प्रभातफेरी अनलाइन ७२१७ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १४, आईतबार (८ साल अघि)
डिलबहादुर थोकर (ग्याम्जो)
बनेपा-ह्रिन्जेनदोर्जे स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । इतिहासमा तेमालको तामाङ राजा भनेर चर्चामा रहेको ह्रिन्जेनदोर्जेको नाममा खोलिएको यस संस्थाको साधारणसभा काठमाडौं स्थित तमु बौद्ध सेवा समितिको हल अनामनगरमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन संस्थाका संरक्षक तथा पूर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ लालध्जवले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दोङले नेपालका इतिहासमा गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारको क्रममा गरेको ज्याजती विरुद्ध ह्रिन्जेनदोर्जेले अन्तिम अवस्था सम्म लडेको बताए । ‘गोर्खाका राजा पृथ्वी नारायण शाहले गोर्खा राज्य विस्तारको क्रममा हामी तामाङ समुदाय माथि भएको ज्यादतीको विरुद्ध लड्दा लड्दा उहाँले वीरगति प्राप्त गर्नुभयो ।’ नेता दोङले भने– ‘उहाँको स्मरण गर्दै खसजातिवादको विरुद्धमा आज पनि हाम्रो लडाई जारी छ, उहाँले देखाएकोबाटोमा हामी सबै अघि बढ्न आवश्यक छ ।’मुलुकले सामाजिक न्याय सहितको आर्थिक समृद्धिको बाटो रोजेकोले यस संस्थाले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
साधारण सभाले पूनः लिलाबहादुर दोङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । जसमा उपाध्यक्ष खुस राज लामा, महासचिव खड्ग बहादुर लामा, सचिव रत्न कुमार तामाङ कोषाध्यक्ष स्त्री माया तामाङ र सदस्यहरुमा पदम बहादुर तामाङ, सुन माया तामाङ, बुद्ध लामा, भुपेन्द्र लामा तामाङ, दावा फिन्चु लामा, राजु लामा, चन्द्र सिं तामाङ, लाली माया तामाङ रहेका छन् ।

कार्यक्रममा ने.क.पा (एमाले) जिल्ला उप–सचिव ईन्द्र लामा, तेमाल गाऊँपालिका प्रमुख सलाम सिंह लामा, उप–प्रमुख दुर्गा लामा, तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोन, सि नेपालको अध्यक्ष स्मिता लामा, तिमाल महाभारत बहुउद्देश्ययि सहकारि संस्थाको सचिव कुलबहादुर लामा, कान्तिपुर सेभिङ एण्ड को–अपरेटिभको अध्यक्ष सिबि लामा लगायत अन्य संघ संस्थाको प्रतिनिधिहरुको समेत विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तेमाल गाऊँपालिका प्रमुख सलाम सिंह लामा, उप–प्रमुख दुर्गा लामा, बरिष्ठ थाङ्का कलाकार होमिन दोर्जे लामा लगायतकालाई सम्मान गरेको थियो । प्रतिष्ठानको अध्यक्ष लिला बहादुर लामाको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रम संचालन प्रतिष्ठानको महासचिव खड्ग बहादुर लामाले गरेका थिए भने स्वागत मन्तब्य संस्थाको सचिब खुश लामाले गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |