Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँच पाण्डबले जुवा खेलेकै कारण पाँचखाल नाम रहेको हो, दुग्धेश्वर महांदेब धनी हुनुहुन्छ तर गुठीको जग्गा व्यक्तिकोमा

प्रभातफेरी अनलाइन ८३७८ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार (७ साल अघि)
पाँच पाण्डबले जुवा खेलेकै कारण पाँचखाल नाम रहेको हो, दुग्धेश्वर महांदेब धनी हुनुहुन्छ तर गुठीको जग्गा व्यक्तिकोमा

बाजुराम गिरी
अध्यक्ष
बाग्मती फोहोर उन्मुलन उपभोक्ता अभियान समाज

सिन्धुपाल्चोक जिल्लाको साबिक साँगाचोक गाउँपञ्चायत वडा नं ९ पानीचौर हालको चौतारा साँगाचोक गडी नगरपालिकाको रमणिय स्थलमा पिता लोकवहादुर गिरी तथा माता ललित कुमारी गिरीको कोखबाट २००३ साल बैशाख २ गते जन्मनु भएका बाजुराम गिरी बाल्यकालबाटै सामाजिक तथा धार्मिक कार्यमा रुची राख्ने उहांका सहपाठीहरुको भनाई रहेको छ । निडर साथै हक्की स्वभावका गिरीले आफ्नो मामाघर पाँचखालमा बसेर सर्वमंगला माध्यमिक विद्यालयबाट शिक्षालाई अगाडी बढाउनु भयो । पाँचखालमा अध्ययन गर्ने क्रममा कर्मथलोको रुपमा लिदै घर जग्गा खरिद गरी बसोवास गर्दै गर्दा सामाजिक कार्यमा अग्रसर रहंदै पाँचखालमा रहेको ऐतिहासिक एवं पुरातात्वीक मंदिरहरुको संरक्षण गर्ने कार्यमा क्रियासिल रहंदै आउनु भयो ।
धार्मिक कार्यमा धेरै रुची राख्ने गिरीले दुग्धेश्वर (शिव मंदिर) को २०६१ सालमा पुनर निर्माण गर्दै पुरातात्वीक महत्वको बिषयमा अध्ययन गर्नु भएको थियो । दुग्धेश्वर शिव मंदिर व्यवस्थापन समितिको संस्थापक अध्यक्षको रुपमा रहि मंदिर पुन निर्माणमा ठुलो भूमिका निर्वाह गर्नु भएका गिरिले सोही मंदिरसम्म जाने सडक निर्माणको कार्य गर्नसमेत सफल हुनु भएको थियो । त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ३ मा पर्ने थुम्की कालीदेवी मंदिर व्यवस्थापन समितिको संस्थापक अध्यक्ष, पाँचखाल रामपुरमा रहेको पाँचकन्या मंदिर व्यवस्थापन समितिको संस्थापक अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै उक्त दुवै मंदिर पुनर निर्माण कार्य सम्पन्न गर्नुभयो ।
धार्मीक कार्यहरुको निरन्तता दिदै जाने क्रममा व्यक्तिगत रुपमा सप्ताह, महांरुद्री, नवाह समेत गरी १८ वटा यज्ञ गरी सक्नु भएका गिरीको हाल बसोबास काठमाडौमा रहेको छ । पाँचखालमा रहेको आफ्नो घरमा जाने क्रममा दुग्धेश्वर महांदेवको दर्शन गर्न जाँदा आफ्नै नेतृत्वमा पुनर निर्माण भएको मंदिर ०७२ सालमा आएको विनासकारी महांभूकम्पले क्षति पु¥याएकोले मर्मत साथै मंदिर हातामा आवश्यक ६४ शिव लिंगको स्थापना समेत आवश्यकता महसुस गर्दै सामुहिक सप्ताह लगाउने बिषयमा छलफल गरी मंदिरमा रंग रोगन तथा व्यवस्थापनको लागि १ लाख ५० हजार सहयोग गरी कार्य सुरु गराउनु भएको थियो । सोही क्रममा मंदिरमा रंग रोगन गर्ने क्रममा रंग लगाउंदै गरेका मजदुर मंदिरको माथिल्लो भागबाट लड्दा सख्त घाईते भएकोमा सो घाईतेको उपचारको लागि व्यक्तिगत रुपबाट खर्च गरी उपचार समेत गराउनु भएका गिरी वामदेव गौतमको अध्यक्षतामा गठित किसान महांसंघको केन्द्रिय सदस्य र रामविर पासवानको अध्यक्षतामा गठित भूमिहिन सुकुम्वासि संगठनको केन्द्रिय सदस्य समेत रहनु भएका गिरीसंग ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश..।

 


तपाईले पाँचखालमा रहेको दुग्धेश्वर मंदिरमा सामुहिक सप्ताह लगाउने कार्यको प्रमुख भूमिका निर्वाह गर्नु भएको भन्ने सुन्नमा आएको छ , यसरी सामुहिक सप्ताह लगाउनाको प्रमुख उद्देश्य के रहेको छ ?

मेरो जन्म घर सिन्धुपाल्चोकको साबिक साँगाचोक गाउँपञ्चायत वडा नं ९ पानी चौर हो । मेरो मामाघर पाँचखालमा भएकोले बाल्यकालबाटै मामाघरमा बसे र पाँचखालमा रहेको सर्वमंगलाबाट शिक्षाको सुरुवात गरे । पाँचखालमा मामाघर भएको साथै पाँचखालबाटै शिक्षाको सुरुवात गरेकोले पाँचखालको सारै माया लाग्छ । त्यसैकारणले पाँचखालमा पनि घर जग्गाको व्यवस्था गरे । मेरो वालक कालदेखीको कौतुहल्ता पाँचखाल भन्ने नाम कसरी रह्यो ? पाँचखालको प्रमुख बिषेशता के के छ भन्ने बिषयमा चासो थियो । सोही खोजिकै क्रममा पाँचखाल ऐतिहासिक महत्वको स्थान रहेको जानकारी भयो । यस ठाउंमा दुग्धेश्वर महांदेव, पलाञ्चोक भगवती, पाँचकन्न्याँ मन्दिर, कालीदेवी लगाएतको ऐतिहासिक एवं पुरातात्वीक महत्व भएको मठ मन्दिरहरु रहेको पाय ।

पाँचखाल भन्ने नाम कसरी रह्यो भनेर खोज्ने क्रममा सत्य युगमा शतिदेविले यज्ञकुण्डमा हामफलेर आत्महत्या गरेपछी भगवान महांदेवले शतिको मृत आत्मालाई बोकेर हिड्ने क्रममा पाँचखालको हाल दुग्धेश्वर मन्दिर रहेको स्थानमा आर्यपुग्दा स्तनको छाला र दुधको धारा पतन भएको र सो दुध पिपको रुपमा वगेर पोखरी बनेको भन्ने उल्लेख भएकोले पुनर निर्माणको क्रममा पोखरीको निर्माण गरएिको छ । सोही स्थानमा आएर पाँच पाण्डबले तपस्या गर्दै जुवा खेलेकोले पाँचखाल नामा रहेको पुरातत्व बिभागको अभिलेखमा उल्लेख भएको पाईन्छ । अभिलेख अनुसार आज भन्दा ९ सय बर्ष अगाडीबाट सो स्थानमा दुग्धेश्वर महादेवको स्थापना भएको उल्लेख रहेको छ । त्यस्तो ऐतिहासिक महत्व रहेको मंन्दिरको अवस्था जिर्ण रहेकोले सो मंन्दिरको व्यवस्थापन गर्न साथै मंदिरको महत्वको बारेमा सवैलाई जानकारी गराउन आवश्यक ठानी सप्ताहको आयोजना गरेको हो ।

तपाईको नेतृत्वमा निर्माण भएको दुग्धेश्वर शिव मंदिर व्यवस्थापन समितिले पुनर निर्माण कसरी गनु भयो ? मंन्दिर निर्माण गर्नुको पछाडी कुनै स्वार्थ थियो की ?

मेरो पुर्खादेखिका सन्तान हिन्दु धर्म प्रती बढी केन्द्रीत हुनुहुन्थ्यो त्यसैको प्रभावले गर्दा म पनि हिन्दु धर्म प्रति बढी आस्था राख्थे सोही कारणले गर्दा मंन्दिरको संरक्षण गर्ने मन लाग्यो । मंन्दिरको पुनर निर्माण गर्नुमा मेरो केही स्वर्थ थिएन । बाल्य कालमा यहि हुर्केर मामाघर यहां भएको कारणले गर्दा । मलाई मामा र हजुर्वुवाहरुले बढी माया गरेर मलाई यहां ल्याएर राख्नु भयो । जुन ठाउंमा हुर्के बडे त्यो ठाउको माया धेरै लाग्दो रहेछ । मेरो पुर्खादेखीनै धर्म प्रती धेरै आस्था राख्ने भएको हुनाले हिन्दु संस्कार प्रति मेरो पनि झुकाव रह्यो त्यसैले मंन्दिरको व्यवस्थापन गर्ने मन जाग्यो । पुरातत्व विभागका कोषप्रसाद आचार्यको सिफारसिमा अर्थ मन्त्रालयबाट २० लाख उपलब्ध भयो सोही र विष्णु थापा नामका डिभिजन ईन्जिनियरले डिजाइन गरेको आधारमा निर्माण गरीयो । मेरो अध्यक्षतामा वनेको समितिमा मेजर आसिम पालुङ्गा, इनिस्पेक्टर लोकदर्शन थापा, जिल्लाबिकासका सुब्बा मुकुन्द, मालपोत सुब्बा, रेन्जर कार्यालयका रेन्जर, हुलाक प्रमुख समेतको सदस्यतामा काम अगाडी बढाएका थियौं । उपलब्ध भएको रकमबाट अपुगमा भाई साथीसंग हार गुहार गरेर मंन्दिर पुनर निर्माण गरे । सो समय माओवादी द्वन्दको समय थियो, मंन्दिर निर्माण गर्ने बिषयमा माओवादी साथीहरुले जंगलमा बोलाएर अलि दुःख दिनुभयो । सहयोग माग्ने काम भयो मैले मंन्दिर निर्माणको कार्यमा कसरी सहयोग दिने भन्दै आसु खसाल्नु प¥यो । निर्माणको नाममा आएको रकमको प्रतिशत बुझाएर चित्त बुंझाय ।

बिशेष गरेर दुग्धेश्वर मंन्दिर ऐतिहासिक छ यो ठाउमा केही गर्नु पर्छ भनेर विगतदेखी लाग्नु भएको थियो, यसको इतिहासको बारेमा कसरी जानकारी भयो तपाईलाई ?

दुग्धेश्वर महांदेवको मंदिरमा पहिला बच्चा अवस्थामा आउंदा एउटा सानो माटोको छाप्रो देखिन्थ्यो । त्यतिखेर हामी बस्तु चराउन आउथ्यौं जुन ठाउं जंगल नै जंगल थियो । पछि स्थानियहरुले काँडा काटेर सरसफाई गर्दै सामुहिक बर्तमान गराउने कार्य गरेको देख्थे । पछि म अलि ठुलो भएपछि दुग्धेश्वर महांदेवको सम्झना आयो र २०६१ साल बैशाख १ गते पारेर दर्शन गर्न मंन्दिरमा गए । ०३२ सालमा पाँचखालमा जग्गा किनेर वसोवास गर्दै आएको थिए पाँचखालको पुरानो बजारमा आफ्नो घर भएको र घरबाट नजिकै पर्ने मंन्दिरमा दर्शन गर्न मन लागेर गएको थिए । बच्चा अवस्थामा खेल्ने बेलाको भन्दा पछिको पहिलो दर्शन थियो मेरो । जव महांदेवको मंदिर हेरे जिर्ण अवस्थाको देखदा मन खिन्न भयो । मंदिरको बिषयमा पुरातत्व विभागमा गएर डिजि कोषप्रसाद आचार्यसंग भेटेर मंदिरको बारेमा बुझ्दा डिजि आचार्यको निर्देशन अनुसार कर्मचारीले तीन दिन खोज्दा अभिलेख फेला परेको थियो ।

मंदिर सम्म जाने सडक निर्माण पनि गर्नुभएको भन्ने सुनियो सो समयमा सडक निर्माणको लागि व्यक्तिको जग्गा मास्दा बिवाद आएन ?

मेरो अध्यक्षतामा बनेको समितिले बाटो निर्माणको कार्य सुरु गरेउ । कृषकको खेतियोग्य जमिनबाट सडक निर्माण गर्ने कार्यमा कृषकहरुले झगडा गर्दै मलाई कुट्न आए । मंन्दिर सम्म जाने बाटो निर्माणको लागि प्रहरी र सेनाको साथ लिएको थिए जसका कारण कृषकहरुले कुट्न आउंदा मलाई संरक्षण भयो । बाटो खुलाउने कार्य भयो तर ग्रावेलको आवश्यक भयो जिल्ला विकास कार्यालयमा यदुवंश शाह सभापति हुनुहुन्थ्यो उहांकै पहलमा सहयोग हुंदा ग्रावेल गर्ने कार्य भयो । बाटो र मंन्दिर पुनर निर्माण सम्पन्न गरेपछी महांयज्ञ गरीयो । महांदेव ठुठिको नाममा करिव ३ सय रोपनि जग्गा रहेछ तर १६ साखमा “क” विर्ता र “ख” बिर्ता भन्ने रहेछ नापिको समयमा महांदेवको नाममा नानी गराउने मानिसको अभावमा मोहीले आफ्नै नाममा जग्गा दर्ता गराएछन् र कतिपय बनको नाममा दर्ता भएको रहेछ । जसको कारण महांदेव धनि हुनुहुदो रहेछ तर गुठिको जग्गा व्यक्तिकोमा हुदा हाल कुनै जग्गा छैन ।

पुनर निर्माणको क्रममा उपलब्ध भएको रकम पुरै सकिएको थियो कि वचेको थियो ?

सरकारी निकाय र साथीहरुसंग हार गुहार गर्दै मंन्दिर र मंन्दिर सम्म जाने सडक र शतिदेविको दुधको धारा बगेर बनेको पोखरी समेत निर्माण गरी वचेको १ लाख २५ हजार मंदिर नयां व्यवस्थापन समिति गठन गरी जिम्मा लगाएको थिए । मैले मंन्दिर र सडक बनाएको बाहनामा तत्कालिन माओवादीले दुःख दिएपछि काठमाडौं जान बाध्य भए । त्यसैकारणले गर्दा साधारण सभा गरी रामहरी गिरीको नेतृत्वमा नयाँ समिति गठन गरी जिम्मा लगाएको थिए । धेरै समयपछि मंन्दिर दर्शन गर्न जाँदा मंन्दिरको अवस्था देखेर दिक्क लाग्यो अनि बर्तमान अध्यक्ष लगाएत स्थानियहरुसंग सल्लाह गरेर सप्ताह लगाउने अठोट लिएको हो । सप्ताह हिजो समाप्ति भयो दानविरहरुले राम्रो दान गर्नु भएको छ, खर्च कटाएर बचेको रकमले मंन्दिरको संरक्षण हुन्छ । साथै मंन्दिरको भत्किएको ठाउहरु मर्मत गर्न काठमाडौ बाट कालिगड झिकाएर व्यक्तिगत लवगानिमा काम गर्न लगाय । रंग लगाउंदा लगाउंदै मिस्त्रि लडेर विरामि भए उनको उपचारमा ५२ हजार व्यक्तिगत रुपमा खर्च गरे । सप्ताह निर्माणको थालनिको लागि बर्तमान समितिलाई १ लाख ५० हजार दिएको थिए ।

के पाँचखालको नाम पाँचखाल रहनुको कारण ९ सय बर्ष अगाडी पाँच पाण्डवहरुले जुवाको खाल चलाएकै कारणले रहन गएको रहेछ ?

शतिको छाला र दुधको धारा पतन भएपछि उत्पति भएको महांदेवको तपश्या गर्न आएका पाँच पाण्डबहरुले जुवाको ५ वटा खाल चलाएकोले यो पुण्यभूमिको नामा पाँचखाल रहन गएको रहेछ । त्यसैगरी यो पुन्यभूमिमा लिक्ष्छवि वंशिहरुले राज्य गरेको ठाउ, किराति राजाहरुले राज्य गरेको ठाउं रहेछ । किराती राजाहरु गर्मीमा भोटमा जाने र हिउंदमा यस ठाउमा आएर राजकाज चलाउने गर्दा रहेछन् । कनैया (चनौटे) भन्ने स्थानमा राजधानी बनाएको पाईयो । अहिले पनि पाँचखालको हलौडे भन्ने ठाउमा पुराना लिक्ष्छवीकालिन इट्टाहरु पाइन्छ । हलौडमा रहेको हाल तिलकबहादुर दनुवारको नाउमा रहेको जग्गानै त्यतिखेरको राजाहरु बस्ने ठाउं रहेछ । पाँचखाल भन्ने स्थान वास्तबमै उत्कृष्ठ स्थान हो, तर पौरानीक प्रतिभाहरु लुकी रहेको छ । यस्ता लुकेर बसेको प्रतिभालाई अगाडी बढाउने हो भने अति उत्कृष्ठ ठाउं जुन ठाउंमा पुग्ने वित्तिकै आत्मा सनतुष्टि हुने स्थानको रुपमा रहन्छ ।

पाँचखालको परिचय साथै दुग्धेश्वर महांदेवको महत्वको वारेमा चौतर्फी जानकारी गराउने उद्देश्यले सप्ताहको आयोजना गरेको बताउनु भयो, भावि दिनमा मंदिरको संरक्षणको लागी के कस्तो भूमिका निर्वाह गर्नु हुन्छ ?

यति धेरै महत्व रहेको महांदेवको वारेमा सवैतिर जानकारी नहुंदा ओझेलमा परेको छ । यस्को बिषयमा स्थानिय तहको चासो हुन जरुरी रहन्छ , नगरका मेयर महेश खरेलले पनि मंदिरको संरक्षण र महिमाको बिषयमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्थानियहरु पनि सकृय ढंगबाट लाग्नु भएको छ, त्यतिमात्र नभई यहांको शक्तिको रुपमा रहेको थुम्कि कालिमाई हुनुहुन्छ ,सो महांदेवको शक्तिपिठ भनेर मानिने कुरा पुरातत्व विभागमा उल्लेख भएको पाईन्छ । सो ठाउंमा मंन्दिर वनाउने भन्दै खन्दा धुवां आयो अनि चासो वढ्यो के रहेछ भनि पुजा गरे । स्थानियहरुका अनुसार सो ठाउंमा सेउला काट्दा हात खुम्चने बाघ आएर सो ठाउंमा सुत्ने भन्ने भनाई आएपछि बुझ्ने काम भयो । त्यसठाउंको माटो ल्याएर सिरानमा राखी सुत्दा साक्षात भगवानी देवी प्रकट भएको सपना आयो । त्यसैकारणले आफ्नै व्यक्तिगत लगानीमा मंदिर वनाउने काम गरे ।

तपाई हिन्दु धर्म प्रति धेरै आस्था राख्ने व्यक्ति हुनुहुदो रहेछ, हाल सम्म के कती यज्ञहरु गर्नु भयो ?

२०३२ सालबाट धार्मीक यज्ञ गर्ने सुरु गरे , जुन पहिलो कार्य थियो दालालघाट महांदेव मंदिरमा महांरुद्री लगाए । त्यसैगरी शिव पुराण तीनवटा, सिन्धुपाल्चोक जिल्ला साँगाचोक थुमका बच्छला माईको मंदिरमा तीनवटा नवाह, विराटनगर काली मंदिरमा नवाह लगाय, पशुपति मंदिरमा शिव पुरान, काठमाडौंमा रहेको तिनकुनेमा रहेको घर , सिनामंगलमा रहेको घर र गौशालामा रहेको घरमा गरी तीनवटा सप्ताह लगाय । दुग्धेश्वर महांदेव मंदिरमा महांरुद्री समेत गरी १८ वटा यज्ञ गर्न सकेको छु ।

  • दुग्धेश्वर महांदेब धनी हुनुहुन्छ तर गुठीको जग्गा व्यक्तिकोमा
  • पाँच पाण्डबले जुवा खेलेकै कारण पाँचखाल नाम रहेको हो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0