Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लवग्रीन नेपालको अगुवाईमा माटो परिक्षण, पाँचखालको माटो सुधारको लागि चुन र पोटास अनिवार्य – बिज्ञ

प्रभातफेरी अनलाइन ८९६१ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र ३, शनिबार (८ साल अघि)
लवग्रीन नेपालको अगुवाईमा माटो परिक्षण, पाँचखालको माटो सुधारको लागि चुन र पोटास अनिवार्य – बिज्ञ

आइ.आर.के. मैनाली
पाँचखाल-कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल र आसपास क्षेत्रको उर्वर भूमिलाई सुरक्षीत साथै व्यवस्थित ढंगबाट उत्पादन गराउने उद्देस्यका साथ लवग्रीन नेपाल नामक संस्थाले कार्य थालेको छ । उक्त संस्थाले रसायनिक मल तथा बिषादि न्युनिकरण गर्दै जैबिक ढंगको खेती प्रणालिलाई अगाडि बढाउंदै कृषकको हितको लागि कार्य गर्ने भएको छ ।

कुनैपनि प्रकारको खोतीको लागि माटोमा हुनु पर्ने तत्वहरु सुरक्षीत हुनुपर्ने, माटोमा आवस्यक तत्वको अभाव हुदा रोग तथा किराले बढी आक्रमण गर्नाको साथै उत्पादनमा समेत ह्रास आउने भएकोले माटो परिक्षण लाई प्राथमिकता दिएको छ । सोही अनुरुप हरीहर भवनबाट माटो बिषेशज्ञहरु झिकाई बिषेश ढंगबाट तीन दिने तालिम प्रदान गरेको छ ।

माटो व्यवस्थापन निर्देशनालय प्रमुख (माटो विज्ञ) को नेतृत्वमा आएको टोलिले लवग्रीन नेपालको ५ जना कर्मचारी, कृषि सेवा केन्द्रबाट १ जना र पाँचखाल स्थित मसला बालि बिकास कार्यालयमा कृषि सम्बन्धि ओजेटि गरीरहेका ५ जना गरी ११ जनालाई माटो परिक्षण सम्बन्धि तालिम दिएको छ । आगामी दिनमा तालिममा सहभागि रहेकाहरुको साथमा माटो बिज्ञ समेतको टोलिले माटो परिक्षणलाई निरन्तरता दिने उद्देस्यका साथ तालिम संञ्चालन गरेको जानकारी प्राप्त भएको छ । तालिमको क्रममा पाँचखाल नगरको बिभिन्न स्थानबाट नमुना माटो संकलन गरी परिक्षण गरेको थियो ।

तालिममा सहभागि माटो व्यवस्थापन विभागका प्रमुख एवं माटो बिज्ञ ईन्द्र वहादुर ओलिले पाँचखालको माटोमा सुधार गर्नु पर्ने भेटिएको बताउनुभयो । विज्ञ ओलिले भन्नु भयो “माटो परिक्षणको क्रममा अमिलिय धेरै भएको पाईयो, पोटासको अत्यन्त कमी, फस्फोरस मध्यम र नाईट्रोजन सामान्य छ”

। माटोलाई तन्दुरुस्त राख्नको लागि अमिलिय पनलाई घटाउन जरुरी रहेको र माटोमा नभै नहुने तत्व पोटासको मात्रा बढाउनु पर्ने बताउनु भयो । सुधारको लागि कृषि चुन र पोटासको अत्यन्त जरुरी रहेको छ, साथमा जिंक बोरण मोलिब्डेनम प्रयोग गर्नु पर्ने देखिएको बताउनु भयो । पाँचखालको माटो राम्रोसंग सुधार गर्न सामान्यतया प्रत्येक २ बर्षमा प्रतिरोपनि ४० किलो चुन र प्रत्येक बर्ष प्रतिरोपनि १० किलो पोटास अनिवार्य भएको बताउनु भयो । माटो परिक्षणको आधारमा १÷२ किलो तल माथि भएपनि सामान्य तया पाँचखालको माटोमा ४० किलो चुन अनिबार्य भएको वताउनु भयो ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा आउनु भएको माटो बिज्ञ ओलिले भन्नुभयो तरकारी खेतीको प्रमुख स्थानको रुपमा रहेको पाँचखालमा लवग्रीन नेपालको अगुवाईमा भएको कार्य अत्यन्तै सह्रानिय भएको र यस्तो कार्यको लागि माटो व्यवस्थापन निर्देशनालय र आफ्नो व्यक्तिगत तर्फबाट समेत सहयोग गर्ने बताउनु भयो । हामीसंग माटो परिक्षण घुम्ति प्रयोगशालाको समेत व्यवस्था भएकोले कृषकको हितको खातिर सोहि मार्फत परिक्षण गर्न सकिने बताउनु भयो । तालिममा प्रशिक्षकको रुपमा आउनु भएको माटो बिज्ञ डा.जनार्जन खड्काले भन्नुभयो पाँचखालमा लगाएको बिभिन्न प्रकारको वालिमा रोग तथा किराले दुःख दिनुको प्रमुख कारण माटो सुधार नभएकोले भन्ने प्रस्टिएको बताउनु भयो । उहाँले थप्नुभयो माटोमा सुधार भए उत्पादन बढ्ने रोग तथा किराले कम आक्रमण गर्ने बताउनु भयो ।

लवग्रीन नेपालका सिनियर प्रोजेक्ट अफिसर रमेशनाथ रेग्मिले भन्नुभयो “ हामीले विगत लामो समयदेखि पाँचखालको हितको लागि विकास निर्माणको काम ग¥यौं, अव कृषकको हितको साथै वातावरण सुधारको लागि कार्य गर्ने योजनाका साथ अगाडि बढेका छौं” । “मुलुकमा नगरपालिकाहरुको घोषणा संगै पाँचखाल नगर कृषि शहरको रुपमा अगाडि बढ्ने गरी निति निर्माण गरी अगाडि बढेकोले हामी पनि सोही अनुसार अगाडि बढ्ने गरी कार्य थालेका छौं”। रेग्मीले थप्नुभयो पाँचखालमा बिभिन्न प्रकारको तरकारीहरु उत्पादनको लागि राम्रो स्थान भएकोले जैविक ढंगबाट तरकारी उत्पादन गर्ने वातावरण तयार गर्दै पाँचखाललाई जैबिक तरकारी उत्पादन हुने स्थानको रुपमा परिचित गराउने बताउनु भयो । सवै प्रकारको कृषि उपजको लागि प्रमुख चुरो कुरोको रुपमा रहेको माटो सुधार भएकोले हप्तामा दुई दिन माटो परिक्षण गरी माटो सुधारको लागि कार्य गर्ने बताउनु भयो । रसायनिक मल र बिषादि न्युनिकरण गर्दै कृषकको खर्चमा कमी, आम्दानि बृद्धि साथै वातावरणको संरक्षणको लागि कार्य गर्ने बताउनु भयो ।

पाँचखाल मौसमि तथा बेमौसमि तरकारी उत्पादन हुने प्रमुख स्थानको रुपमा परिचित रहेको छ । विगतको तुलनामा उत्पादनमा कमि भएकोले कृषकहरु चिन्तित भएको अवस्थामा लवग्रीन नेपालको कारण उत्पादन बृद्धि हुने भएको छ । कृषकहरुले माटो सुधारको बिषयमा ध्यान नदिदा माटोमा आवस्यक तत्वहरुको कमीको कारण उत्पादनमा ह्रास आउनाको साथै रोग तथा किराले बढि आक्रमण गर्ने गरेको माटो परिक्षणबाट प्रस्टिएको छ । अव हुने नियमित माटो परिक्षणको कारण माटो सुधारको साथै उत्पादन बृद्धि हुने संकेत मिलेको छ । कृषकहरुले हाल प्रयोग गर्दै आएको रसायनिक मलको मात्रा सिफारिस भन्दा बढि भएकोले खर्चमा बृद्धि भएको अध्ययनले जनाएको छ । बिस्तारै रसायनिक मलको मात्रालाइ न्युनिकरण गर्दै माटोमा आवस्यक तत्वहरुको परिपुर्तिको लागि लवग्रीन नेपालले भुमिका निवार्ह गर्दै कृषकको हितको खातिर कार्य गर्ने भएको छ ।

  • पाँचखालको माटो सुधारको लागि चुन र पोटास अनिवार्य - बिज्ञ
  • लवग्रीन नेपालको अगुवाईमा माटो परिक्षण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0