Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ग्रामिण वस्तिमा सर्वसुलभ ढंगको, स्वास्थ्य सेवाको अभाव

प्रभातफेरी अनलाइन ५२८६ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन ९, बुधबार (७ साल अघि)
ग्रामिण वस्तिमा सर्वसुलभ ढंगको, स्वास्थ्य सेवाको अभाव

आर.एल. श्रेष्ठ
ग्रामिण बस्तिमा बसोवास गर्ने सर्वसाधारण नेपाली जनताहरुले स्वस्थ्य सेवाको अभाव झेल्नु पर्ने अवस्था आएको छ । विकट साथै दुर्गम वस्तिहरुमा स्वस्थ्यको पहुंच नपुग्दा समस्या आएको हो । कतिपय स्थानमा भएको स्वास्थ्य केन्द्रहरुमा बिषयगत बिषेशज्ञता हासिल गरेकाको दर्बन्दि नहुनु र भएका ठाउंहरुमा पनि असुबिधाको कारण देखाउदै नियमित रुपमा उपस्थित नहुनु अर्को जटिल अवस्था हो । स्वास्थ्य केन्द्रहरुलाई उपलब्ध गराउनु पर्ने प्राबिधिक साथै राज्यले उपलब्ध गराउंदै आएको निःशुल्कमा पाईने औषधिको अभावमा उपचारबाट बञ्चित हुनुपरेको पर्याप्त उदाहरणहरु रहेको छ । सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयहरुले स्वास्थ्य केन्द्रहरुमा समयमा औषधिहरु उपलब्ध नगराउंदा थप समस्या आएको हो । स्वास्थ्य केन्द्रमा जचाउन गएका बिरामीहरुले सामान्य औषधि समेत नपाउंदा निजि औषधि पसलमा खरिद गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना हुंदा गरिबिको रेखामुनि रहेका सर्वसाधारण जनता उपचारबाट बञ्चित हुनु परेको छ ।

राज्यको तर्फबाट कतिपय स्थानमा स्वास्थ्य सेवा केन्द्रहरुको संञ्चालन गरेपनि सेवा सुबिधा नपाउंदा बिरामिहरु जानै छाडेको धेरै उदाहरणहरु रहेको छ । गाउंगाउंमा रहेको सेवा केन्द्रहरुमा दैनिक १०÷१५ जना विरामी जाने गरेको पाईदैन भने सोही ठाउमा संञ्चालन गरेको सामान्य निजि क्लिनिकहरुमा भिडम्भिड हुनाको प्रमुख कारण सम्बन्धित निकायले स्वास्थ्य सम्बन्धि चेतना साथै सेवा दिन नसक्नु हो । सेवा केन्द्रहरुमा सामान्य सिटामोल समेत नपाएर फर्कने बिरामीले पुन सेवा केन्द्रमा जाने चेष्टा गर्दैनन् । जसको कारण सेवा केन्द्र सुनसान हुन्छ भने निजिमा लामबद्ध । राज्यले नि ः शुल्क रुपमा ठुलै परिणाममा औषदि उपलब्ध गराएको डाटा हुन्छ तर विरामीले पाउंदैनन् ती निःशुल्कको नाममा आएको औषधिहरु काँहा कसरी खपत हुन्छ भन्ने बिषयमा सम्बनिधत निकायले चासो नदिदा पनि समस्या दिनपर दिन जटिल बन्दै गएको छ ।

विकट ग्रामिण बस्तिमा बसोवास गर्ने स्थानियहरुको समयमा उपचार हुन नसक्दा अक्कालमा मृत्यु हुने गरेको छ । यातायातको अभाव साथै स्वास्थ्य सम्बन्धि पुर्ण जानकार हुन नसक्दा धेरैमा ठुलो पिडा पर्ने गरेको छ । बिशेष गरेर गरिवि तथा शिक्षाको पहुच पुग्न नसकेको बस्तिहरुमा अन्धविस्वासका कारण जटिल समस्या आउने गरेको प्रसस्तै उदाहरणहरु रहेका छन् । स्वास्थ्यमा समस्या आउना साथ अन्धविस्वासका कारण धामि झाँक्री लगाउने र मन्छिने नाउमा पशु पन्छिको बलि दिने समेत पुरानो प्रचलनलाई कतिपय ठाउमा अझैपनि निरन्तरता दिदै आएको पाईन्छ । यस्ता कार्यलाई निरन्तरता दिनु भनेको अज्ञानता हो । मानव स्वस्थ्य रहनको लागि पहिलो प्राथमिकता भनेको रोग लाग्नै नदिनु हो, जसको लागि दैनिक रुपमा गरिने खानपानमा सावधानि अपनाउनु साथै शारिरिक व्यायाम हो ।
मानव स्वस्थ रहनको लागि अपनाउनु पर्ने अर्को महत्वपुर्ण बिषय भनेको सरसफाई हो । मानव शरिरमा रहेको महत्वपुर्ण अंगको सफाईमा ध्यान दिन सक्दा रोगले आक्रमण गर्ने कार्यमा कमि रहन्छ । पौटिक ढंगको खानपान लाई शरिरको आवस्यकताको आधारमा मात्र निरन्तरता दिनु अर्को स्वस्थ रहने प्रमुख उपाय हो । शरिरको लागि कुन समयमा कति कुन पौटिक तत्व आवस्यक पर्छ भन्ने बिषयमा जानकारी राख्न जरुरी हुन्छ । पौटिक तत्वको नाउमा शरिरलाई चाहिने भन्दा बढी खाएमा त्यसैले असर गर्छ भन्ने बिषयमा ध्यान दिन उत्तिकै आवस्यक रहन्छ । यसरि शरिलाई आवस्यक मात्रामा पौटिक तत्वहरु सेवन गर्दा रोगसंग लड्ने प्रतिरोधात्म शक्ति उत्पन्न हुनाले गर्दा रोगले छिटो अक्रमण गर्न सक्दै, यस्ता सवै खाले समस्या समाधानको लागि चेतनामा बिकास गर्न जरुरी छ ।

मुलुकमा संघियता लागु भएको अवस्था छ , यस्तो अवस्थामा स्थानिय तहमा संञ्चालन भएको स्वास्थ्य सेवा केन्द्रलाई आवस्यक पर्ने उपकरण, औषधि, दक्ष जनशक्ति व्यवस्था गर्ने जिम्मा स्थानिय तहलाईनै हुने भएकोले आगामि दिनमा केहि सहजता हुन सक्ने अनुमान सर्वसाधारण जनताको रहेको छ । विगतमा केन्द्रिय स्तरबाट भै गरेका कार्यहरुमा भएको चुहावट, अनियमितता काम चोर प्रबिधिलाई मध्य नजर राख्दै स्थानिय तहले होसीयारी साथ व्यवस्थापन गर्न सके स्वस्थ्य क्षेत्रमा ठुलो फड्को मार्न सक्छ ।

  • ग्रामिण वस्तिमा सर्वसुलभ ढंगको
  • स्वास्थ्य सेवाको अभाव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0