Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समृद्धि, र सामाजिक रुपान्तारणको जिम्मा हाम्रो काँधमा : लम्साल

प्रभातफेरी अनलाइन ८८६३ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
समृद्धि, र सामाजिक रुपान्तारणको जिम्मा हाम्रो काँधमा : लम्साल

यतिबेला काभ्रे जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहौल तातिँदै गएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको काभ्रेमा नेपाली काँग्रेस र बाम गठबन्धनविच चुनावी प्रतिस्पर्धा हुने छ । गठबन्धनले काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा (क) मा युवा विद्यार्थी नेता लक्ष्मण लम्साललाई उम्मेदवार बनाएको छ । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका लम्साल बौद्धिक, राजनीतिक र सरल स्वभावका नेता मानिन्छन्, काभ्रेको मण्डनदेउपुर वडा नं. ७ स्थायी घर भएका लम्साल आम जनसमुदायले आफुलाई मत दिने विश्वास व्यक्त गर्दै घर दैलो अभियानमा छन् । उनै लम्सालसँग चुनावी शेरो फेरोमा रहेर कविराज ढकालसंग भएको कुराकानी अंश ।

 

– तपाईं त जनताको घर दैलोका क्रममा प्राय गाउँ घुमिसक्नु भयो, कस्तो पाउनुभएको छ जनताको प्रतिक्रिया ?

हो, म र हाम्रो बाम गठबन्धन जनताको घरदैलोमा जाने क्रममा मण्डन, भुम्लु पाँचखाल लगायतका प्राय ठाउँमा पुगिसकेका छौं । विगत देखिनै नेकपा एमालेको वर्चश्व रहेको र अहिले माओवादी केन्द्रसमेत साथमा रहेको गठबन्धन भएको हुनाले आम जनसमुदायको नगरमा यो क्षेत्र सहज रुपमा हामीले जित्ने क्षेत्रमा पर्छ र हामी जित्दै पनि छौं । यसरी जित सुनिश्चित भएका कारण पनि जनताहरू हामीमा केही अपेक्षा लिएर बसेका छन् । जनताहरूले हामीलाई मत दिने प्रतिबद्धता त व्यक्त गरेकै छन् । साथै उहाँहरूले समृद्धि, विकास र सामाजिक रुपान्तरणको आस हामीबाट गरेका छन् । मेरो क्षेत्र काभ्रे जिल्लाको कृषि क्षेत्रको सबैभन्दा महत्वपूर्ण क्षेत्रमा समेत पर्छ भने काभ्रे जिल्लामा सिञ्चाइको सबैभन्दा समस्या भएको क्षेत्र पनि पर्छ यो । यहाँका प्राय जनता किसान वर्ग व्यापारी र व्यवसायीहरू समेतले सबै कुराको सहजताका लागि विभिन्न माग समेत अघि सार्नुभएको छ । पाँचखाल, ज्याम्दी लगायतका ठाउँका जनताले सिंञ्चाईको कुरा गर्नुभएको छ, सडकको कुरा गर्नुभएको छ । त्यो पुरा गर्न हामी प्रतिबद्ध छौं र सक्षम पनि छौं । हाम्रो पार्टीले लामो समयदेखि इन्द्रावती जलाशय, पाँचखालमा सिंचाई र खानेपनीको मुद्दा बोक्दै आएको छ र त्यो सपना पूरा गर्न आम जनसमुदायले हामीलाई मौका दिनुनै हुनेछ । र हामी यो सपना पुरा पनि गर्दै छौं ।

– यहाँको क्षेत्रमा दुर्गम देखी सुगम सम्मका भुभाग रहेका छन्, यो सबै क्षेत्र समेट्ने गरी निर्वाचत जितिसकेपछि त्यस क्षेत्रको विकासका लागि के योजनाहरू बनाएर जनतामाझ प्रस्तुत गर्नुभएको छ ?

पक्कै पनि मेरो क्षेत्रमा नगरपालिकाको हिसावले पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिकाका वडा नं. १ देखी ७ सम्म, मण्डनदेउपुर नगरपालिकाका वडा नं. ७ देखी १२ सम्म साथै अलि दुर्गम भेगका हिसावले कोशीपारीको भुम्लु गाउँपालिका पर्छ । भौगोलिक हिसावले पाँचखाल, धुलिखेल, मण्डन र भुम्लु यि चारै क्षेत्रको सम्भावना फरक खालको छ । धुलिखेलको विकासको सम्भावना अर्कै खालको छ । यि तहको भौगोलिक अवस्थालाई, त्यहाँको सामाजिक अवस्था र त्यहाँको सांस्कृतिक अवस्थालाई मैले, हाम्रो पार्टी र गठबन्धनले समग्र देशको अवस्थालाई सचित्र बयान अर्थात प्रस्ताव गरेको छ । त्यो प्रस्ताव सँगसँगै मैले मेरो निर्वाचन क्षेत्रमा पनि मैले हाम्रो गठबन्धनको तर्फबाट के प्रतिबद्धता जाहेर गरेको छु भने हामीसँग पाँचखाल र मण्डनजस्ता कृषि उपत्यका छन् । जहाँ सिंचाइको अभावले गर्दा हामीले चाहेजी कृषि उत्पादन लिन सकेका छैनौं । अब संविधान बनिसकेको अवस्था र नवनिर्माणमा मुलुक अघि बढेको अवस्थामा जबसम्म हामी आफ्नो उत्पादन बढाउँन सक्दैनौं तब सम्म हामी आत्मर्निभर अर्थतन्त्र हामी बनाउँन सक्दैनौ । त्यसैले महादेवस्थान र पाँचखालमा इन्द्रावतीमा बगेर गएको पनिलाई हामीले बृहत सिंचाई आयोजना सम्भव भए राष्ट्रिय स्तरमा र सम्भव नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी जुटाएर भएपनि हामीले बनाउने योजना ल्याएका छौं ।
दोस्रो कुरा भनेको पर्यटनको हो । पर्यटनको हिसावले धुलिखेललाई अघि बढाउनु आवश्यक छ । धुलिखेल नेपालका पर्यटकीय स्थलमध्येको एक हो । तर यहाँ एउटा भन्दा तारे होटल छैन । धुलिखेलमा बाह्य ता आन्तरिक पर्यटकहरू भित्र्¥याउन हामीले त्यहाँ धेरै पूर्वाधारहरू विकास गर्नु आवश्यक छ । बातावरणिय प्रभावलाई नियन्त्रण गर्नुपर्ने छ । त्यसैले हामी नगरपालिका मार्फत नीति निर्माण गर्नेछौं । मैले प्रदेश सभाको उम्मेदवारको हिसावले अझ के प्रतिबद्धता व्यक्त गरेको छु भने धुलिखेललाई अझ शशक्त पर्यटकीय स्तल बनाउने, ग्रामिण क्षेत्रसम्म पर्यटन क्षेत्रको रुपमा विकास गर्दै धुलेखेलसँग पलाञ्चोक र नगरकोटसँग मण्डनको सुलिकोटको डाँडालाई जोड्ने हो भने पनि पर्यटकको आकर्षणकेन्द्र बनाउँन सक्छौं । यसरी पाँचखाललाई नमुना कृषि क्षेत्र र धुलिखेल र मण्डनलाई पर्यटकीय क्षेत्र बनाउने तर्फ हामी लाग्नेछौं ।
तेस्रो भनेको कोशी र इन्द्रावतीको पानीलाई उपभोग गर्ने हो । बाम गठबन्धनले आगामी दश वर्षमा पन्ध्र हजार मेगावाट विजुली उत्पादन गर्ने भनेको छ । त्यो पन्ध्र हजार मेगावाट विद्युत उत्पादन गर्ने क्रममा एउटा राष्ट्रिय गौरवको योजना हामीले काभ्रेमा बनाउँने छौं । त्यो उर्जा उत्पादन गर्दै गर्दा हजारौँ युवाहरुले रोजगारी पाउनेछन् । र त्यो उत्पादनबाट प्राप्त आय हाम्रो प्रदेश र क्षेत्रको आम्दानीको स्रोत समेत बन्नेछ ।
अर्को भनेको कोशीपारीको भुम्लु गाउँपालिकाको सल्ले, भूम्लु, सिम्थली लगायतका क्षेत्रमा ठूला जंगल छ । ति जंगल क्षेत्रहरूमा उत्पादनमुलक जडिबुटी, चिया, कफी के को सम्भावना छ त्यसको पहिचन गरी पकेट क्षेत्रहरूको निर्धारण गरी जंगललाई जडिबुटी, चिया, कफी, लगायतको उत्पादन सँगै पर्यटनको समेत बृद्धि र विकासका लागि हामीले योजना बनाएर अघि बढ्न सकिन्छ । मैले यसो भनिरहँदा जनताहरूलाई चुनावका बेला नेताहरूले मत प्राप्त गर्न भाषण गर्छन्, आश्वासन दिन्छन् भन्ने पनि लाग्न सक्छ । तर म आम जनसमुदायहरूलाई के अनुरोध गर्छु भने, चिन र भारतले तेत्रो ठूला योजनाहरू बनाउन सक्नछ । हामी नेपालीले किन नसक्ने ? काम गर्न इच्छा हुनुपर्छ । योजनाका लागि लविङ गर्न सक्ने क्षमता हुनुपर्छ र त्यो क्षमत राख्न म सक्छ । त्यसैले पनि म यि योजनालाई अघि सारिरहेको छु ।
यसैगरी शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा हाम्रो क्षेत्रमा गरिवी पनि छ त्यसलाई न्युनिकरण गर्न भुम्लु गाउँपालिकामा बाटो सिंचाई र आम जनसमुदायको जिवनस्तर सुधार्नर्फ हामी दीर्घकालिन र अल्पकालिन योजना लिएर अघि बढ्ने छौं र हामी अघि बढ्न सक्छौं पनि । र हामी भ्रष्टाचारलाई निर्मुल पार्ने र भ्रष्टाचारमुक्त स्थानीय, प्रदेश र केन्द्रीय सरकार बनाएर देशलाई समुन्नत बाटोतर्फ लैजाने तर्फ हाम्रो अभियान जारी रहने छ ।

– यतिका राम्रा र प्रभावकारी योजना बोकेर हिँड्नुभएको छ, जनतालाई सुनाइराख्नुभएको छ, यि योजनाहरू सुनेपछि जनताको उत्साह र यहाँप्रतिको विश्वास पाउनुभयो ?

मैले धेरै ठाउँमा आफ्ना विचारहरु राखेँ । मैले अघिनै भने म भुम्लु गाउँपालिका विगतका सबै गाविस र हालका सबै वडाहरूमा जाँदा, चौवास होस्, कोताँती होस्, सिम्थली, सल्ले, लगायतका क्षेत्रमा मण्डनका विभिन्न वडा, पाँचखालका विभिन्न वडाहरूमा म जाँदा र आफ्ना विचार सुनाउँदा त्यहाँका जनसमुदायहरूले मलाई राम्रो प्रतिकृया दिनुभएको छ । आज पनि कतिपय ठाउँबाट फोन गर्नुहुन्छ, कतिपय जनता भेट्न आउनुहुन्छ र भन्नुहुन्छ जे मुद्दा तपाईले उठाइरहनुभएको छ, त्यो एजेण्डा र मुद्दा तपाईं बोकीरहनुहोस् हामी सधैं तपाईंको साथमा छौं भन्ने प्रतिक्रिया प्रेरण दिइरहनुभएको छ ।

– यि सब कुरा भनिरहँदा यहाँलाई एउटा आरोप लाग्ने गरेको छ कि तपाईं जिल्लाको राजनीतिमा सक्रिय नबनेको नेता भनेर पनि हल्ला चलाएका छन् नी ?
होला, स्वभाविक रुपमा विपक्षीहरूले लक्ष्मण लम्साले राजनीति नबुझेको, राजनीतिक आन्दोलनबाट भागेको भन्न सकेनन् । लक्ष्मण लम्साल राजनीतिक सँगै शैक्षिक योग्यताका हिसावले पनि अब्बल छ भन्ने कुरा सबैले बुझेका छन् । राजनीतिक इतिहासका कुरा गर्नुहुन्छ भने म विगत लामो समय, विद्यार्थीकालदेखि नै राजनीतिमा नेपाली जनतको मुक्तिको आन्दोलनमा, विद्यार्थी हक अधिकार स्थापनाको आन्दोलनके नेतृत्व पंक्तिमा, पञ्चायत विरोधी र राजतन्त्र विरोधी आन्दोनमा स्पष्ट ढंगले देखिएको मान्छे भएको हुनाले राजनीतिक रुपमा कुनै आलोचना गर्ने ठाउँ पाएनन् र कुनै पनि किसिमको भ्रष्टाचार, मुद्धामामिला नखेपेको हुनाले पनि र बैचारिक, राजनीतिक हिसावले सवल भएकाले जिल्लामा नभिजेको भनेर भ्रेम फैलाइएको मात्र हो । म त्यही ठाउँमा विद्यालय शिक्षा हासिल गरेको हुर्ने बढेको मान्छ, उच्च शिक्षाका लागि राजधानी पसेको न हुँ । मेरो गाउँ मेरो घर साथीभाई खेले हुर्केको त त्यही मण्डन क्षेत्र न हो । आज पनि त्यही मेरो घर छ । म आज पनि त्यहीँ बस्छु । आज पनि मेरा नाता सम्बन्ध त्यहीँ छन् भने म कसरी टाढाको भएँ । हो म राजनीतिक रुपमा काभ्रेका पार्टीमा भुगोलमा जिममेवारी भइन् । नेकपा एमालेको म आठौं महाधिवेशनबाट राट्रिय प्रतिनिधि परिषद्को सदस्य हुँ भने नवौं महाधिवेशनपछि केन्द्रीय कृषि तथा भुमीसुधार विभागमा छु । पार्टीले मलाई कृषि जस्तो महत्वपूर्ण विभागमा जिम्मेवारी दिएको छ । यो मुलुकभरिको जिम्मा दिएको छ । केन्द्रीय स्तरको जिम्मेवारी दिएको छ । केन्द्रीय स्तरमा राजनीतिमा सहभागि छु । म जिल्लाका हरेक विकास निर्माण राजनीतिक र योजनाका काममा सक्रिय छु । विपक्षीले हतास भएर फैलाउन खोजिएको भ्रम मात्र हो ।

– तपाईंको क्षेत्र जहिले पनि बामपन्थीहरू अघि छन् स्थानीय निर्वाचनमा प्राप्त मतको हिसावले पनि बामपन्थीहरू धेरै अघि छन् । तर तपाईंका विपक्षी प्रतिस्पिर्धीहरूले बल, डर धम्की प्रयोग गरेर सहज रुपमा मत हाल्न नदिने अवस्था बनाउँन सक्छन् । कतै लक्ष्मण लम्साललाई अप्ठ्यारो पार्ने हो कि, मतदातालाई सहज रुपमा त हाल्न नदिने हो कि भन्ने छ नि ?
म आम मतदातालाई निश्चित भएर मत हाल्न अनुरोध गर्छु । यो २०६४ पनि होइन र २०७० साल पनि होइन । यो पञ्चायतको चुनाव पनि होइन । अहिले बामपन्थीहरूको एकता भएको बेला हो । जनताको चेतनाको स्तर बढेको छ । त्यसकारणले गर्दा हामी जनताको सुरक्षा गर्छौ भनेर लागेका मान्छे मतदाताको सुरक्षा गर्न नसक्ने भन्ने हुँदैन । कसैको धाक धम्की र पैसाले हामीलाई कुनै असर गर्दैन हामी संघर्षकै मैदानबाट आएको मान्छे हामीलाई मतदाता र जनतको सुरक्षा कसरी गर्नुपर्छ भन्ने थाहा छ । कसैले केह ीगर्न सक्दैन । हामी लोकतन्त्रको रक्षा गर्न हिँडेको मान्छ । हामी कसैलाई निषेध गर्दैनौं, स्वतन्त्र रुपमा हामी अघि बढ्छौं । जनताले बुझेका छन्, यो लोकतन्त्र हो कसैले तानाशाह लाद्न सक्दैन ।

– अन्त्यमा मतदातालाई केही भन्नु छ ?
मैले धेरै महत्वपूर्ण कुरा त राखिसकेँ । म आम मतदातालाई के भन्न चाहन्छु भने मैले अब तपाईंहरुसँगै बसेर यो क्षेत्रमा काम गर्ने मौका पाएको छु निश्चित भएर मलाई मत दिनुहोस् । सधैं तपाईहरूकै साथमा रहेर तपाईहरूका समस्या हल गर्न अग्रसर रहनेछु । विकास निर्माण, उद्योग कलकारखान, कृषि लगायतका क्षेत्रमा मैले प्राप्त गरेका ज्ञान र मेरो क्षेमतालाई प्रयोग गर्ने र यहाँहरूको र यहाँहरूको ठाउँको समग्र विकास र समृद्ध क्षेत्र निर्माणका लागि सबै शक्ति केन्द्रीत गर्ने र आगामी पाँच वर्षमा यहाँहरूले सोचेभन्दा बढी काम गर्ने छु । तपाईहरूको मतको कदर हुने छ । तपाईंहरूको प्रतिनिधिका कारणले शिर झुकाउनु पर्ने अवस्था आउन दिने छ्रैन ।
पलपलको डटकमबाट

  • र सामाजिक रुपान्तारणको जिम्मा हाम्रो काँधमा : लम्साल
  • समृद्धि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0