Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तरकारी खेतिमा बिषादि न्युनिकरण अभियानमा लबग्रीन पाँचखालमाको तरकारीमा बिषादि छैन -खरेल

प्रभातफेरी अनलाइन ८८९९ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ९, मंगलबार (८ साल अघि)
तरकारी खेतिमा बिषादि न्युनिकरण अभियानमा लबग्रीन पाँचखालमाको तरकारीमा बिषादि छैन -खरेल

पाँचखाल-ताजा तरकारी खेतीको लागि चर्चीत स्थानको रुपमा रहेको पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा रासायनिक बिषादिको न्युनिकरणको लागि पहल सुरु भएको छ । बिगत २६ बर्ष देखि पाँचखाल र आसपासको स्थानमा कार्य गर्दै आएको लबग्रीन नेपाल नामक संस्थाले “वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना” मार्फत उक्त कार्यको सुरुवात गरेको हो ।

सोमबार पाँचखाल स्थित लबग्रीन नेपालको कार्यालयमा भएको छलफल कार्यक्रमको प्रमुख अतिथि काभे्र जिल्ला समन्वय समितिका प्रमुल उद्धब के.सीले वातावरण सुधारको साथै तरकारी खेतिमा बिषादि न्युनिकरणको लागि कार्य गर्न अग्रसर रहेको परियोजनालाई सहयोग गर्ने बताउनु भयो । जिल्लामा रहेको १३ वटै स्थानिय तहमा वातावरण संग सम्बन्धित कार्यलाई अगाडि बढाउने बिषयमा समेत छलफल भएको र केहि बर्ष भित्रै काभे्र जिल्ला बिषादि रहितको जिल्लाको रुपमा परिचित गराउने कार्यमा स्थानिय तहका सवै निकायहरु कृयासिल रहने बताउनु भयो ।

छलफल कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले भन्नुभयो पाँचखाल नगरमा उत्पादन भएको ताजा तरकारीमा हल्ला गरेअनुसारको बिषादि नभएको बताउनु भयो । काठमाडौ कालिमाटीमा तरकारीको परिक्षण हुंदा उपभोक्ताले उपभोग गर्न हुने नतिजा आउंदा आउंदै अनर्गल हल्ला मच्चाएकोले पाँचखालमा उत्पादन भएको तरकारीमा ट्याग लगाउने व्यवस्था गर्न आवस्यक भएको वताउनु भयो । मुलुकका विभिन्न स्थानमा उत्पादन भई काडमाडौंमा भित्रिएको तरकारीको तुलनामा अत्यन्त कम मात्रामा बिषादिको अवसेस भेटिएको जुन खानको लागि स्वास्थयमा असर नपर्ने पाईएको बताउनु भयो ।

मेयर खरेलले भन्नुभयो रासायनिक बिषादिको प्रयोग लाई न्युनिकरण गर्दै जैबिक तरीकाबाट खेती गराउने साथै पाँचखालको वातावरण संरक्षणको लागी लबग्रीन नेपालले कार्य थालेकोमा आगामि दिनमा नगरको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भएको थियो । पाँचखाल नगरलाई कृषिको माध्यमबाट हराभरा गराउंदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्म परिचय गराउन आफुहरु लागेको बताउनु भयो । पाँचखाल शहरलाई काठमाडौ जस्तो कंक्रिटको शहरमा परिणत हुन नदिनको लागि साथै नगरका बिपन्न बर्गको जिवन स्तरमा कृषिकै माध्यमबाट आमुल परिवर्तन गराउने लक्षका साथ नगर अगाडि बढेको वताउनु भयो ।

मुल दातृ संस्था जाईका योकोहामा र लवग्रीन जापान नामक संस्थाको सहयोगमा लवग्रीन नेपाल नामक संस्थाले पाँचखाल र आसपासका क्षेत्रको वातावरणमा व्यापक सुधार गर्नाको लागि समाज कल्याण परिषद, माटो व्यवस्थापन निर्देशनालय, जिल्ला समन्वय समिति तथा सम्बद्ध निकायहरु, पाँचखाल नगरपालिका, कृषि खानेपानी तथा सिंचाई सुचना तथा संञ्चारका माध्यमहरुसंग समन्वय गरेर अगाडि बढेको छ ।

४ करोड ८५ लाख बजेटको व्यवस्था गरी परियोजनाले वातावरण संरक्षण, दिगो कृषि, दिगो पशुपालन, साना कृषि पूर्वाधार बिकास कार्यक्रम, दिगो कृषि सम्बन्धि जनचेतना कार्यक्रम, क्षमता बिकास लगायतमा बिषयहरुमा कार्य गर्दै रासायनिक बिषादिको प्रयोगमा ९५ प्रतिशत कमि ल्याउने साथै रासायनिक मलको प्रयोगमा ९० प्रतिशत कमी ल्याई कृषकहरुको उत्पादनमा ७० प्रतिशतले बृद्धि गर्ने लक्षका साथ अगाडि बडेको परियोजनाका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिले एक कार्यक्रमको आयोजना गरी जानकारी गराउनु भएको थियो ।

जिल्ला समन्वय अधिकारी कोमल प्रसाद धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट पशु विकास अधिकृत नारायण श्रेष्ठ, जिल्ला कृषि विकास अधिकृत दुर्गा पौडेल, लगाएतकाले छलफलमा भाग लिनुभएको थियो । लबग्रीन नेपाल छात्रबित्ति संयोजक सुमित्रा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

  • तरकारी खेतिमा बिषादि न्युनिकरण अभियानमा लबग्रीन पाँचखालमाको तरकारीमा बिषादि छैन -खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0