Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षा मन्त्रीको नाममा खुल्ला पत्र

प्रभातफेरी अनलाइन ७०२९ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख ११, मंगलबार (७ साल अघि)
शिक्षा मन्त्रीको नाममा खुल्ला पत्र

माननीय शिक्षा मन्त्री ज्यू क्रान्तिकारी सलाम वा नमस्कार आज म तपाइलाइ सम्बोधन गरि केही कुरा लेखू लेखू लाग्यो त्यसैले अनुमती चाहे । शुरुमै म माफी पनि चाहन्छु । किन कि सायद मेरो शब्दहरु युद्धमा वर्सिएको गोली जस्तै हुन सक्छ ।यी बोलीले मस्तिष्क छियाछिया हुन सक्ला । कतै मेरो शब्दले विक्षिप्त हुन पुगेमा माफी माग्दै विषय वस्तुतिर लाग्छु । मन्त्री ज्यू , म एक सामुदायिक विद्यालयमा कार्यरत महिला शिक्षक हु । शिक्षण नै मेरो एक मात्र पेसा हो । जसलाई म असाध्यै माया पनि गर्छु । मलाई राम्रो थाहा छ हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु हुन्छ अनि शिक्षामा कायपलट ल्याउने प्रतिवध्दता जाहेर गर्छौ । अनि जोश जागरका साथ लागि पर्छौ । यो अहिले मात्र हैन निकै साल अगाडि देखि नै मन्चन हुँदै आएको एक गतिलो र रमाइलो नाटक हो भन्दा फरक नपर्ला । हो यो साल अर्थात २०७५ साल पनि यस्तै नाटक मन्चनबाट अछुत रहेन । नेता देखि कार्यकतासम्म , कलाकार देखि लेखक सम्म र सर्वसाधारण देखि मन्त्री सम्म नाटक मन्चन भै रहेका छ्न हुने क्रम जारी छ । म एक चेतनशील प्राणी त्यस माथी समाज परिवर्तनको पहिलो आधार भनेर चिनिने एक शिक्षक भएकै कारण हो मा हो थप्न बाध्य छु । मेरो विचारमा हाम्रो देश एउटा विकाशोन्मुख देश हो जहाँ अहिलेको विग्यान र प्रविधिको युगमा निकै गुणा पछि घिस्री रहेका छन । यो हुनु एउटा भौगोलिक धारतल नि हो भन्ने मेरो ठम्याइ छ । जसका कारण समयमै पाठ्यपुस्तक पुग्न नसकि महिनौ बिताउनु पर्ने बाध्य त जीवित नै देख्न सक्छौ । सरकारले कक्षा १-१० लाई निशुल्क शिक्षा प्रदान गरिदै आएको स्पष्ट हो त्यसलाई स्वीकार गर्नै पर्छ तर मन्त्री ज्यू विकट क्षेत्रमा भनौ य कर्णालीमा पाठ्यापुस्तक नै नपुगी परीक्षा गर्नु पर्ने कयौ सत्य घट्नाहरु छन । के त्यस बारेमा छिटो निर्णय लिनु भएको छ ?? अनि हामीले नतिजा खोज्छौ नीजी स्कुलको जस्तै । कुर्ली कुर्ली भन्ने गर्छौ सामुदायिक स्कुलको गुणस्तर घटी रह्यो घट्न थाल्यो । शिक्षकले मिहिनेत गरेन । शिक्षक अल्छी भयो आदि इत्यादि । महोदय, म यो पनि सुझाव दिन चाहन्छु कि के शैक्षिक सत्रको सुरुमा शिक्षकलाइ दवाव मात्र दिएर शिक्षामा गुणस्तर वृद्धि होला त ?? अहिलेको खरो वा सबैको ध्यान आकर्षण भएको विषय हो नीजी र सामुदायिक स्कुल बिच भएको भिन्नता र तुलना । नीजी स्कुलको गुणस्तर बढ्दै जानु र सरकारी स्कुलको गुणस्तर खस्किदै जानुमा मुख्य दोषी शिक्षकलाइ नै देख्नु हुन्छ । हो केही हदसम्म शिक्षकको कमजोरी पनि छन । जहाँ कि वर्षौ पहिले देखि प्रवचन विधि लागू गर्दै आएका शिक्षक पनि प्रशस्तै मात्रमा भेटिन्छ्न । अहिलेको अवस्थमा नया नया तरिका अपनाएर सिकाउनुको साटो उहीँ पुरानै विधि मात्र रहेको ठाउमा कहाँबाट राम्रो नतिजाको आश गर्नु । राम्रो नतिजा आएन भनी कुर्लानुु मूर्खता बाहेक अरु केही हैन । त्यसैले शिक्षामा नयाँ सुधारको योजना सहित आउनुस हामी शिक्षक साथ दिने छौ । हैन भने उहीँ छेपारोको कथा हुन्छ नै । अनि अचेल यो साल खास गरि विशेष मन्त्रीको भाषाणमा भर्ना अभियान तिब्र रूपमा हुनुपर्छ गुणस्तरमा लाग्नु पर्छ भन्ने नै छ त्यति मात्र कहाँ हो र सामुदायिक विद्यालयको शिक्षकले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य राख्नु पर्छ । यदि नराखिएको खण्डमा तलबभत्ता निकासा नहुने यस्ता यस्तै निर्णय गाउपालिका , नगर, महानगर वा केन्द्र सम्म भयो हुदैछ भन्ने खबर हरेक दिन सुन्न र पढ्न पाउछौ । मन्त्री ज्यू , यो कदम एक हिसाबले सही पनि हो तर यसका पछाडि धेरै समस्याहरु नि देख्न सकिन्छौ । एक चोटि त्यता नि ध्यान दिने पो होकि ? सामुदायिक विद्यालयको शिक्षकको बालबच्चा आफू कार्यरत स्कुलमै राखेर पढाउन सकिन्न भन्न नि सक्दिन किन कि त्यो भन्दा अगाडि पूर्वाधार नि विचार गर्ने पो हो कि ? जागिर खानकै निम्ति कोही पूर्व त कोही पश्चिम पुगेका छन । घर पायक जागिर छैनन । विद्यालयमा आवास गृहको व्यवस्ता छैनन अनि कसरी राखू बालबच्चा आफू कार्यरत स्कुलमा ? घन्टौको उकालो ओरालो हिड्नै पर्छ तह अनुसार नजिक विद्यालय हुदैन अनि निजी विद्यालयमा बालबच्चा राख्न बाध्य हुन्छन र राख्छ्न पनि । यदि कुनै बच्चा ५ वर्षको छ उसको आमाबाको स्कुल २/३ घण्टाको उकालो ओरालो पछि मात्र पुगिन्छ भने त्यो बच्चालाई दैनिक हिडाएर त्यही स्कुल लानु पर्ने कि अन्तै नजिक निजी विद्यालयमा हाल्नु पर्ने हो ? मन्त्री ज्यू , हामी हाम्रा बालबच्चा सामुदायिक स्कुलमा राख्न वा पढाउन तयार छौ तर पहिलो शिक्षकको लागि घरपायक जागिर होस , टाढाको शिक्षकलाइ स्कुलमै आवास गृहको सुनिश्चित होस, बच्चाहरुको कक्षा उन्नति सङ्गै स्कुल पनि प्रा.वि., नि.मा.वि., मा.वि .हरुमा सरुवा हुन सकोस ताकी बच्चा र अभिभावक सङसङ्गै होस । हैन भने शिक्षकलाइ तर्साउने काम मात्र नगर्नुस । आवश्यक पूर्वाधार पूरा गर्नुस र नीजी र सामुदायिक विद्यालय बीचको अन्तर पुर्नुस । सक्नु हुन्छ निजी स्कुल हटाएर देखाउनुस । सक्नु हुन्न भने अनावश्यक तनाव शिक्षकलाइ नदिनुस । नयाँ नया प्रविधी भित्र्याउनुस हामी निजी स्कुलले भन्दा कम नतिजा दिने छैनौ । प्रत्येक वर्ष जनताको छोराछोरी भर्ना गरेको काखमा लिएको फोटो प्रचार मात्र गरेर त केही लछारपछार हुने वाला छैन । पहिला आफ्नो छोराछोरी , नातीनातिनी, सामुदायिक विद्यालयमा हालेर देखाउनुस तब हामी नि तयार हुनेछौ । हैन भने उहीँ बोलीमा मात्र सीमित नहोला भन्न सकिन्न । अन्तमा सामुदायिक विद्यालयको कतिपय भवनहरु भुकम्पले छेद विच्छेद पारिएको छ उक्त भवन निर्माणमा छिट्टै ध्यान पुगोस । बेलाबेलामा शिक्षकहरुलाइ नया प्रविधिको तालिमहरु दिइयोस । शिक्षकको मागहरुमा पुनर विचार गरियोस । भन्ने आश र अपेक्षा राख्दै विदा चाहन्छु हवस त धन्यवाद बाकी अर्को पत्रमा । रचना मोक्तान “यात्री” काभ्रे

  • शिक्षा मन्त्रीको नाममा खुल्ला पत्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0