुरुवात मात्रै हो, पनौतीलाई हाम्रै कार्यकालभित्र विश्व सम्पदा सूचिमा दर्ता गरेरै छाड्छौं ।’ न्यौपानेले भन्नुभयो ।
पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सिसिटिभी क्यामेराले अब पनौतीको सुरक्षा ब्यवस्थामा ठूलो सहयोग पु¥याउने बताउनभुयो । ‘मन्दीर नै मन्दीर भएको शहरको रुपमा चिनिएको पनौतीका मन्दीरहरुको यसअघि टुडाल लगायतका महत्वपूर्ण सामग्रही चोरी भएको कारण पनि सिसिटिभी क्यामेरा जडान गरिएको हो ।’ थापाले भन्नुभयो, ‘यसबाट प्रहरी प्रशासनको निकायलाई सुरक्षाको कार्यमा धेरै सहयोग पु¥याउनेछ ।’
पनौती नगरपालिकाको १५ लाख र पनौती उद्योग वाणिज्य संघको ७ लाख गरी २२ लाखको लागतमा पनौतीको विभिन्न स्थानमा ५ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । उक्त टिभीले पनौतीको नमोबुद्ध जाने रोड, खोपानी रोड, कुशादेवी रोड, बासडोल रोड र पनौती बस पार्कलाई निरन्तर निगरानी राख्ने गरी जडान गरिएको पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले बताउनुभयो ।
#साभार : ताजा पत्रीका
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |