Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सपना देख्नेले मात्रै समाज परिवर्तन गर्न सक्छ, बनेपाको खानेपानी र फोहोर ब्यवस्थापन तत्काल हुन्छ

प्रभातफेरी अनलाइन १०५१८ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक २०, सोमबार (८ साल अघि)
सपना देख्नेले मात्रै समाज परिवर्तन गर्न सक्छ, बनेपाको खानेपानी र फोहोर ब्यवस्थापन तत्काल हुन्छ

 यतिबेला मुलुक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिइ सकेको छ । उम्मेदवारहरू मनोनयन दर्ता पछि आ–आफ्नो प्रचारमा लागिसकेका छन् । काभ्रे जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभामा गरी ७१ जनाको उम्मेदवारी परेको छ । तर विगतको राजनीतिक गतिविधिलाई हेर्ने हो भने बाम गठबन्धन बनेपछि काभ्रेमा रहेका प्रतिनिधि सभाका २ र प्रदेशका चार गरी जम्मा छ क्षेत्रमा बाम गठबन्धनका ६ जना र नेपाली काँग्रेसका ६ जनाविचि मुख्य प्रतिस्पर्धा हुने छ । यिनै १२ जना उम्मेदवारको विचमा काभ्रे प्रतिनिधि सभा २ (ख) का उम्मेदवार बसुन्धरा हुमागाईं एक प्रतिस्पर्धी हुन् । उनको प्रतिस्पर्धा नेपाली काँग्रेसका कन्चनचन्द्र बादे सँग हुनेछ । लामो समयदेखी राजनीतिमा सक्रिय हुँदै आउनुभएका जनप्रिय नेता हुमागाईंले आफुलाई काभ्रे जिल्लामा सबैका साझा नेताका रुपमा परिचित गराउन सफल भएका छन् ।

बसुन्धरा हुमागाई प्रतिनिधि सभा क्षेत्र नम्बर २ ‘ख’ उम्मेदवार बाम गठवन्धन, नेकपा एमाले सचिवालय सदस्य, काभ्रेपलाञ्चोक

उम्मेदवारी के का लागि ?

मेरो उम्मेदवारी बाम्पन्थि गठवन्धनको तर्फबाट संयुक्त उम्मेदवारी हो । बाम गठवन्धनको उदेश्य नै नेपाली जनताको अथक प्रयासबाट निर्माण भएको नेपालको संविधान पूर्ण रुपमा कार्यान्वयन हो । केन्द्रिय, प्रदेश र स्थानीय सरकारले दिने नागरिकहरुको अधिकार पूर्ण रुपमा कार्यान्वयन प्रमुख उदेश्य हो । नेपाली जनताको सार्वभौम अधिकारलाई ब्यवहारमै प्रयोगमा ल्याउन बामगठवन्धन हो । भन्ने मात्रै होईन हामी गरेरै देखाउँछौं ।

शुशासन सँगै हामी सम्वृद्धको बाटोमा अगाडी बढेका छौं । ९/९ महिनामा सरकार फेर्ने, ६४ सदस्यीयसम्म मन्त्रीहरु बनाएर राष्ट्र खोक्रो बनाउने अभियानको हामी विरुद्धमा छौं । स्थानीय सरकार बलियो बनाउने, जनताको अधिकार र चाहनालाई स्थानीय सरकारले पुरा गर्ने, प्रदेश सभाले त्यसलाई केन्द्र र स्थानीय सरकारसँग समन्वय गर्ने काम गर्छ । जनताका दिनदिनका समस्याहरुलाई जनताकै प्रतिनिधिहरुबाट घरघरैबाट पुरा गराउने गरी स्थानीय सरकारको अधिकार प्रत्यायोजन भएको छ ।

यसलाई हामीले हिजो भन्यौ, अधिकारका लागि लड्यौं अब ब्यवहारमै देखाउने छौं । नेपाली कांग्रेसले पटक पटक बहुमत ल्यायो, दुई तिहाई ल्यायो, नेपाली कांग्रेसका नेताहरु पटक पटक प्रधानमन्त्री बने तर खै परिवर्तन ? कम्युनिष्टका नेताहरु प्रधानमन्त्री बने मुलुकमा सपना नै सपना र सम्भावना नै सम्भावनाको खोजी भयो । गर्दा हुने रहेछ भन्ने कुराको अनुभुति बाम्पन्थि सरकारले दिएको छ । मनमोहन अधिकारी देखि केपी ओलीसम्मको सरकार हेर्नुस त ? बुढाबुढीहरुलाई कम्युनिष्ट सरकार आयो भने मार्छ भन्ने कांग्रेसीहरुले देखे मनमोहन अधिकारी नेतृत्वको सरकारले के गर्यो ? बृद्धभत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्ता अभियान पछि कम्युनिष्टहरुको चरित्र र सरकारको नेतृत्व गर्दा के गर्दा रहेछन भन्ने कुरा देखाए । केपी ओलीले रेलको कुरा गर्दा नेपाली कांग्रेसले उडायो अहिले ओलीकै प्रस्तावलाई शेरबहादुर देउवा चिनसँग सम्झौता गर्न बाध्य भयो ।

अहिले घोषणापत्रमा त्यहि कुरा उल्लेख गर्छ काँंग्रेस ? अनि आरोप मात्रै लगाएर हुन्छ र ? हामी काम गर्छाै । सपना देख्नेले मात्रै समाज परिवर्तन गर्न सक्छ । त्यसकारण हामी बाम गठवन्धनको दुई तिहाई मत ल्याएर मुलुकको काँचुली फेर्नेछौं । युवाहरु बेरोजगार हुनबाट रोक्ने छौं । विदेशीने युवाहरुलाई स्वदेशमै रोक्ने प्रयास गर्नेछौं ।

ग्रैह्रिविसौना देउपुर देखि नारायणस्थान, नागिडाँडा, नगरकोटसम्मको क्षेत्रलाई पर्यटकिय स्थल बनाउने छौं । पर्यटकहरुको आगमन गराई त्यसलाई विकासको एउटा मोडल बनाउनेछौं । ब्यापारीक नगर बनेपामा खानेपानीको अभाव छ । त्यसको ब्यवस्थापनका लागि पार्टीका उपाध्यक्ष अशोक ब्याञ्जुको संयोजकत्वमा शुरु भएको एकिकृत खानेपानीको कामलाई तत्काल सम्पन्न गर्नेर्छाै । तीनवटै नगरको खानेपानीको समस्यालाई तत्काल समाधान गर्नेछौं । भूमिडाँडा आफैमा श्रोतको धनी क्षेत्र भएकाले त्यसको समुचित वितरण र बाँडफाँडको माध्यमबाट यो क्षेत्रलाई सबै कुराले सम्वृद्ध बनाउने छौं । विकासका लागि निकास महत्वपूर्ण कुरा रहेछ । हामी कृषिको उर्वर क्षेत्रलाई ब्यवसायीक खेति प्रणाली अपनाउने छौं । रयाले कुशादेवी, बेथाञ्चोक, तीन देउपुरका सडकहरुको स्तरोन्नती गर्ने अभियानमा छौं । स्थानीय सरकार पनि हाम्रै दलका नेताहरुको नेतृत्वमा छ । खानेपानी, ढल, शिक्षामा सुधार, स्वास्थ्य, ब्यवसायीक खेति र स्वरोजगारका कार्यक्रमहरु गर्ने छौं । सिंचाई पुर्याउन सकिने स्थानमा सिंचाईको ब्यवस्था गर्नेछौं । सबैको शिक्षामा पुहँच पुर्याउने छौं ।

बनेपा शहरको फोहोरको ब्यवस्थापन गर्नैर्छाैं । मठ मन्दिरको संरक्षण गर्ने छौं । सांस्कृतिक नेवारी शहरको विकास र संरक्षण गर्नेर्छाै । मेरो निर्वाचन क्षेत्रका सबै नागरिकहरुले पाँच वर्ष भित्रमा गुणस्तरीय खानेपानी प्राप्त गर्नेछन् । अहिले भईरहेको एकिकृत खानेपानीको काम सम्पन्न हुनेछ । यो निर्वाचन क्षेत्रमा नेकपा एमाले हिजो पराजय भएको थियो तर पनि हामीले विकास गर्ने कुरामा कहिल्यै पछि परेनौं । हाम्रा आदरणीय नेता गोकुल बास्कोटा निरन्तर यो क्षेत्रको विकासका लागि लाग्नु भयो । हाम्रो अर्काे एउटा सपना छ । हामीले निर्वाचनमा विजय हासिल गरेपछि प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा बनाउने छौं । एमालेले अवसर नपाउँदा र पाउँदा गरेको कामको मुल्यांकन काभ्रेली जनताले गरिरहेका छन् । बामगठवन्धनको विजयी पछि अझै यो क्षेत्रका जनताले सम्वृद्धको अवसर प्राप्त गर्ने छन् ।

को हुन् बसुन्धरा ?

बसुन्धरा हुमागाई आम सर्वहारा श्रमजीवी जनताका प्रिय नेता हुन, जसले आमुल सामाजिक परिवर्तनका लागि आफ्नो जीवनलाई नियमित रुपमा लगाएको छ । श्रमजीवी सर्वहारा वर्गको नेतृत्व गर्ने निपुण योद्धाको रुपमा उनले आफ्नो परिचय बनाएका छन । न्याय र समानताका निम्ति जनतासँगै बसेर भूमिका खेल्ने बसुन्धराको जन्म २०२७ साल मंसिरमा बुबा नारायणप्रसाद हुमागाई र आमा पुण्यमाया हुमागाईको कोखबाट जेठो छोरा रुपमा काभ्रेको भूमिडाँडा गाविसमा भएको थियो । हुमागाईले गाउँमै रहेको भालेश्वर मावि मल्पीमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा अनेरास्ववियु पाँचौंको सदस्यता लिएका थिए । सानै उमेरदेखि राजनीतिप्रति रुची राख्ने हुमागाईले इन्द्रेश्वर उच्च मावि पनौतीमा अध्ययन गर्दा भने अखिल छैठौंको सदस्यता पनि लिए । त्यसै शिलशिलामा उनी २०४४ सालदेखि ०४७ सालसम्म चौमको कार्यकर्ता समेत भए । पछि माधवप्रसाद अधिकारी, रामहरी सुवेदी र रामप्रसाद अधिकारीहरुले उनलाई २०४७ सालमा नेकपा मालेको सदस्यता दिलाए र उनी तत्कालिन मालेको सदस्य भए ।

०४८ देखि ०६४ सालसम्म पार्टीको गाउँ इलाका सदस्यको जिम्मेवारी लिएका उनी त्यसअघि नै गाउँ पार्टी सचिवको जिम्मेवारी वहन गरिसकेका थिए । अखिल नेपाल किसान महासंघ काभ्रेको कोषाध्यक्ष र ०६४ देखि एमालेको जिल्लला कमिटी सदस्य भएका उनी ३ कार्यकालदेखि जिल्ला कमिटीमा रहेका छन् । अहिले एमालेको जिल्ला कमिटी सचिवालय सदस्य र कार्यालय सचिवको जिम्मेवारीलाई उनले वहन गरिरहेका छन । ०४८ सालमा इन्द्रदेवी युवा क्लवको सचिव भएर सामाजिक क्षेत्रमा समेत भिजेका हुँमागाईले गैह्रसरकारी क्षेत्रमा पनि आफ्नो भूमिका निर्वाह गरेका छन् । आफ्नो पेरिफेरिमा उनको विभिन्न सामाजिक गतिविधिले दुर्गम र ग्रामीण समुदायले लाभ प्राप्त गरेका छन् ।

यसैगरी इन्द्रदेवी निमावि कँलाती भूमिडाँडाको लामो समयसम्म व्यवस्थापन समितिको अध्यक्ष रहेर आफ्नो ठाउँको शिक्षाको विकासमा समेत उनको योगदान रहेको छ । उनी हाल वालप्रकाश माविको अध्यक्षको जिम्मेवारीमा छन् । समुदायमा हस्तान्तरण भएका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको जिल्ला अध्यक्ष भएर विद्यालय सुधारका कार्यहरुमा नीतिगत निर्णय गराउन उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

०५४ सालको स्थानीय निर्वाचनमा कँलाती भूमीडाँडा गाविसको अध्यक्ष भएर गाविसलाई नमूना बनाए बापत उनी धेरैपटक पुरस्कृत समेत भएका छन् । भूमिडाँडाको रेडक्रस उप–समितिमा उप–सभापति हुँदै कँलाती सानाकिसान कृषि सहकारीको अध्यक्ष भएर ग्रामीण भेगमा भएको पूँजीलाई गाउँमा नै परिचालन गरी किसानहरुको जीवनस्तर उठाउन उनले गरेको योगदानलाई जनताले सधैं प्रशंसा गर्ने गरेका छन ।

व्यक्तिगत कामलाईभन्दा सामुदायिक कामलाई सर्वोपरि ठान्दै पार्टी संगठन परिचालनको क्रममा निरन्तर लागेका हुँमागाईले पार्टी सांगठानिक जीवनमा विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्दै नेकपा एमालेलाई जनतामा स्थापित गराउने दायित्व पूरा गर्दै आएका छन । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका हुँमागाईले भारत, वंगलादेश, चीन लगायतका देशहरुको भ्रमण गरेका छन । वाम गठबन्धनको तर्फबाट काभ्रेको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ मा उमेद्वारी दिएका हुमागाईसँग ती देशको विकासका मोडलहरुलाई काभ्रे र आफ्नो प्रदेश क्षेत्रमा उपयोगमा ल्यायने धोको छ ।

  • बनेपाको खानेपानी र फोहोर ब्यवस्थापन तत्काल हुन्छ
  • सपना देख्नेले मात्रै समाज परिवर्तन गर्न सक्छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0