Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राहत सामाग्री दुरुपयोग नियन्त्रण गर

प्रभातफेरी अनलाइन २९७ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
Post Thumbnail

असोज ११ र १२ गतेको अविरल बर्षात ले गर्दा ठुलो धनजनको क्षति भयो । धेरै वस्तीहरू शोकमा डुबे, कतिपयको घरबार विहीन भएका छन् । हिन्दुहरूको महान चाडपर्वको सुरुवातमै भएको घटनाले गर्दा चाड पर्व समेत खल्लो भयो । सडकहरूमा पहिरो तथा बाडीले वितण्डा मच्चाउँदा मुलुकका विभिन्न स्थानमा आवत जावत लागि अवरोध भयो । जसका कारण अत्यावश्यक सामाग्री ढुवानीमा समस्या मात्रै नभई उपचारको लागि अस्पताल सम्म जान सक्ने अवस्था रहेन । ग्रामीण वस्तीहरूका सडक सञ्चालन गर्ने कार्यको लागि इन्धन अभावले गर्दा हवाई मार्गबाट इन्धनको ढुवानी गर्नुपरेको अवस्था रह्यो ।
वाडि पहिरोले गर्दा कतिपय पीडितको चुलोमा आगो बलेन । गरिबको रेखामुनि रहेका निमुखा, हुँदा खाने वर्गको ति दर्दनाक पीडालाई मध्यनजर गर्दै महामानव रुपी दयालु मनकारीले आफ्ना बिभिन्न प्रकारको खर्च कटाएर ति हुँदा खाने बर्गको रोदनलाई नियाल्दै आँशु पुछ्ने अपेक्षा गर्दै राहत वितरण गर्न तम्तयार भए । आफन्त तथा साथिभाईहरुसंगको सहकार्य साथै विभिन्न सङ्घ संस्थाहरूसँग हातेमालो गर्दै राहत सङ्कलन गरियो । वितरणको लागि स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै अगाडि बढे । जनप्रतिनिधिले उपलब्ध गराएको विवरणलाई आधार मान्दै राहत वितरण कार्य सहज ढङ्गबाट नभएको हैन । तर राहतको पोकाको लागि लाइनमा आउने कतिपय सम्पन्न परिवारले राहत वितरण गर्ने कार्यलाई फितलो मात्रै बनाएनन् ति मनकारी मनहरुको मनमा चोट नै पुर्याए ।
जनप्रतिनिधिले राहतको लागि सिफारिस गर्दा निष्पक्ष ढङ्गबाट गनुुर्को बदलामा विगतमा फुलाइन मत दिएका र भावी दिनमा समेत दिनेलाई समेत समेटियो । वडा कार्यालयमा क्षतिको विवरण सहित निवेदन दिनको लागि सूचना जारी गर्दै गर्दा क्षतिको अवस्थाको पहिचान गरिएन आफू निकटको पहिचान गरियो । सामान्य ढङ्गको कान्लो लडेका, खोलाको छेउको खेतीमा सामान्य भल पसेकाहरू पनि पीडितको सुचीमा राखियो । घरबार विहीन, परिवार विहीन भएका गरिबका रेखामुनि रहेका पीडित र मासिक रुपमा २ लाख भन्दा बडी आयस्रोत भएकाहरूलाई एउटै वर्गमा राखियो । राहत वितरण कार्यमा । राहतको पोका बोक्ने लाइनमा सरकारी जागिरे, पेन्सन बुझ्न वर्ग, विकसित मुलुकमा छोरा छोरी बुहारी रोजगारीमा रहेका वर्गले हुँदा खाने वर्गलाई ठेल मठेग गर्दै अगाडि बढ्नु कति न्यायोचित रहला ?
धर्मको चेष्टाका साथमा आफूहरूले खाई नखाई पीडितको पीडामा सहकार्य गर्ने मनसायले अगाडि बढेका वर्गले वितरण गर्ने राहतमा दुरुपयोग भएपछि उनीहरूको मन दुख्नु अस्वभाविक हैन । यसरी राहतमा दुरुपयोग हुँदा वास्तविक पीडितले सहयोग पाउने कार्यमा समस्या आउने भएको छ । वास्तविक पीडितको लागि उपलब्ध गराएको राहत सामाग्री गैह्र पीडितले कुम्ल्याउँदै आगामी दिनमा राहतको लागि अग्रसरता गर्नेको मनोबल गिरेको छ । जसले गर्दा हुँदा खाने वाडि पहिरो पीडित समस्यामा गर्नेभए । ति पीडितको उनीहरूको रोदन रोकिने भएन । त्यस्ता पीडितको असुले पीडितका भाग खोस्नेलाई भतभती पोल्नेमा सुनिश्चित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0