प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवैमाथि प्रश्नपत्र लिक प्रकरणमा संलग्नताको आशंकामा अनुसन्धान भइरहेको छ।
यसअघि पनि यही प्रकरणमा दुई जना पक्राउ परिसकेका छन्।