logo
२०८३ श्रावण १२, मंगलबार |
📰
🔍

पनौती नगरको फोहोरलाई रुपैयामा परिणत व्यवस्थापनको लागि उपकरणहरु भित्र्याउंदै

प्रभातफेरी अनलाइन५८२७ पटक पढिएको | २०७४ माघ २, मंगलबार
पनौती नगरको फोहोरलाई रुपैयामा परिणत व्यवस्थापनको लागि उपकरणहरु भित्र्याउंदै

 

पनौती- काभे्र जिल्लाको तेस्रो नगरको रुपमा रहेको पनौती नगरलाई सफा साथै स्वच्छ बनाउने उद्देस्यले “शफा शहर हाम्रो रहर” भन्ने मुल नारा लिएर अगाडि बढ्दै फोहोर मैला व्यवस्थापन गर्नको लागि आवस्यक प्रकृयाहरु अगाडि बढाएको छ ।


पुरातात्वीक एवं ऐतिहासिक स्थानको रुपमा बहु चर्चित पनौतीको तिर्थस्थल र आसपासको क्षेत्रलाई बिषेश प्राथमिकतामा राख्दै पुरै नगरलाई फोहोर मुक्त नगरको रुपमा परिचित गराउंदै शुन्दर सफा साथै हराभराको नगर निर्माणको लागि पहल थालिएको हो ।
नव निर्वाचित स्थानिय तहका जनप्रतिनिधि साथै नगरका सम्पुर्ण कर्मचारीको पहलमा पनौती नगरलाई फोहोर मुक्त नगर बनाउदै फोहोरबाट राम्रो आम्दानिको व्यवस्था समेत गर्ने लक्षका साथ पनौती नगरपालिका कार्यालय अगाडि बढेको छ । नगरको लक्षलाई साथ दिदै युरोपियन युनियन मार्फत स्वच्छ हरित परियोजनाको आर्थीक सहयोगमा फोहोर मैला ओसार पसार गर्ने ट्रिपर खरिद गरी शुक्रबार नगरलाई हस्तान्तरण गरेको छ । नगर स्थापना भएको दुई दशकमा पहिलो फोहोर मैला ओसार्ने ट्रिपर नगरमा भित्रिएको छ । यस भन्दा अगागि ट्राक्टर मार्फत फोहोर मैला ओसान पसार गरिदै आएको थियो ।
उक्त सहयोगि संस्थाले ७ हजार ६ सय थान बकेट, फोहोर छुट्याउन मिल्ने बिशेष प्रकारको डस्विन ४० थान, ट्राईसाईकल ८ थान उपलब्ध गराएको साथै त्रिवेणि घाटमा उद्यान निर्माण गर्ने तयारीमा रहेको नगर कार्यालयका वरिष्ट प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार पुन उपयोगमा ल्याउन सक्ने फोहोर र उपयोगमा ल्याउन नसक्ने खालको फोहोर छुट्याएर सोहि फोहोरबाट राम्रो आम्दानि मिल्ने ढंगको कार्यलाई अगाडि बढाएको बताउनु भयो । सहयोगि संस्थाले लर्निङ्ग सेन्टर ग्रुप बनाएर फोहोर मैला व्यवस्थापन साथै विभिन्न जातका बिरुवा उत्पादन गर्नको लागि नर्सरिको व्यवस्था गरेको र उक्त नर्सरिबाट उत्पादन भएको बिरुवालाई आवस्यकताको पहिचान गरी बृक्षा रोपन गर्ने बताउनु भयो ।