Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेलको थप पहिचान कोसेली खरायोको मासु

प्रभातफेरी अनलाइन ७८२० पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार (७ साल अघि)
धुलिखेलको थप पहिचान कोसेली खरायोको मासु

बनेपा नगरापालिका वडा नं. ८ पिता ज्योती प्रकाश सैजु र माता इन्दिरा सैजुको कोखबाट जेठो सन्ताको रुपमा २०४० चैत्र ५ मा यस धर्तिमा आँखा उघारन पुग्नुभएको जोत्सना सैजु । जसको पारिवारिक पृष्ठभुमि नै सामाजिक सेवाको उपनामले चिनिन्छ । जहाँ कि ज्योती प्रकाश सैजु जसले सहकारीको माध्यामद्घारा समृद्घ समाज निर्माण हुन सक्छ भन्ने सन्देश दिएर गए । हो उहाँकै रगत जोत्सना सैजु पिताको त्यो महान भावनालाई आँच आउन दिने छैन भन्ने अठोटका साथ फरक पेशामा समर्पित हुनुभयो । पढाइका हिसावले घरको जेठी छोरी कम्प्युटर इन्जिनियर बनेर प्रविधिको क्षेत्रमा छुट्टै पहिचान बनाओस् भन्ने चाहना नभएका कहाँ हो र विडम्बना पिताको अल्पआयुमै निधनले बाध्यातमक स्थिति सिर्जना ग¥यो । पुख्यौली पेशालाई निरन्तरता दिनु नै तत्कालिन आवश्यकता थियो । पिता पछिको पारिवारिक नेतृत्व ग्रहण गर्नु त्यति सजिलो थिएन । पितृ सतात्मक राज्य सत्त भित्र संक्रिणताले जरा गाडेको हाम्रो जस्तो परिवेशमा जुन किसिमको साहस बटुल्न पुग्नुभयो त्यसले नै आज सफल व्यबसायिकको रुपमा स्थापित गरेको छ । जोत्सना सैजु आफैमा एउटा पहिचान बनेको छ । अब कसैको साहारा नपर्न सक्छ किनकि साहारा विहिनहरुको साहारा बन्न सफल हुनु भएको छ ।

एउटा सफल व्यबसायि संगै सामाजिक व्यक्तित्वको पहिचान बनिसकेको अहिलेको अवस्थामा धुलिखेलको थप पहिचान दिने जमर्काे लिएर अगाडी आउनु भएको छ । बजारको अभावमा धेरैको रहरमा तुसरपात भइसकेको जटिल मोडमा खरायो पालन व्यवसायको संभावना छ । यसको मासु सञ्विनी बनेर आएको छ है भन्ने सन्देश प्रवाह गर्न अहोरात्र लागि पर्नुभएको छ जोत्सना सैजु । हो उनै जोत्सना सैजु संग खरायोको मासु बजार, यसको प्रभावकारीता र गुणस्तरीयताको बारेमा प्रभातफेरी साप्ताहिक संग गरिएको कुराकानीको सम्पादीत अंश पाठक सामु पस्कने जमर्काे गरेका छौँ –स.

 तपाईले खरायोको मासुमा के देख्नुभयो र कसरी आकार्षित हुनु भयो ?

ड्ड धन्यवाद जुन विषयका बारेमा बोल्ने अवसर दिनुभयो मैले खरायोको मासुमा सिंगो जिवन देखेको छु । जुन हाम्रो शरिरका लागि अति आवश्यक चाहिने पौष्टिक तत्व खरायोको मासुमा मात्रै छ । पशु विज्ञहरुको लेख अध्ययनबाट म त्यस तर्फ आकर्षित भए मानव शरिरका लागि अति आवश्यक पर्ने “ओमेगा थ्रि” खरायोको मासुमा पर्याप्त मात्रमा पाइन्छ भन्ने थाहा पाए । त्यसकारणले नि म आकर्षित भएको हुँ ।

 खरायो पालन व्यबसाय हिजोका दिनमा त असफल व्यबसायको रुपमा दर्ज भएको होइन ?

ड्ड होला, तर त्यसको महत्व प्रभावकारीता र गुणस्तरियताको बारेमा नबुझेपछि स्वभाविक थियो त्यो अवस्था आउनु भन्ने लाग्छ । अब त्यस्तो अवस्था आउदैन किसानहरुले जति उत्पादन गर्छन सरोकारवाला निकायले त्यसको बजार व्यबस्थापन गर्ने जिम्मा लिइसकेको छ । त्यसकारण पनि अतित दोहोरिदैन भन्न चाहान्छु । किनकि क्षेत्रीय होटल एसोसियसन धुलिखेल र द हिमालय र्याबिट फर्मले आउने चुनौतीहरुको सामना गर्ने अठोट गरिसकेको छ । अब सञ्चारकर्मी मित्रहरुले खरायोको मासु प्रवद्र्घनको लागि सक्दो कलम चलाईदिएर बेरोजगार अन्तका लागि महत्वपूर्ण भुमिक निर्वाह गर्न हुनेछ भन्ने विश्वास सरोकारवाला निकायले लिएको छ ।

 हजुरले दुई वटा विषय जोड्नुभयो एउटा क्षेत्रीय होटल एसोसियसन र अर्काे बेरोजगार यि मा के तारतम्बे छ ?

ड्ड यि दुवैमा ठुलो तारतम्बे जोडिएको छ सर्वप्रथम त म क्षेत्रीय होटेल एसोसियसन धुलिखेलको सचिव हुँ । त्यसको कारण पनि खरायोको मासु खपतका लागि मेरो भुमिक महत्वपूर्ण हुन्छ र संस्थागत रुपमा सहभागी भइसकेपछि यसले सकारात्मक सन्देश प्रवाह गर्छ । अहिलेको अवस्थामा बढ्दो आन्तारिक पर्यटनलाई थप आकर्षन भनेकै खरायोको मासु उपहार, आज अन्य मासुको कारण अस्थिर हुन पुगेको हाम्रो जीवनको रक्षा गर्नका लागि पनि खरायोको मासु सञ्विनी सावित भएको छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ । खरायोको मासुमा पाइने पौष्टीक तत्वले हाम्रो शरिरको आवश्यकता पुरा गर्ने छ । तपाईलाई जुनसुकै रोगले आक्रमण गरेपनि खरायोको मासु सञ्जिवनी भएर आउनेछ भन्ने विश्वास दिलाउनुछ । त्यो दायित्व क्षेत्रीय होटल एसोसियसन धुलिखेलको दायित्व भित्र पर्दछ ।
सवाल बेरोजगारको अत्यन्तै सानो पूँजीबाट व्यबसाय सुरु गर्न सकिन्छ । न त कुनै चुनौती नै आउँछन् न त कुनै समस्या नै आउँछ मात्रै केहि गर्छु भन्ने चाहना भएका व्यबसायमा लाग्नेहरुका लागि यो सुनौलो अवसर हो । यथार्थमै भन्नुपर्दा बेरोजगारी भएर छटपटिएको घाउमा मलमपट्टि यो व्यबसायले लगाउनेछ । न त ठुलो धन राशिको खाँचो पर्छ ∕ सामान्य रुपमा घरबारीको घाँस तरकारीका टुक्राटाक्री, भान्छाको जुठोपुरो बाटै व्यबसाय सुरु गर्दा हुन्छ । अब भन्नुस के चाहना भए बेरोजगार अन्त्य हुन्न ? राज्यले यस व्यवसायका लागि ठुलो धनराशी छुट्याएको छ, व्यवसायिले स्किम लिएर पशु कार्यालय सम्म जाँदा हुन्छ । व्यवसायको सपना सहज रुपमा पूरा हुन्छ । तर व्यवसाय नाम मात्र धारण गरेर जानु भयो भने निराश भन्दा अरु हात लाग्दैन । मैले भन्न खोजको आजकाल झोलामा व्यवसाय बोकेर हिड्नेहरु पनि बाक्लै भेटिएका छन् त्यस तर्फ इंकित गर्न खोजेको हुँ अन्यथा नलिनुहोला ।

 हजुरले भनेको सुन्दा त कलम छोडेर व्यवसायतिर लागौँ कि भन्ने उर्जा दिनुभयो खास यस भित्रको राज चाहि के छ ?

ड्ड तपाईले मलाई भन्न बाध्य नै पार्नुभयो म आफै आँखा सम्बन्धी समस्या ग्रस्त रोगी हुँ मैले माछाको तेल बाट बनाइएको “ओमेगा थ्रि” नामक तत्व नियमित सेवन गर्नुपर्छ । त्यो प्राकृतिक रुपमै खरायोको मासुमा प्रशस्त मात्रमा पाइन्छ भन्ने अध्ययनबाट थाहा पाए । त्यसबाट मलाई यस सम्बन्धी चासो बढ्यो । म जस्तै पिडीत कति होलान् सबैको पहुँच विदेशबाट आयत गरेर ओमेगा थ्रि खरिद गरेर उपचार गर्न संभव पनि नहोला त्यसैले मैले यो अभियान सुरु गरे । उहाँहरुका लागि यो अभियान अनुकरणिय हुन सकछ भनेर विश्वास राखेको छु । यथार्थमा भन्नुपर्दा खरायोको मासु गर्भपति महिला क्यान्सर पिडित मधुमेहका रोगी मुटुका रोगी लगायतका व्यक्तित्वहरुका लागि अत्यन्तै स्वाथ्यबर्धक छ । खरायोको मासुमा सहजै रुपमा हाम्रो घर आँगनमै प्राप्त हुने चिज हो । यसको बारेमा यथष्ट जानकारी नहुदा हामी भौतारिएका थियौ तसर्थ यो अभियान मनासिब सम्झेर खरायोको मासुको हबका रुपमा धुलिखेललाई विकास गर्नु गराउनु जरुरी ठानेको छु ।
 अब अलिकति प्रशंग बदलौ, तपाई सामाजिक सेवामा समर्पित पृष्ठभुमि भएको व्यक्तित्व एकाएक व्यवसायमा चम्किनु भयो कसरी ?

ड्ड हो म अहिले पनि दर्जनौ मानविय र व्यवसायिक एक संघ संस्थामा आवद्घ छु । जस्तो रोटरी क्लब अफ धुलिखेल महिला उद्यमी संघ, साहारा बालगृह, धुलिखेल उद्योग वाण्ज्यि संघ, धुलिखेल वातावरण तथा पर्यटन संघ, यात्री पर्यटन संघ लगायतका संघ संस्थामा क्रियाशिल छु । मैले अघि नै माथि उल्लेख गरे जस्तो लाग्छ सुरुमा मेरो लागि व्यवसाय बाध्यता बनेर आएको थियो । घरको जेठो सन्तान जिम्मेवारी सम्हालनुको विकल्प थिएन बहिनीहरु सानै थिए । जसको कारण भक्कानिएको छाती सम्हाल्ने विकल्प बन्यो व्यवसाय । फेरी पनि मानविय भावना बाट म पछि हट्ने छैन भन्ने अठोट संगै लिएर आएको हुदाँ अहिले यो पहिचान बन्यो यसको सबै श्रेय पिता ज्योती प्रकाश सैजुलाई जान्छ । उहाँको समाज रुपान्तरण प्रतिको झुकाव नै आजको मेरो पथ प्रदर्शक हो । व्यवसाय बाट बचेको केहि रकम मानविय सेवाका समर्पण गर्दै आएको छु । त्यसैले नि मलाई सन्तुष्टी मिलेको छ । जसकोे कारण म यो सेवाबाट बाहिरिन सक्दिन यो मेरो प्रण हो ।
 अन्तमा हजुरलाई केही थप्न मन लाग्छ भने खुलाइदिनुहोला ?

ड्ड खासै त्यस्तो त छ जस्तो लाग्दैन प्रथम त प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनलाई धन्यवादका पात्र हुनुहुन्छ । मेरा अभिव्यक्तिहरु समग्र पाठक सामु पस्किदिनुभयो । धुलिखेलको थप पहिचान खुलाउने मौका मिल्यो । सवाल छुटेका कुराका बारेमा–हिजो सम्म धुलिखेल पर्यटकिय हबका रुपमा स्थापित थियो अब पर्यटन संगसंगै स्वस्थ स्वाथ्यको आहाराका लागि पहिचान दिन खोज्दै छ त्यसका लागि काभ्रेको गौरव धुलिखेलको विकासमा पर्यटनको ठुलो महत्व छ भन्ने पुष्ठि त विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकको अगमणले दर्शएको छ । त्यसको व्यबस्थापनका लागि सम्पूर्ण होटेल व्यवसायिहरुले ऐक्यबद्घता जाहेर गरेर धुलिखेलको पहिचान कोसेलीको रुपमा खरायोको मासु भन्ने सन्देश प्रवाह गर्न आवश्यक देखेको छु । यो पुणित कार्यका लागि आ–आफ्नो स्थानबाट उठौँ र जुटौँ भन्न चाहान्छु–धन्यवाद ¤

  • धुलिखेलको थप पहिचान कोसेली खरायोको मासु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0