Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आर्थिकको हाजिरी जवाफमा आजाद उत्कृष्ट, निजिलाई पछिपारे सरकारीका विद्यार्थीले

प्रभातफेरी अनलाइन ६२१० पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २१, सोमबार (८ साल अघि)
आर्थिकको हाजिरी जवाफमा आजाद उत्कृष्ट, निजिलाई पछिपारे सरकारीका विद्यार्थीले

आइ.आर.के मैनाली,

पाँचखाल-आर्थिक बिकास वचत तथा ऋण सहकारी संस्थाले ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाले संस्थामा आबद्ध शेयर सदस्यहरुसंगको कारोवारको साथै बिभिन्न सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आएको कार्यलाई निरन्तरता दिदै जाने क्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो ।


आईतबार संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा कार्यक्षेत्र भित्र रहेका माध्यमिक विद्यालयहरुलाई लक्षित गरी संञ्चालन गरेको कार्यक्रममा बिभिन्न १३ विद्यालयले सहभागिता जनाएका थिए । जसमा ४ निजि र ९ सरकारी विद्यालय रहेका थिए । सहभागिता जनाउने निजिमा गोल्डेन फ्युचर माबि, सरस्वति शिक्षा गृह मावि, पाँचखाल भ्यालि मावि, नवप्रतिभा मावि रहेका थिए । त्यसैगरी सरकारी विद्यालयमा सर्वमंगला मावि, आजाद मावि, श्रीराम मावि, चण्डेनि मावि, भगवति मावि, भक्रमदेवि मावि, दुग्धेश्वर मावि र महाँकाल मावि रहेका थिए ।

संस्थाले आयोजना गरेको नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल आजाद मावि , द्वितीय स्थान हासिल गर्न सफल सरस्वती शिक्षा गृह मावि र तृतीय स्थान हासिल गर्न सफल भक्रमदेवी मावि रहेका थिए । संस्थाले प्रथम हुनेलाई ६ हजार नगद प्रमाण पत्र साथै ट्रफि, त्यसैगरी द्वितिय हुनेलाई ४ हजार ५ सय नगद प्रमाण पत्र साथै ट्रफि, तृतिय हुनेलार्य नगद ३ हजार प्रमाण पत्र र ट्रफि प्रदान गरेको थियो । सहभागि विद्यालयहरुलाई पनि प्रमाण पत्र प्रदान गरेको थियो ।

संस्थाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा भएको नतिजालाई मध्यनजर राख्दा निजि विद्यालय भन्दा सरकारी विद्यालय पनि कम नभएको पाईएको छ । विगत बर्षहरुमा निजि विद्यालय सहभागि भएको कुनै पनि विद्यालय स्तरिय प्रतिस्पर्धा सहभागि हुन समेत डराउने सरकारी विद्यालयका विद्यार्थिहरु अव प्रतिस्पर्धामा उत्रन मात्रै नभएर निजिलाई पछि पार्न सफल भएका छन् । आईतबारको कार्यक्रममा पनि सुकिला कपडामा सजिएर आएका विद्यार्थीहरुलाई बाहुला फाटेको कपडामा आएका सरकारीका विद्यार्थीले पछाडि पार्न सफल भए ।

बिगतको तुलनामा निजिको शिक्षाको अवस्था विस्तारै खस्कंदै गैरहेको र सरकारी विद्यालयको शिक्षामा सुधार आउंदै गरेको पाईएको छ । विगतमा एस.एल सि परिक्षामा उत्कृष्ट अंङ्क हासिल गर्दै शत प्रतिशस उतिर्ण गराउन सफल निजि विद्यालयहरु पछिल्ला समयमा आएर खस्केको अवस्था रहेको छ । अत्यन्त न्युन विद्यार्थी उतिर्ण गराउंदै आएका सरकारी विद्यालयले एस.एल.सि र पछिल्लो अवस्थाको एस.ईई परिक्षामा नतिजा रामै हासिल गर्न सफल भएका छन् । उच्च शिक्षा हासिलको क्रममा समेत निजिबाट उतिर्ण भएका विद्यार्थीको तुलनामा सरकारीबाट परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुले रम्रोसंग उतिर्ण गर्ने गर्दा अभिभावक तथा विद्यार्थीको आकर्षण निजिमा भन्दा सरकारीमा बढ्दो रहेको छ ।


आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न हाजिरी जवाफ कार्यक्रममा संस्थाका उपाध्यक्ष सत्यवति भट्टराईले स्वागत मन्तव्य राखनुभएको थियो भने संस्थाका प्रबन्धक ठाकुर नाथ अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव बाबुकाजी पराजुलिले गर्नु भएको थियो ।

  • आर्थिकको हाजिरी जवाफमा आजाद उत्कृष्ट
  • निजिलाई पछिपारे सरकारीका विद्यार्थीले
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0