Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जोरपाटीको ७३ औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न शिक्षा र स्वास्थ्यमा निजिकरण गर्न दिनौ- गोकुल

प्रभातफेरी अनलाइन ५०८८ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ९, मंगलबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल-जोरपाटी माध्यमिक विद्यालयको ७३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस साथै एस.ई.ई परिक्षा २०७३ उत्तीर्ण विद्यार्थिहरुलाई सम्मान गरेको छ । बिद्यालयले ७२ बर्ष पार गरी ७३ बर्षमा प्रवेस गरेको उपलक्षमा पाँचखाल र आसपासको स्थानको लागि अति आवस्यक रुपमा रहेको कृषि प्राबिधिक शिक्षा संञ्चालन गर्ने लक्षका साथ बिद्यालय अगाडि बढेको छ ।

कार्यक्रमका प्रमुख अतिथि काभे्र क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गोकुल बास्कोटाले जोरपाटी माध्यमिक विद्यालयले संञ्चालन गर्न लागेको प्राबिधिक शिक्षा अति आवस्यक र समयको माग अनुसारको भएको वताउनु भयो । विद्यालयले अगाडि बढाएको प्राबिधिक शिक्षाको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । शिक्षामा धेरै कमि कमजोरी भएकोले धेरै कुरा सुधार्नु पर्ने वताउंदै सुधारको लागि आफुले प्रयास गर्ने बताउनु भयो ।

विद्यालयमा धेरै राजनीति हुंदा शिक्षाको गुणस्तरमा गिरावट आएकोले संस्थागत राजनीति गर्ने कार्यलाई बन्द गर्ने कार्यका आफुले पहल गर्ने वताउनु भयो । संस्थागत राजनीतिले धेरै कुरामा समस्या आएकोले त्यस्तो कार्यलाई बन्द गर्न जरुरी रहेको बताउनु भयो । बिद्यालयमा अनुशासन र ईमान्दारिता अति आवस्यक भएकोले सो कार्य गर्न र गराउने कार्यको थालनि गर्नु पर्ने बताउनु भयो । जिल्ला शिक्षा अधिकारीले हाप पाईन्ट लगाएर विद्यालयको निरिक्षणमा हिड्दै शिक्षक तथा बिद्यार्थीले युनिफम नलगाएको भनि धम्काउनु कत्तिको उचित हो भनि प्रस्न गर्नुु भयो । शिक्ष र सस्थ्यमा निजिकरण गर्ने कुचेष्टा बिगतको समयबाटै गर्दै आएकोले त्यस्ता कार्यलाई गर्न नदिने बताउनु भयो ।

त्यसैगरी काभे्र क्षेत्र नं २ प्रदेश सभा १ का सांसद लक्ष्मण लम्सालले बिद्यालयले अघि सारेको प्राबिधिक शिक्षाको बिषयमा आफुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । पाँचखाल र आसपासको स्थानमा स्वरोजगार मुलक शिक्षाको आवस्यक भएको समयमा जोरपाटी माध्यमिक बिद्यालयले कार्य थालेकोमा खुसि व्यक्त गर्दै पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । जिल्लामा दरबन्दि मिलानमा लापर्वाहि भएकोले त्यस्ता कार्यलाई तत्काल रोकेर आवस्यकताको आधारमा दरबन्दि मिलान गर्ने कार्यमा आफु लाग्ने बताउनु भयो । पाँचखाल नगर कृषि शहर भन्ने अभियानको साथमा अगाडि बढेकोले सोहि अनुसार प्रसबिधिक शिक्षामा सुहाउंदो बिषय छान्नु पर्ने बताउनु भयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समानुपातिक तर्फका प्रदेश सभा सांसद गोमा भुर्तेल, पाँचखाल नगरपालिकाको उप मेयर लक्ष्मी दनुवार , विद्यालय निरिक्षक मान दास लामा, शिक्षा बिद दामोदर अधिकारी, नेपाल रेडक्रस सोसाईटि पाँचखाल उपशाखाका सभापति बाबुकाजी पराजुली, नवप्रतिभा माविका प्रअ सरोज न्यौपाने लगाएतले प्राबिधिक शिक्षाको आवस्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो । विद्यालयका शिक्षक पुरुषोत्तम पौडेलबाट स्वागत मन्तव्य राखि सुरु भएको उक्त कार्यक्रममा प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले प्रगति बिवरण, अध्यष भोजराज पन्तले भावि कार्ययोजना, लेखापाल सुजाता न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने शिक्षक अच्युतम खतिवडाले कार्यक्रमको संञ्चालन गर्नु भएको थियो ।

  • जोरपाटीको ७३ औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न शिक्षा र स्वास्थ्यमा निजिकरण गर्न दिनौ- गोकुल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0