Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको स्वस्थ्य सेवाबाट सकारात्मक शंदेस, बिषेश परिस्थितिमा एम्बुलेन्स सेवा समेत निःशुल्क

प्रभातफेरी अनलाइन ६९२६ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र १, बिहिबार (८ साल अघि)
पाँचखालको स्वस्थ्य सेवाबाट सकारात्मक शंदेस, बिषेश परिस्थितिमा एम्बुलेन्स सेवा समेत निःशुल्क

आर.एल.श्रेष्ठ
पाँचखाल-विगत बर्षहरुको तुलनामा पाँचखाल नगरपालिकाको कार्यक्षेत्र भित्र स्वस्थ्य सेवामा आमुल परिवर्तन भएको छ । बिगतमा सामान्य सिटामेल समेतको अभाव भएको भन्ने व्यापक जनगुनासो आएको पाँचखालमा स्थानिय तह मार्फत सेवा सुरु भएपछि सेवा सुबिधामा ठुलो फड्को मारेको हो ।
स्थानिय तहमा अधिकार आउनु भन्दा अगाडि जिल्ला स्वास्थ्य कार्यलय मार्फत निःशुल्कमा उपलब्ध हुने अति अवस्यकिय औषधिहरु समेत उपलब्ध नहुंदा सेवाग्राहिहरु प्राथमिक स्वास्थ्य केन्द्रमा आउन छाडेका थिए । सरकारले निःशुल्क उपलब्ध गराउने औषधि साथै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरु नहुने गर्दा वाध्य भएर निजि क्लिनिक जान बिवस भएका स्थानियहरुको पछिल्लो समयमा आएर प्राथमिक स्वास्थ्य केन्द्र तर्फ आकर्षण बढेको हो ।

पाँचखाल नगरपालिकाको तर्फबाट पहिलो प्राथमिकता स्वास्थ्यमा दिदै नगरका उपमेयर लक्ष्मी दनुवारले प्राथमिक स्वास्थ्य केन्द्रको पटक पटक अनुगमन गरी कमी कमजोरीको बिषयमा सुधारको लागि पहल गर्दा स्वास्थ्यमा सुधार आएको स्थानिय सञ्च तामाङ्को भनाई रहेको छ । उहाँको अनुसार “हामी उपचारको लागि स्वास्थ्य केन्द्रमा पुग्दा डाक्टर नभएको, निःशुल्क पाउनु पर्ने औषधि पनि नभएको अवस्थामा हामी निजि क्लिनिक तिर जान लाग्दै गर्दा उपमेयर दनुवारको अनुगमन भएको र उहाँले समस्याको बिषयमा हामीसंग पनि सोधेको थियो” । “प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी फर्कदै गरेको धनञ्जय ढुंगानाको अनुसार नियमित रुपमा औषधि खानुपर्ने प्राथमिक स्वस्थ्य केन्द्रमा सित्तै पाइने भएकोले आएको, पोहोर तिर यहाँ औषधि नभएर धेरै पटक बाहिर किन्नु परेको थियो अवत यहि पाईन्छ, आउने बित्तिकै राम्रोसंग सोधखोज गरेर औषधि दिन्छन् ” ।

पाँचखालमा रहेको प्राथमिक स्वस्थ्य केन्द्र पाँचखाल वडा नं ६ मा रहेकोले वडाध्यक्ष रामशरण दुलालसंग स्वास्थ्यमा भएको सुधारको बिषयमा जानकारी लिने क्रममा स्वस्थ्यको सिर्षकमा हाल १५ लाख छुट्याईएपनि आगामि दिनमा ५० लाख बजेटको व्यवस्थाको लागि पहल गर्ने बताउनु भयो । उहाँले भन्नु भयो सवैभन्दा महत्वपुर्ण बिषय स्वास्थ्य भएकोले सो क्षेत्रमा प्राथमिकता दिनु पर्ने बताउनु भयो । एक्से मेसिन सञ्चालन गर्ने कार्यको साथै प्राथमिक स्वस्थ्य केन्द्रलाई अस्पतालकै रुपमा अगाडि बढाउने बताउनु भयो । दुलालथोक गुठी समाजले सञ्चालनमा ल्याएको एम्बुलेनस समेत प्राथमिक स्वस्थ्य केन्द्रको मातहतमा संञ्चालन गरी सेवा प्रदान गरेको बताउनु भयो । अध्यक्ष दुलालको अनुसार नगरले स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिएको बताउनु भयो । कतिपय घटनामा एम्बुलेन्स सेवा समेत निःशुल्क गर्ने गरेको उदाहरण स्वरुप प्रशान्त दुलाललाई व्लड क्यान्सरको लक्षण देखापरेकोले उपचारको लागि काठमाडौ पठाउन एम्बुलेन्स सेवा निःशुल्क दिएको बताउनु भयो ।

पाँचखालमा स्वास्थ्यको सुधारको बिषयमा प्राथमिस स्वस्थ्य केन्द्रका ईञ्चार्ज उज्ज्वल अधिकारसिंग टेलिफोन सम्पर्क गर्दा पाँचखाल र आसपासका बिरामीहरुको लागि सहज ढंगबाट सेवा प्रदान गर्ने उद्देस्यका साथ अगाडि बढेको बताउनु भयो । साउन महिनाबाट इञ्चार्जको भुमिका निर्वाह गरेयता नेपाल सरकारबाट प्राप्त ५ लाख ५० हजार र जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त औषधिहरु नगरमा रहेको प्राथमिक स्वस्थ्य केन्द्र १, स्वास्थ्य चौकि ६ र सहरी स्वस्थ्य एकाई १ गरी ८ स्थानमा वितरण गरी सहज ढंगबाट सेवा दिएको वताउनु भयो । नगरको तर्फबाट १५ लाख बजेट व्यवस्था भएकोमा अत्यावस्यक औषधिको लागि ५ लाख, शर्जिकलको आवस्यक उपकरणहरुको लागि ५ लाख, एक्से्र मेसिन तथा डार्करुम व्यवस्थापनको लागि ५ लाख छुट्याएर अगाडि बढेको बताउनु भयो । राष्ट्रिय कार्यक्रम अन्तर्गतको सवै कार्यक्रम संञ्चालन भएको वताउनु भयो ।

पाँचखाल नगरको तर्फबाट स्वास्थ्यमा बढि प्राथमिकतासाथ कार्य गर्दा जिल्लाबाटै पुर्ण रुपमा निवारण भैसकेको भन्ने कुस्टरोगि २, र औलो रोगी १ जना परिक्षणको क्रममा फेला परेकोले उपचार थालेको ईञ्चार्ज अधिकारीले जानकारी गराउनु भयो । शिबिरको आयोजना गरी परिक्षण गर्दा कुष्टरोगी स्थानिय नै भएपनि औलो रोगि छिमेकी मुलुक भारत घर भई कामको सिलसिलामा पाँचखाल बसेको बताउनु भयो । रोग फैलन नपाओस भनि शंकास्पद बिरामीहरुको परिक्षण साथै रोगको पहिचान भएका ३ जनाको उपचार थालेको जानकारी गराउनु भयो । पाँचखालमा स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तनको लागि नगरपालिकाका सम्पुर्ण टिमको साथमा नगरका प्रमुख प्रशासकिय अधिकृत भोलानाथ चापागाईको समेत सकृयताले गर्दा सहज भएको इञ्चार्ज अधिकारीले जानकारी गराउनु भयो ।

  • पाँचखालको स्वस्थ्य सेवाबाट सकारात्मक शंदेस
  • पाँचखालमा रहेको प्राथमिक स्वस्थ्य केन्द्र
  • बिषेश परिस्थितिमा एम्बुलेन्स सेवा समेत निःशुल्क
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0