Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

३ नं . प्रदेशको स्थाई राजधानि हेटौंडा सम्भव छैन -गोकुल

प्रभातफेरी अनलाइन ८३९१ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ९, मंगलबार (८ साल अघि)
३ नं . प्रदेशको स्थाई राजधानि हेटौंडा सम्भव छैन -गोकुल

आइ.आर.के मैनाली

बनेपा-तीन नम्बर प्रदेशको राजधानी काभे्रमै बनाएर छाड्छौं, नेपाली कांगे्रसको सरकारले अस्थाई राजधानी हेटौडामा तोक्दैमा स्थाइ राजधानी त्याहाँ सम्भब छैन ।
उक्त भनाई काभे्र प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित गोकुल बास्कोटाले शनिबार बनेपामा सम्पन्न संयुक्त बाम गठबन्धनको जनप्रतिनिधि तथा कार्यकर्ता भेलामा बताउनु भएको थियो । वास्कोटाले थप्नुभयो दुई छिमेकी मुलुकसंगको सडक सञ्जालसंग जोडिएको र प्रदेशका सबै जनतालाई पायक पर्ने केन्द्र काभ्रे जिल्लामा पर्ने भएकोले यसलाई कसैले दायाँ बायाँ गर्न नसक्ने ठोकुवा गर्नु भयो ।
विभिन्न आधारहरु अघि सार्दै काभ्रेली जनतासामु भोट माग्नेक्रममा आफुहरुले प्रदेशको राजधानी काभ्रे बनाउने वचन दिएको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिहरुले मत माग्ने क्रममा बोलेका बचन पुरा गरेरै छाड्ने बताउनु भएको थियो । अहिले अस्थायी राजधानी हटौंडा बनाएकोमा भक्तपुरमा आन्दोलन भएपनि अन्ततगत्व स्थायी राजधानी काभ्रेलाई बनाउन भक्तपुरकै सांम्सदहरुले साथ दिने बताउनु भयो ।

त्यसैगरी काभे्र प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित गंगाबहादुर तामाङ (बमध्वज) ले नेपाली बाम बिचार बोक्ने जनताको चाहना अनुसार वाम गठबन्धन गरी अगाडि बढियो, सो कार्यलाई नेपाली जनताले अनुमोदन गर्दै बाम एकताको लागि अगाडि बढ्न संकेत गरेकोले छिटै बाम एकता हुने बताउनु भयो । पार्टीका आधारभूत मान्यताहरु, कार्य दिशा लगायतका बिषयमा भएको छलफल सकारात्मक ढंगबाट अगाडि बढेकोले केहि दिन भित्रै नेपाली जनताको चाहना अनुसारको कार्य हुने ठोकुवा गर्नु भयो । जनताले दिएको जनमतको आधारमा साथै जनताको चाहना अनुसारको कार्य नगरेर मात्तिएमा डण्डा लिएर ठोक्ने बताउनु भयो । आफुहरुले निर्वाचनको क्रममा जतालाई जे जस्तो आस्वासनहरु बांडे को थियो सो सम्पुर्ण पुरा गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेशसभा काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामाले जनताको म्याण्डेटबाट पछि नहट्ने बताउनुभयो । जनताले ५ बर्षको लागि गोठालोको जिंम्मा दिएको छ , पार्टीको निर्देशनमा रहेर जिम्मेवारी पुरा गरेरै छाड्ने बताउनु भयो । अर्का प्रदेशसभा सांसद लक्ष्मण लम्सालले काँग्रेसको काम चलाउ सरकारले अहिले प्रदेशको अस्थायी राजधानी हेटौंडा बनायो भन्दैमा सडकमा नारा जुलुस गर्न आवश्यक नरहेको बताउनुभयो । जनताको मागको सम्बोधनका लागि आफुहरुको फोरम सदन रहेकोले सोही मार्फत काभे्रमा प्रदेशको राजधानी बनाई छाड्ने बताउनु भयो । त्यसैगरी प्रदेश सभा सांसद बसुन्धरा हुमागाईले तीन नम्बर प्रदेशको राजधानी काभ्रेनै हुनेमा कुनै शंका नगर्न बताउनु भयो । अर्का प्रदेश सभा सांसद रत्न ढकालले निर्वाचनको पेरी फेरीमा कुनै नकारात्मक ढंगको कार्य भएको भए आगामि दिनमा त्यस्ता कुराहरुलाई बिर्सिएर सकारात्मक ढंगबाट अगाडी बढ्दै जनताको चाहना अनुसारको कार्यमा अगाडि बढ्नु पर्ने बताउनु भयो । समानुपातिक तर्फबाट प्रदेश सभा सांसद गोमा भुर्तेलले जिम्मेवारी ठुलो कुरा होईन काम ठुलो कुरा भएको बताउंदै पार्टीको सिद्धान्त निति नियममा रहेर जनताले चाहेको काम गर्ने बताउनु भयो ।
निर्वाचन परिचालन कमिटिका संयोजक टोकवहादुर वाईवाले सभापतित्वको आशनबाट मुलुकमा वहुदल प्राप्त पस्चात काभे्रमा काँगे्रस कहिल्यै कुनै निकाएमा पनि पहिलो पार्टी हुन नसकेको बताउनु भयो । वाम एकता पछि काभे्रमा कागे्रसलाई सिलो खोजे जसरी खोज्नु पर्ने दिन आउने ठोकुवा गर्नु भयो । निर्वाचन जित्नको लागि कार्यकर्ता र जनता खोज्ने, जितिसकेपछि सवै विर्सने बानि कम्युनिष्ट पार्टीमा नहुने बताउंदै विगतमा जे जसरी जे भनेर अगाडि बढेको छ सोहि खनुसार अगाडि बढ्दै जनताको चाहना पुर्ण गराउने बताउनु भयो । पार्टीगत तथा व्यक्तिगत स्वार्थको लागि नभएर नेपाल र नेपाली जनताको हितको लागि पार्टी एकिकरण हुंदैछ, त्यसको लागी जनता, कार्यकर्ता र नेताहरुको मन मिलिसकेको छ, औपचारीक पुरा गर्न मात्र बाँकि रहेको बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संयुक्त बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन कमिटि सचिबालय सदस्य ईन्द्रबहादुर थिंङ (छिन्ताङ्ग) ले बिगतमा नेपाली जनताले सामान्य जागिरको लागि मात्र नभै अस्पतालमा उपचारको लागि बेड मिलाउन समेत सांसदको फोन कुर्नु पर्ने बाध्यतालाई अन्त्य साथै जनताको याबत समस्या सहजढंगबाट हल गर्नको लागि कम्युनिष्टहरु एकता गर्ने बताउनु भयो । जनताले दिएको जनमतको आधारमा एमाले र माओवादि भन्ने दिन सकिएको पार्टी एकता भैसकेको तर घोषणा हुन मात्र बाँकि रहेको बताउनु भयो । कम्युनिष्ट पार्टीमा आन्तरिक केही कमी कमजोरीहरु छ, तर त्यसलाई सच्याएर अगाडि बढ्न आवस्यक भएको वताउंदै सच्याउन नसके बाम एकताको उर्लदो उर्जामा पुर्ण बिराम लाग्न सक्ने बताउनु भयो । कार्यक्रमको संञ्चालन निर्वाचन परिचालन कमिटिका जिल्ला सचिब राजन भुर्तेलले गर्नु भएको थियो ।

  • ३ नं . प्रदेशको स्थाई राजधानि हेटौंडा सम्भव छैन ः गोकुल कम्युनिष्टहरु मात्तिएमा जनताले डण्डा लगाउंछ - गंगाबहादुर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0