Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नर्सहरुको मुहारमा खुसी ल्याउन सरकार तयार सरकारी मापदण्ड अनुसार सुबिधा दिनु पर्छ – स्वास्थ्यमन्त्री

प्रभातफेरी अनलाइन ६५७५ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १६, मंगलबार (८ साल अघि)
नर्सहरुको मुहारमा खुसी ल्याउन सरकार तयार सरकारी मापदण्ड अनुसार सुबिधा दिनु पर्छ – स्वास्थ्यमन्त्री

आर.एल.श्रेष्ठ
बनेपा÷सरकारी मापदण्डअनुसारको तलब, भत्ता, सेवा सुविधा निजी स्वास्थ्य संस्थाले पनि नर्सलाई दिनुपर्छ, सरकारले गरेको यो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउछाँै, निजी अस्पताल एवं नर्सिङ होममा भोलेन्टियरका नाममा नर्समाथि हुने श्रम शोषणको अब अन्त्य हुन्छ ।

उक्त भनाई स्वास्थ्य मन्त्री दिपक बोहराले सोमबार ५६ औं नेपाल राष्ट्रिय नसिंङ्ग दिवसको उद्घाटनको क्रममा बताउनु भएको थियो । पछिल्लो समयमा नर्सहरुको बिभिन्न संगठनले पेसागत हक हितको लागि राखेको उचित मागलाई नेपाल सरकारले पुर्ण गराउने बताउनु भयो । नर्सहरुले ११ बुंदे माग सहित आन्दोलनमा उत्रिएको तर्फ संकेत गर्दै त्यस्ता जाहेज मागको सम्बन्धमा अन्तरक्रिया गरेर नेपाल सरकारले सहयोग गर्ने बताउनु भएको थियो । नर्सहरुको जाहेज मागलाई आउंदो नयाँ सरकारले पनि सहयोग गर्ने बताउंदै आफु सरकारमा नरहंदा पनि सहयोग गर्ने बताउनु भएको थियो । नर्सहरुको जाहेज मागको बिषयमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

नेपाल नर्सिङ्ग संघ को अध्यक्ष गंगा थापाले नर्सहरुले बिरामीहरुको उपचारमा अत्यन्त मिहिनेतका साथ खट्छन् । नर्सहरुले आफ्नो जे जस्तो समस्या भएपनि कुनै पर्वाह नगरी बिरामीको उपचारको लागि निरन्तन लाग्नेहरुको श्रम सोषण गर्ने कार्य भएकोले त्यस्तो कार्यको अन्त्यको लागि अगाडि बढेको बताउनु भयो । हामीले सरकार समक्ष ११ सुत्रिय माग पेस गरेका छौं । हाम्रो मागको वारेमा सुनुवाई नगरेमा श—शक्त आन्दोलन गर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा नसिंङ्ग प्रधानाध्यापक शरला के.सी लगायतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा काठमाडौ उपत्यका र आसपासका क्षेत्रबाट सहभागि १ हजार ५ सय नर्स हरुले माईतीघर मण्डलाबाट शुरु भएको ¥यालीले नगर परिक्रमा गरेको थियो । कार्यक्रममा शीर मेमोरियल अस्पताल र शीर मेमोरीयल नर्सिङ्ग कलेजबाट गरी काभे्र बाट ५० जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी सोमबारै भक्तपुरमा मन्त्री बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयले अब आउने नयाँ सरकारलाई कुनै आर्थिक भार नपर्ने बताउनु भएको थियो । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको परिवर्तित नाम ‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनावरण गर्दै सरकारले आगामी सरकारलाई थप आर्थिक भार नपर्ने गरी गरेको निर्णयलाई माघ १ गतेदेखि नै कार्यान्वयनमा ल्याएको बताउनु भएको थियो ।

सुर्तीजन्य पदार्थबाट संकलित २५ प्रतिशत रकम स्वास्थ्य कोषमा जम्मा हुने र सोही कोषको रकमबाट विरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको बताउनु भयो । १२ अर्ब सुर्तीजन्य पदार्थबाट संकलित करबाट उठ्छ, त्यसको २५ प्रतिशत रकमले बिरामीलाई भत्ता दिदा कुनै समस्या नहुने बताउनु भयो । मन्त्री बोहराले भननुभयो विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थबाट ७५ प्रतिशत सम्म कर लिन पाउने व्यवस्था गरेर विदेशमा यसलाई व्यवहारमा ल्याएको चर्चा गर्दै नेपालमा अब बन्ने सरकारले सुर्तीजन्य पदार्थमा २५ प्रतिशत कर थप गरे यसलाई अझै टेवा पुग्ने बताउनुभयो ।

जो राम्रो काम गर्छ उसलाई पारिश्रमिक पनि राम्रो दिनुपर्ने बताउंदै नर्सहरुको मुहारमा खुसी ल्याउने गरी सरकार तलब, सेवा, सुविधा थप गर्न तयार रहेको बताउँदै मन्त्री बोहराले निजी अस्पताल एवं नर्सिङ होमले पनि सरकारको मापदण्डअनुसार तलब सुविधा दिनुपर्ने बताउनु भयो ।

  • नर्सहरुको मुहारमा खुसी ल्याउन सरकार तयार सरकारी मापदण्ड अनुसार सुबिधा दिनु पर्छ - स्वास्थ्यमन्त्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0