Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तातोपानी नाका बन्द हुंदा हजारौ मारमा, नाका बन्दको कारण बिहान बेलुकिको समस्या – व्यवसायी

प्रभातफेरी अनलाइन ७३६९ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २९, मंगलबार (८ साल अघि)
तातोपानी नाका बन्द हुंदा हजारौ मारमा, नाका बन्दको कारण बिहान बेलुकिको समस्या – व्यवसायी

 

आइ.आर.के मैनाली
खाडिचौर-लामो समयदेखि तातोपानी नाका बन्द रहेको छ, जसको असर सिन्धुपाल्चोक, दोलखा, काभे्र लगायतको जिल्लामा बसोवास गर्ने स्थानियहरुलाई समेत पर्न गएको छ ।

खासाको वजारमा गएर सस्तोमा मौसम अनुसारको आवस्यक सामाग्री खरिद गरी समस्या समाधान गर्दै आएका तिन जिल्लाका जनताहरुलाई प्रत्यक्ष रुपमा मार परेको छ भने अप्रत्यक्ष रुपमा धेरै जिल्लाका साथै राजधानीमा बसोवास गर्नेहरु समेत समस्यामा परेका छन् । एक्कासी नाका बन्दि हुंदा चकित खाएका व्यापारीहरु खुल्ने आशै आशामा लामो समय पर्खदै गर्दा धेरै ऋणको भारमा परिसकेका छन् । स्थानिय निकायको सरकार वनेपछि खुल्ने आस्वासन चुनावको समयमा नेताहरुले दिएकाले हौसिएका व्यवसायिहरु हाल आएर निरास भएका छन् ।

तातोपानी नाका बन्द भएसंगै तातोपानी देखी दोलालघाट सम्मको स्थान सुनसान भएको छ , बिगतमा धेरै व्यापार हुने र घर भाडाकै भरमा पनि जिवन यापन गर्न सकीने आशामा वाह्रबिसे, लामोसाँघु, खाडिचौर, चेहेरे सुकुटे लगाएतको स्थानमा आकर्षण भएकाहरु हालको अवस्थामा समस्यामा परेका छन् । ठुलै पर्वको रुपमा निकै भिडभाडका साथ रमाईलोसंग आवत जावत हुनेगरेको उक्त स्थानहरुमा हाल आएर पुरै सुनसान भएको छ । जसको असर स्थानियहरुको घरजग्गामा समेत परेको छ । नाका बन्दको कारण बजारको चहल पहल घटेपछि घरजग्गा बेचेर अन्यत्र जान खोज्दा समेत नबिकेर समस्या आएको स्थानिय व्यवसायिहरुको भनाई रहेको छ ।

नाका खुल्ने आशै आशामा ऋणपन गरी कुरीरहेका स्थानियहरु उठिजाउ न बसिखाउको अवस्थामा जिनतेन गुजारा चलाउंदै आएका छन् । बिगतमा राम्रै दाममा घर भाडामा लगाएर सोहि भाडाकै भरमा बाच्नेहरुलाई जटिल समस्या आएको छ । अरुको घरमा भाडामा वसेर व्यवसाय संञ्चालन गर्नेहरु व्यवसाय नचलेपछि आफ्नो वाटो लाग्दा विगतमा भाडामा घर लिन तछाड मछाड गर्नेहरुको अभाव भई बजार क्षेत्रको घरहरुमा ताला झुन्डिएको छ । जसले गर्दा घरधनीहरुको आम्दानिको स्रोत टुटेको छ ।

खाडी चौर स्थित घरधनिले नाम उल्लेख नगर्ने शर्तमा प्रभातफेरी साप्ताहिसंग दुखेसो पोख्नुभयो । “बजारको चहलपहल हुंदा गाउंमा रहेको सम्पुर्ण खेतबारी वेचेर घर किनियो, केही समय घरभाडाबाट राम्रो आम्दानि लिईयो तर हाल आएर बिहान बेलुकाको लागि समेत समस्या परेको छ” । घर घरेडी बेचौभने पनि बिक्दैन सवैले वेचन्को लागि पहल गरेका छन् तर बिक्दैन । वसौ भने के गरेर विहान बेलुका चलाउने धेरै समस्यामा परीयो । “घरमा हामी दुई वुडा वुडि मात्रै भएकोले खेति गर्न नसक्ने भईयो, त्यसैले खेतबारी बेचेर भाडाखाने लोभमा आइयो, खहिले समस्या प¥यो ।

बारबिसे बजारमा व्यवसाय गर्दै आउनुहुने व्यवसायिको उस्तै दुखेसो रहेको छ, उहाँ भन्नुहुन्छ, खासा बन्द भएपछि ठुलै समस्या परेको छ । खासा खुल्लार राम्रोसंग व्यवसाय गरुला भन्ने आशै आशामा ऋणमा डुवियो । उठेर अन्तै जाउ भने ऋण कसरी तिर्ने वसौ भने कसरी विहान बेलुकिको व्यवस्था गर्ने समस्यामा परेको वताउनु हून्छ । जुरेमा पहिरो गएदेखि ओरालो लागेको व्यवसाए कहिल्यै उमो लागेन । जुरेको पहिरोबाट बिग्रीएको सडक बनेपछि केही आशा पलाएको थियो, अर्को बज्रपात भुकम्प सावित भयो । भुकम्पबाट ज्यानत जोगिएको थियो तातोपानी नाका बन्द हुदाँ समस्या भयो ।

  • तातोपानी नाका बन्द हुंदा हजारौ मारमा
  • नाका बन्दको कारण बिहान बेलुकिको समस्या - व्यवसायी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0