Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अस्पतालमा नागरिक बडापत्रको व्यवस्था गर

प्रभातफेरी अनलाइन ६२०५ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १५, मंगलबार (८ साल अघि)
Post Thumbnail

नेपालमा संञ्चालन रहेका एउटै प्रकारका अस्पतालहरुमा फरक फरक ढंगको शुल्क निधारण गर्ने गरेका छन् । सेवा र सुबिधाको प्रकार उस्तै तर शुल्क मनलाग्दि ढंगले निर्धारण मात्र नभएर पक्षपाति व्यवहार समेत हुने गरेको पाईन्छ । राज्यले बिपन्न बर्गलाई दिनुपर्ने निःशुल्क सेवा कागति रुपमा मिलाउने गरेपनि त्यस्तो खालको सेवा कस्लाई कति कुन प्रकारको व्यक्तिलाई प्रदान ग¥यो भन्ने बिषयमा कसैलाइ जानकारीनै हुंदैन । अस्पतालले दिने सेवाको बिषयमा नागरिक वडापत्र राख्ने गरेको विरलै पाईन्छ । डाक्टर, नर्श या प्राबिधिकको कमजोरीले गर्दा कुनै पनि सेवामा त्रुटि भएमा त्यसको भार बिरामीलाईनै थुपार्ने परम्परा रहेको छ ।

अस्पतालमा रहेका जनशक्तिको कमजोरीले गर्दा सेवाग्राहिलाई भार बोकाउनु सरासर गलत हो । उनीहरुको कमजोरीले गर्दा एकै पटकमा हुनुपर्ने काम दोहा¥याएर गर्दा बिरामीलाई आर्थिक भारको साथै जोखिम समेत हुने गरेको छ ।
नेपालमा अस्पतालहरुले के आधारमा शुल्क तोक्ने भन्ने मापदण्ड नभएकाले सरकारी नियमनकारी निकायले यी गुनासोको सम्बोधन गर्न सकेका छैनन् । बिभिन्न सेवाको शुल्क तोक्न स्वास्थ्य मन्त्रालयले नियम बनाएपनि कार्यान्वय गर्न नसक्दा उपचार सेवा शुल्क अस्पतालपिच्छे मात्रै होइन, एउटै अस्पतालले व्यक्तिपिच्छे फरक–फरक शुल्क लिइरहेका उदाहरण पनि छन् । उपचार शुल्क कस्ले तिर्ने भन्ने बिषयमा छलफल गर्दै ठुलै संस्था वा चर्चित व्यक्तिले तिर्दा वार्गेनिङ्गको आधारमा ४० प्रतिशतसम्म छुट दिने गरेको पाईएपनि गरीबिको रेखामुनिकालाई छुट दिएको विरलै पाईन्छ । कतिपय सवारी दुर्घटनाको घटनामा यातायात व्यवसायीले तिर्ने शुल्कमा बार्गेनिङ्ग गरेर धेरै छुट लिने गरेको समेत पाईन्छ । तर, बिरामी आफन्तको पीरले कमजोर भइसकेको कुनै उएटा व्यक्तिले अस्पतालसँग अनुनय बिनय गर्दापनि छुटको व्यवस्था बिरलै हुने गरेको छ ।

अस्पतालले निस्पक्ष साथै उचित शुल्क निर्धारण गरेको भय कसरी ठुला बढालाई छुट दिन सक्यो जटिल बिषय हो । नेपालमा सम्पूर्ण उपचार सेवाको शुल्क अस्पतालले आफ्नो तरिकाले तोक्न भने पाएका छैनन् । सरकारले उपचारका केही प्रक्रियाको मूल्य निर्धारण गरेको छ । जस्तो बहिरंग सेवा (डाक्टर ओपिडी शुल्क) र औषधिको मूल्य तोकिएको छ । निजी र सरकारी अस्पतालले सोही मापदण्ड अन्तर्गत शुल्क लिइरहेका छन् । यसैगरी, सरकारले शुल्क तिर्ने तर नागरिकका लागि निःशुल्क गरिएका मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवाको शुल्क सबै अस्पतालमा एउटै छ ।

निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले उपचार शुल्क र सेवाको पारदर्शिताका लागि अस्पताललाई ग्रेडिङ गर्नुपर्ने माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य सेवाको शुल्क नतोके पनि पारदर्शी बनाउन भने अनिवार्य गरेको छ । स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डमा अस्पतालका हरेक सेवाको शुल्क नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्ने सरकारी निर्देशन भएपनि प्राय धेरै अस्पतालले अटेर गर्दै मनलाग्दि अशुल्ने गरेका छन् । सर्वसाधारण जनताको हितको खातिर निजि वा सरकारी कुनैपनि अस्पतालले नागरीक बडापत्रको व्यवस्था गरेर पारदर्शीताको साथै निस्पक्षता गर्न जरुरी रहन्छ ।

  • अस्पतालमा नागरिक बडापत्रको व्यवस्था गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0