Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भूकम्प पिडित ट्रस्ट द्वारा घर निर्माणमा आकर्षण सस्तोमा पुनर निर्माण, सुरक्षीत आवास

प्रभातफेरी अनलाइन ९८४३ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २, मंगलबार (८ साल अघि)
भूकम्प पिडित ट्रस्ट द्वारा घर निर्माणमा आकर्षण सस्तोमा पुनर निर्माण, सुरक्षीत आवास

आइ.आर.के.मैनाली
धुलिखेल÷२०७२ बैशाख १२ मा आएको बिनासकारी महाँभूकम्पले घरहरु पुर्ण रुपमा क्षति हुनाको साथै ठुलो परिणाममा जनधनको क्षति हुन पुग्यो । घरहरु भक्तिएर बस्ने बास नपाएका पिडितहरु जस्ताको टहरामा बस्न बिवस भए ।

राज्यले उपलब्ध गराउनु पर्ने (अनुदानको रकम) राहत बिविध कारणले गर्दा छिटो उपलब्ध गराउन नसक्दा पिडितहरु ३ बर्ष सम्म टहराको चिसोमा कठ्याङ्रिन बाध्य भए । पुनर निर्माणको लागि सहुलिएतमा ऋण उपलब्ध गराउने बिषय अझै राम्रोसंग व्यवहारमा आउन सकेको अवस्था छैन । निर्माण सामागृको आकासिदो मुल्य साथै कालिगडको अभावको कारण समयमा निर्माण कार्य गर्न नसक्दा पिडितहरुले लामो समय सम्म घर विहिन हुनु पर्ने अवस्था रहन पुग्यो । राज्यले पहिलो किस्ताको अनुदानको रकम उपलब्ध गराएपछि धोरै खर्चमा सुरक्षीत आवासको बनाउने माध्यमको खोजी गरे ।

 


इट्टा, ढुंङ्गा, सिमेन्टको माध्यमबाट सुरक्षीत ढलान घर निर्माणको लागि धेरै लगानि हुने हुंदा सो भन्दा उपयुक्त, सस्तो, राम्रो साथै बलियोको रुपमा ट्रस्टको माध्यमले आवास निर्माण तर्फ आकर्षण बढ्दै गएको छ । ट्रस्टको माध्यबाट निर्माण गर्दा ढलान गरेर बनाउने भन्दा ६० प्रतिशत कम हुने तर ढलान गरेर वनाउने भन्दा सुरक्षीत हुने लाभग्राहिहरुको भनाई रहेको छ । उनिहरुका अनुसार ट्रस्टको माध्यमबाट निर्माण गरेको घर जस्तोसुकै भूकम्प आएपनि क्षति नहुने र आवासको लागि सुरक्षीत हुन्छ । ढलान गरेर बनाएको घर पुरोनो भएर भत्काउनु पर्दा भत्काउनै धेरै खर्च लाग्ने र झ्याल ढोका भन्दा बाहेकको अन्य कुनै सामान काम नगाग्ने तर ट्रस्टको घर पुरानो हुंदा पनि झण्डै सुरुको लागत उठ्ने बताउछन् ।
ट्रस्टको माध्यमबाट घर सम्पन्न गरी सक्नुभएका भूकम्प पिडित पाँचखाल ६ कबिन्द्र तिमल्सिनासंग संम्पर्क राख्दा उहाँले बताउनु भयो “ट्रस्टको माध्यमबाट सिमेन्ट बोर्ड प्रयोग गरी निर्माण गर्दा छिटो, राम्रो,सुरक्षीत साथै मानव स्वास्थ्यको लागि समेत लाभदायक हुन्छ” । ढलान गरेर घर बनाउदा १८ महिनामा सम्पन्न हुने घर ट्रस्टबाट बनाउंदा १ महिनामा सकिन्छ साथै ढलान घर चिसोमा धेरै चिसो भएर बस्नै नसकिने र गर्मीमा धेरै तातेर उसिने सरह हुने जस्ले गर्दा स्वास्थ्यमा समस्या हुने उहाँको भनाई थियो । तिमल्सिनाले थप्नुभयो ढलान घर बनाउंदा धेरै लगानि हुन्छ तर सुरक्षीत नहुने ०७२ मा गएको भूकम्पबाट थाहा भयो । त्यस्तो घर भत्काउनु प¥यो भने धेरै खर्च लाग्ने तर ट्रस्ट सिस्टमले बनाएको घर भत्काउनु पर्दा कम खर्चले हुने र पुन प्रयोगमा ल्याउन सकिने उहाँको तर्क थियो ।
तिमल्सिनाले भन्नु भयो मैले ट्रस्ट बाट २ वटा हल समेतको तीन तल्ला व्यापारीक प्रयोजनको लागि सुरक्षीत घर निर्माण सम्पन्न गर्दा ३५ लाखमा सम्पन्न गरे, तर ढलान गरेर वनाएको भए १ करोड भन्दा माथि खर्च हुनेथियो । त्यति ठुलो लगानि गरेर बनाउंदा पनि सुरक्षीत भने हुंदैन थियो तर थोरै लगानिमा सुरक्षीत घर बनाउंन पाउंदा आफु सन्तुष्ट भएको उहाँको तर्क थियो । हालै मैले बनाएको घरमा कुनै कोठा थप्न, घटाउन कुनै समस्या रहन्न साथै चिसोमा धेरै चिसो हुंदैन र गर्मीमा धेरै गर्मी नहुने बताउनु भयो । व्यापारीक प्रयोजन बाहेक आवासको लागि निर्माण गर्दा १२ कोठे घर करिब २० लाखले निर्माण सम्पन्न हुने साथै सुरक्षीत हुने बताउनु भयो ।
पछिल्लो समयमा ग्रामिण बस्तिमा हुने पुनर निर्माणको कार्यमा ढुंगा माटोको घर, सिमेन्ट जडान वाल सिस्टमको घर, ढलान गरेर वनाएको घर भन्दा फलाम र सिमेन्ट बोर्डको माध्यमबाट घर निर्माण गर्ने तर्फ आकर्षण भएका छन् । यस्तो तरिकाले घर निर्माण गर्दा घरको मोडेल फेर्न मनलाग्दा र घर अन्यत्रै सार्नु पर्दा समेत कुनै समस्या र धेरै खर्च नहुने भएकोले धेरै जसो व्यापारिक प्रयोजनको घर ट्रस्टको माध्यमबाट निर्माण हुन सुरु भएको छ । निम्न आए भएकाले स्थानिय निर्माण सामागृको माध्यमबाट, उच्च आएस्रोत भएकाले ठुलो खर्चमा ढलान गरी आधुनिक तरीकाले र मध्यमबर्गले भने ट्रस्टको माध्यमबाट पुनर निर्माण कार्यमा आकर्षण भएका छन् ।

  • भूकम्प पिडित ट्रस्ट द्वारा घर निर्माणमा आकर्षण सस्तोमा पुनर निर्माण
  • सुरक्षीत आवास
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0