Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्माणको नाममा राजमार्ग तहसनहस, निर्माण सकेको हप्ता नपुग्दै सडकमा चिरै चिरा

प्रभातफेरी अनलाइन ७३४२ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष ११, मंगलबार (८ साल अघि)
निर्माणको नाममा राजमार्ग तहसनहस, निर्माण सकेको हप्ता नपुग्दै सडकमा चिरै चिरा

आइ.आर.के.मैनाली

धुलिखेल- अति व्यस्त सडकको रुपमा परिचित अरनिको राजमार्ग मर्मतको नाउमा तहस नहस भएको छ । मोड कटिङ्ग, वाल र नाली मर्मत साथै आवश्यकिय स्थानमा ग्रावेल, वेस सहित पुरै कालो पत्रे र मर्मत गरेर हुने स्थानमा ओभर डे गर्ने शिर्षकको नाममा भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएका “द कञ्चनजंगा मोतिदान जेवी” को सुस्तताले गर्दा यात्रुहरु मर्कामा परेका हुन् ।

मंसिर २८ गते सम्म सवै काम सक्ने शर्तमा काम सुरु गरेका ठेकेदारको लापर्वाहिले गर्दा राजमार्गको माध्यमबाट आवत जावत गर्ने सम्पुर्ण सवारी साधनहरु मारमा पर्दा पनि सम्बन्धित निकायको चासो पुग्न सकेको छैन । अरनिको राजमार्ग खण्ड धुलिखेलवाट २ किलोमिटर सडक पुरै कुईरिमण्डल धुलो र १ किलोमिटर सडक अशारमा रोपाईको तयारीमा रहेको खेत जस्तै गरी हिलाम्य अवस्थामा रहेकोले उक्त स्थानहरुमा जोखिमपुर्ण तरिकाले यात्रा गर्न बाध्य भएका छन् यात्रुहरु ।

स्थानियले धुलोबाट जोगिनको लागि सडकमा आफुहरुले पिउनको लागि व्यवस्था गरेको पानी, नालामा आएको पानी लथालिङ्गे अवस्थामा निर्माणको पर्खाईमा रहेको सडकमा पठाउदा हिलाम्य भएको हो । राजमार्गमा हिलोकै कारण दैनिक झण्डै दुइ दर्जन जति मोटरसाईकलहरु पल्टने गरेको छ । सडकमा भएको भयंकर खाडलका कारण ठुलो दुर्घटना हुने प्रवल संम्भावना बढि रहेको अवस्थामा समेत कसैको चासो पुग्न सकेको अवस्था छैन । सडक बिभागले सडकको माप दण्ड अनुसार २५÷२५ मिटर दायाँ बायाँ खाली गर्न सुचना जारी गरेको तर मर्मतको नाउमा ठेकेदारको काममा कुनै वास्ता नगरी आर्थीक प्रलोभनमा पर्दा यात्रुहरुले सास्ति भोग्नु परेको स्थानियहरुको भनाई छ ।

लथालिङ्गे अवस्थामा धुलिखेलदेखि तल तीन किलो मिटरसम्म सडक छाडेर ओभर डे (कालोपत्रे) गर्ने काम गरेर आँखामा छारो हाल्ने काम भएको छ । झण्डै १० किलोमिटर सडकमा कालो पत्रे गर्ने काम सकेर भुक्तानि लिने कार्य समेत अगाडि बढि सकेको छ । तर सडकमा कालो पत्रे गरेको ७ दिन समेत कट्न नपाउंदै ठाउंठाउंमा सडक चिरा÷चिरा पर्ने भासिने भएको छ । गुणस्तरिय निर्माण नहुँदा राजमार्गमा थप समस्या आउने प्रवल संम्भावना रहेको छ । सडक बिभागको निगरानिमा भएको कार्यको अवस्थालाई मध्यनजर गर्दै सडक मापदण्ड भित्र घर टहरा भएकाहरुले सहज ढंगबाट सडकको मापदण्ड कायम गर्न दिने पक्षमा नरहेको पाईएको छ । सडक मापदण्डमा घर भएका सानु श्रेष्ठका अनुसार हामीले आफ्नो उठीबास गरेर सडकलाई जग्गा दिएर के गर्नु सडकको गुणस्तरीय निर्माण नहुने भएपछि भने ।

त्यस्तै गरि काभे्र जिल्लाम दुई राजमार्ग सहित १ सय ३२ किलोमिटर कालो पत्रे सडक रहेको छ, । उक्त सडकहरुमा पनि गुणस्तरीय मर्मतको अभावमा तहस भैसकेको अवस्थामा छ । मर्मतको नाउमा जतिनै वजेट आएपनि गुणस्तरिय कार्य हुनुको वदला भत्काएर छाड्दा थप समस्या हुदै आएको छ । निर्माण कार्यको पुर्ण तयारी नहुंदै हतारमा भत्काउने र लामो समय सम्म त्यतिकै छाड्नाले गर्दा यात्रुहरु मारमा परेका हुन् ।

राजमार्ग जस्तो अति महत्वपुर्ण सडकमा महिनौ अगाडि देखि सडकमा खेतबारीमा तरकारी खेतिको लागि तयार गर्ने ड्याङ वनाएको जस्तो बनाएर छाडेको छ । जस्ले गर्दा दुर्घटना हुने गररेको छ । दयनिय सडकमा जोखिम पुर्ण तरीकाले यायायात संञ्चालन भएको छ । भरखर मात्र कालो पत्रे गरेको सडकमा ट्रिपरको चाप साथै पानी चुहाउदै गुडाउने कार्यलाई कसैले वास्ता नगर्दा थप समस्या परेको हो ।

सम्झौता अनुसार समयमा काम सम्पन्न नभए कानुन संबत कारवाहिको भागेदार कम्पनि स्वयं हुनु पर्ने हुन्छ । सडक बिभागका अनुसार धुलिखेलबाट खावा सम्म (५ किलो मिटर) पुरै कालोपत्रे उप्काएर ग्रावेल साथै वेस गरी ६ मिटर चौडा पिच हुने वताएपनि हाल सम्म तीन किलोमिटर सडकमा कालो पत्रे उप्काएर छाडेको छ । कालो पत्रे उप्काएर छोडेको बाहेकको भागमा ओभर डे गर्ने देखावटि कार्य सकिएको छ । राजमार्गको तुलनामा जिल्लामा रहेको १ सय २८ किलोमिटर ग्राभेल सडक र ५ सय ५ किलोमिटर कच्ची सडक तुलनात्मक रुपमा राम्रो सवारी चालकहरुको भनाई रहेको छ ।

 

यस्ता लथालिंगे सडकमा संञ्चालन हुने सवारी साधनहरुमा छतमा समेत यात्रुहरु राख्दा समेत ट्राफिक प्रहरीमा कुनै चासो नहुनुमा रहस्य हुन सक्ने स्थानियहरुको भनाई रहेको छ । दयनिय रुपमा रहेको सडकमा सञ्चालन हुंदै आएको सवारी साधनले सवारी नियम उलंघन गर्दा पनि सम्बन्धित निकायको चासो पुग्न नसक्दा ठुलो दुर्घटना हुन सक्ने स्थानियहरुको भनाई रहेको छ ।

  • निर्माण सकेको हप्ता नपुग्दै सडकमा चिरै चिरा
  • निर्माणको नाममा राजमार्ग तहसनहस
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0