Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अरबको लगानिमा सुनकोशीको पानी पाँचखालमा

प्रभातफेरी अनलाइन ६००३ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष १९, बुधबार (८ साल अघि)
अरबको लगानिमा सुनकोशीको पानी पाँचखालमा

पाँचखाल- लामो समयदेखि पिउने पानि र सिंचाईको अभाव झेल्दै आएका पाँचखालका स्थानियहरुलाई पिउने पानिको लागि बृहत खानेपानी योजना आउने आशाको त्यान्द्रो पलाएको छ । उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ ।
सुनकोशि पाँचखाल आयोजना उपभोक्ता समितिको पहलमा दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने भएको हो । करिव १ अरवको लागत अनुमानमा ल्याउन लागेको पानीको लागि साना शहरी खानेपानी आयोजना मार्फत एसियालि बिकास बैंकले ७० प्रतिशत लगानि गर्ने भएको छ । आईतबार बाट गणकहरु द्वारा घरधुरि सर्वेक्षण गर्ने कार्य सुरु भएको छ , साथमा सर्वे टोल पनि खटेको छ ।
उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार दुई बर्ष भित्र सम्पन्न गर्ने लक्षका साथ अगाडि बढेको उक्त योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ३० प्रतिशत जम्मा गर्नु पर्ने बताउनु भएको छ । उहाँका अनुसार सुरुमा ५ प्रतिशत रकम जम्मा गरपछि टेण्डर मार्फत काम अगाडि बढ्ने र नपुग २५ प्रतिशत रकम २५ बर्ष भित्र उपभोक्ताले जम्मा गर्नु पर्ने र त्यसको जिम्मेवारी नगरपालिकाले लिनु पर्ने बताउनु भयो ।
उपभोक्ताले ५ प्रतिशत रकम जम्मा नगरे सम्म टेण्डर प्रक्रिया अगागि नवढ्ने भएकोले उपभोक्ता घरधुरि संख्याको लागि गणकहरु खटाई सकेकोर १५ दिन भित्र गणकले कार्य सक्ने जानकारी प्राप्त भएको छ । पाँचखाल नगरपालिका भित्र पिउने पानीको अभाब झेलेका करिव ६ हजार उपभोक्ता रहेकोले हालको अवस्थामा प्रति उपभोक्ताले करिव ८ हजार ५ सय जम्मा गर्नु पर्ने देखिन्छ । पानी संञ्चालनको क्रममा कुनै पनि स्थानमा सार्वजनिक धारा जडान नगरी सिधै उपभोक्ताको घरमा धारा जडान गर्ने योजना भएको जानकारी प्राप्त भएको छ ।
उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम नगर वा अन्य कुनै संघ संस्थाले जम्मा गरेर नहुने जानकारी प्राप्त भएको छ । उपभोक्ताहरुको अपनत्वको लागि उपभोक्ता स्वयंले रकम जम्मा गर्नुपर्ने र सो रकम लागतमै थपिने जानकारी प्राप्त भएको छ । काम सुरु भएको दुई बर्ष भित्रमा पानी बितरण गर्ने र पानी उपभोग गरे बापतको न्यूनतम शुल्क बाट मर्मत सुधार तथा कर्मचारी व्यवस्था गर्ने जानकारी प्राप्त भएको छ । उपभोक्ताहरुलाई एकै पटक भार नपरोस भन्ने उद्देस्यले ऋण स्वरुप २५ प्रतिशत रकम २५ बर्ष भित्र भुक्तानि गर्नु पर्ने व्यवस्था मिलाएको जानकारी प्राप्त भएको छ ।

  • अरबको लगानिमा सुनकोशीको पानी पाँचखालमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0