Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखाल प्राधिकरणको चरम लापर्वाहिलाई सहेनन् उपभोक्ताले, उप—वितरण केन्द्रप्रमुख थापा रंगेहात पक्राउ

प्रभातफेरी अनलाइन ७७७५ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष १९, बुधबार (८ साल अघि)
पाँचखाल प्राधिकरणको चरम लापर्वाहिलाई सहेनन् उपभोक्ताले, उप—वितरण केन्द्रप्रमुख थापा रंगेहात पक्राउ

आई.आर.के. मैनाली
पाँचखाल- नेपाल विद्युत प्राधिकरण पाँचखाल उप—वितरण केन्द्रको ज्याजतिलाई अन्तत उपभोक्ताले प्रमाणित गरेरै छाडे । पाँचखालको कर्तुतको बिषयमा सम्बन्धित कार्यालयमा पटक पटक जानकारी गराउंदा समेत कुनै चासो नलिएर उल्टै घुस्याहा कर्मचारीलाई हौसला प्रदान गर्दा उपभोक्ताहरुलाई मर्काउने काम निरन्तरता भएपछि कार्यालयमा सुपरभाईजर पद भएपनि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका दिनेश थापालाई सोमबार २५ हजार घुस लिदै गर्दा अख्तियारले रंगेहात पक्राउ गर्दा उनको साथबाट ५८ हजार नगद बरामद गरेको थियो ।

अख्तियारको टोलिको साथमा आएका एसपि हृदय थापा र डिएसपि हेम कुमार थापा समेतको टोलिले दिनेश थापालाई घुस सहित रंगेहात पक्राउ गरेको थियो । पनौती नपा ८ मल्पि घर भएका दिनेश थापाले पाँचखाल नगरपालिका १२ बस्ने नरबहादुर दनुवारसंग २५ हजार घुस लिदै गर्दा थापा पक्राउ परेका हुन् । दनुवारको घरमा रहेको मिटर लामो समयदेखि बिग्रीएको र पटक पटक मर्मतको लागि भन्दा वास्ता नगरी २५ हजार घुस मागेको जानकारी प्राप्त भएको छ । लामो समय सम्म मिटर मर्मत नहुदा समस्या भएकोले घुस दिएर काम गराउनु पर्ने बाध्यता पारेपछि प्रकृया अगाडि बढेको स्रोतले वताएको छ । स्रोतका अनुसार सोमबारै अर्का सेवाग्राहीसंग ५० हजारको वार्गेनिङ्ग गर्दै गर्दा दनुवार पुगेपछि थपा पक्राउ परेका हुन् ।

विगत लामो समयदेखि घुसकै भरमा मात्र काम हुने नेपाल विद्युत प्राधिकरण पाँचखाल उप—वितरण केन्द्रमा थापाको आगमन पश्चात व्यापक मात्रामा आर्थीक कारोवार हुने गरेको गुनासो आई रहेको अवस्थामा थापा पक्राउ परेका हुन् । थापाको कार्यकालमा कार्यालय समएमै कर्मचारीहरु मादक पदार्थ सेवन गरी वस्ने, मिटर जडान तथा अन्य कुनै प्रकारको मर्मत गर्न जाँदा पनि घुस अनिवार्य दिनु पर्ने बाध्यता भएको उपभोक्ताहरुको गुनासो छ । मिटर जडान गर्न आउने कर्मचारीलाई दुई हजार नदिएमा आल टाल गरेर बस्ने र दुई हजार दिएपछि तुरुन्तै आउने एक व्यवसायिले बताएका छन् । व्यवसायिका अनुसार आफुले लाईन माग गर्दा आवस्यक पर्ने पोल तार पुरै आफैले व्यवस्था गर्दापनि कार्यालय प्रमुख थापाले बनेपामा पनि बुझाउनु पर्ने भन्दै असुल्ने गरेको बताएका छन् ।

घुस पाए कानुनत गर्न नहुने काम पनि हुने र नपाए सामान्य काम समेत नगर्ने गरेका प्रमुख थापाको ज्याजतिलाई सहन नसकि उपभोक्ताले अख्तियारलाई गुहारेको हो । उपभोक्ताको हितको लागि कुनै काम नगर्ने थापाले घुसकै भरमा काम गर्ने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । बर्षौ देखि नियमित रुपमा भुक्तानि नदिएका उपभोक्ताहरुसंग समन्वय गरेर घुष लिएकै आधारमा लाईन नकाट्ने र सिंचाईको जडान गरेको मिटरवाट घर बत्ति वाल्दा समेत कुनै वास्ता नगर्ने थापाले नियम संगत सिंचाई मिटर जडान गर्दा समेत मोटो रकम लिने गरेको जानकारी प्राप्त भएको छ ।

आर्थीक चलखेलकै कारण पाँचखाल उप—वितरण केन्द्रले हाईडेसन लाईन र एच टि लाईन मुनि निर्माण भएका घरहरुमा समेत मिटर जडान गर्ने गरेका छन् । ६६ हजार भोल्टेज भएको एच टि लाईन मुनि निर्माण भएको घरमा मिटर जडान गर्दा उच्च जोखिम मानिने भन्दै त्यस्ता घरमा मिटर जडान नगर्ने प्रावधान भएपनि आर्थीक लुलोप्तताको कारण मिटर जडान गरेको पाईन्छ । प्रधिकरणका कर्मचारीका नाता गोता तथा साथि भाईको घरमा बर्षौ देखि मिटर नचलेको अवस्थामा समेत कुनै वास्ता नगरी बिधुत चुहावट हुदा समेच कुनै चासो छैन । त्यसैगरी कर्मचारीकै आँखा अगाडि हुकिङ्ग गरी बिधुत चुहावट गरी बत्ती बालेको वर्षो भइराख्दा समेत मौन रहेका छन् । उप—वितरण केन्द्रबाट २ किलोमिटरको दुरीमा हुकिङ्गकै आधारमा कुखुरा पाल्ने, सिंचाईको लागि पानि तान्ने लगाएतको कार्य हुंदा समेत आर्थीक चलखेलका कारण मौन रहंदै गरेका कार्यालयका कर्मचारीहरु थापालाई पक्राउ पस्चात केहि सचेत भएका छन् ।

झाडि सुधारको नाममा आएको वजेट कामै नगरी खान पल्केका कर्मचारीहरुको कारण उपभोक्ताहरु समस्या पर्ने गरेका छन् । नियमित रुपमा कर्मचारीले तलबको आधारमा काम नगरी आर्थीक प्रलोभनको भरमा मात्र कार्य गर्दा जटिल अवस्था निम्तिएको हो । नियमित रुपमा मिटर रिडिङ्ग गरेर सेवाग्राहिसंग भुक्तानि लिने कार्यमा कुनै चासो नदिएर आर्थीक उपार्जनको लागि मात्र कर्मचारीको ध्यान पुग्दा सेवाग्राहिहरुले घुस नदिई कामनै नहुने अवस्था भएको हो ।

  • उप—वितरण केन्द्रप्रमुख थापा रंगेहात पक्राउ
  • पाँचखाल प्राधिकरणको चरम लापर्वाहिलाई सहेनन् उपभोक्ताले
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0