Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली मानवीय पूँजी सम्बन्धमा काभ्रे सेवा समाज

प्रभातफेरी अनलाइन ५८६४ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
काभ्रेली मानवीय पूँजी सम्बन्धमा काभ्रे सेवा समाज

–केशव थापा

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ को मौलिक हक र कर्तव्यसँग संबन्धित धारा ३३ को उपधारा (१) ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुने भनी उल्लेख गरेको छ । यसरी संविधानले राज्यलाई सकेसम्म नागरिकहरुलाई रोजगारी दिन र रोजगारी दिन नसकेको असामान्य अवस्थामा बेराजगारी सहायता उपलब्ध गराउनुपर्ने व्यवस्था गरी बढीभन्दा बढी जनउत्तरदायी र लोककल्याणकारी बनाउन प्रयास गरेको देखिन्छ । संविधानको मर्मानुरुप राज्य जनताप्रति उत्तरदायी भयो भने स्वतः जनता पनि राज्यप्रति बढी नै उत्तरदायी र कर्तव्यनिष्ट हुन पुग्छन् । संविधानको सोही धाराको उपधारा (२) ले नागरिकहरुलाई आफ्नो रुची, योग्यता र क्षमता अनुरुपको रोजगारी छनौट गर्न पाउने स्वतन्त्रता पनि प्रत्याभूत गरेको छ । यस उपधाराले नेपाली नागरिकलाई बलजफ्ति राज्य निर्देशित रोजगारीमा नभएर आफ्नो चाहनाको क्षेत्रमा उन्मुक्त भएर काम गर्न पाउँने अवसरको पनि सुनिश्चित गर्न खोजेको देखिन्छ ।

२. नेपालको संबिधानको धारा २४३(१) ले निजामती सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेदवारको छनौट गर्ने परीक्षाा सञ्चालनको पूर्ण जिम्मा लोक सेवा आयोगलाई दिएको छ । त्यसरी नै संविधानको धारा २४३(२) ले निजामति सेवाको पद बाहेकका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाहरुको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले लिने व्यवस्था गरी परिणाममा निष्पक्षताको प्रत्याभूति गरेको छ । सोही धाराको स्पष्टीकरण खण्डले संगठित संस्थालाई विश्व विद्यालय र शिक्षक सेवा बाहेकका पचास प्रतिशत वा सोभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति वा संघीय कानुन बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संस्था भनी परिभाषित गरेकोछ ।

३. करीब विगत सात दशकदेखि समयसापेक्ष प्रविधियुक्त वैज्ञानिक पद्दतिबाट निष्पक्षरुपमा उत्कृष्टमा पनि सर्वाेत्कृष्ट उम्मेदवार छनौट गर्ने कार्यमा लोकसेवा आयोग नेपालको अति विश्वसनीय, सम्मानित र विवादरहीत संबैधानिक निकायको रुपमा स्थापित हुन सकेको छ । यही कारणले गर्दा नै लोक सेवाको परीक्षा उत्तीर्ण गरेर सेवामा प्रवेश गर्ने व्यक्तिहरुलाई देश समाजले विशेष मर्यादा र सम्मान प्रदान गरेको हो । केही दशक यता आएर नेपालका संस्थागत विद्यालयहरुको बढ्दो अङ्ग्रेजी मोह र जानान्जनमा विद्यार्थीहरुलाई नेपाली भाषामा कमजोर बनाउने उपक्रम र सामुदायिक विद्यालयहरु गुणस्तरप्रति सचेत नरहने कारणले गर्दा स्थायी सरकारको रुपमा देश र जनताप्रति सकारात्मक योगदान गर्न सक्ने कतिपय मेधावी प्रतिभाहरु लोक सेवाको परीक्षालाई हाउगुजीको रुपमा लिई यसबाट यो वा त्यो बहानामा पन्छन खोजेको देखिन्छ । समृद्ध नेपाल निर्माणको लागि यो सुखद् विषय होइन । पछिल्ला दिनमा आएर लोकसेवाले अंग्रेजी विषयमा पनि परीक्षा दिन पाइने व्यवस्था गरेता पनि स्थायी सरकारको रुपमा काम गर्ने कर्मचारीहरु सरकारी कामकाजको भाषामा निपुण नै हुनुपर्ने तथ्यमा विवाद गरिरहनु पर्ने देखिदैन ।

४. देशका प्रत्येक नागरिकले सहज जीवनयापन र सामाजिक मर्यादाको लागि संभव भएसम्म अनेकानेक संभावनाले परिपूर्ण उपल्लो तहको सम्मानित रोजगारीको अवसरको चाहना राख्नु अस्वभाविक होइन । नेपालको सन्दर्भमा निजामती सेवा, सैनिक सेवा, प्रहरी सेवा, बैंक तथा वित्तीय सेवा, संस्थान, शिक्षण, स्वास्थ सेवाको जागिरलाई सम्मानित र सुरक्षित रोजगारीमा गणना गरिन्छ । सेवा रहुन्जेल प्राप्त सुविधा सहुलियत अवसरका अतिरिक्त सेवा निवृत्ति पछि पनि तोकिएको व्यवस्था अनुसार पाइने निवृत्तिभरण वा उपदानको कारणले पनि सर्वसाधरणको यी प्रतिको आकर्षण बढेको हो । नेपालको सन्दर्भमा त निजामती सेवाको जागिरलाई सापेक्षिकरुपमा बढी सम्मानित, सुरक्षित र अपार संभावनाले परिपूर्ण जागिर मानिन्छ । लामो राजनीतिक सङ्क्रमण, फस्टाउँदा दण्डहिनता, नैतिक मूल्यमान्यतामा आएको ¥हास, भौतिक सम्पन्नता एक मात्र सामाजिक पहिचान र प्रतिष्ठताको आधार बन्दै गएको अस्वभाविक र अनपेक्षित परिवेश, महँगो निर्वाचन पद्दतिको कारण राजनैतिक नेतृत्व स्वयम्ले नै यदाकदा कर्मचारीलाई अनियमित कामको लागि उक्साउने प्रवृत्ति, काममा ढिलासुस्ती, आफूलाई राष्ट्र सेवकभन्दा शासकको रुपमा प्रस्तुत गर्ने प्रवृत्ति आदिले सरकारी कर्मचारीप्रति नेपाली जनताहरुको बढ्तै वितृष्णा भएता पनि थोरैमात्र सुधार गरेर जन अपेक्षा अनुरुपको तुल्याउन सक्ने हो भने रोजगारीको दृष्टिकोणले बढी सम्मानित र सुरक्षित भने यही नै हो । तर, रोजाई भने रुची अनुसार आ–आफ्नो हो ।

५. अनेक अनुकूलता र सहजताको वाबजुद पनि अन्य जिल्लाहरुको तुलनामा काभ्रेली शिक्षित युवाहरुको उपर्युक्तानुसारको सेवा प्रवेशमा किन हो बढी अनिच्छा रहेको देखिन्छ । कसैले लहैलहै परीक्षाफर्म भरि नै हाले पनि आत्मविश्वासका साथ तनमनले समर्पित भएर प्रतिष्पर्धामा सामेल भएको पाँइदैन । सामेल भएका पनि पहिलो पटक अनुत्तिर्ण हुनासाथ निराश भई दोहो¥याएर फेरि परीक्षा दिन इच्छुक भएको पाँइदैन । रोजगारीकै विषयमा नेपालको संविधानले समानुपातिक समावेशी र सहभागितामूलको सिद्धान्तको परिपालनाको लागि महिला लगायतलाई गरेको विशेष व्यवस्थाबाट पनि काभ्रेलीहरुले वाञ्छित लाभ उठाउन सकेको देखिदैन । यिनै पृष्ठभूमिमा काभ्रे सेवा समाजले स्थापनाकालदेखि नै आधुनिक, विकसित र समृद्ध काभ्रेको लागि मानवीय पुँजीको विकासमा अधिक जोड दिनुपर्ने मान्यता अगाडि सार्दै सोही अनुरुप कर्म गर्दै आई रहेको छ । काभ्रे सेवा समाज चाहन्छ कि सकेसम्म शिक्षित र सक्षम युवाहरुले पर्याप्त अध्ययन विश्लेषणसहित व्यक्तिगत तथा सामुहिकरुपमा उद्यमशीलतातर्फ आकर्षित भई स्वरोजगारको सम्मानित र स्वाभिमानी पेशा रोजी रोजगारदाता बन्न सकून ।

६. जोखिम वहनको आँट र रुची नभएका तथा अनेकानेक कारणले स्व–व्यवसाय गर्न असमर्थ तर क्षमतावान धेरैभन्दा धेरै काभ्रेली शिक्षित युवाहरु माथि उल्लिखित सेवातर्फ आकर्षित भई उपल्लो पदमा पुगेर सहज र सम्मानित जीवन बाँच्दै राष्ट्र सेवामा उल्लेख्य योगदान गरी काभ्रेपलाञ्चोक जिल्लाको प्रतिष्ठा बढाउन सकून भन्ने काभ्रे सेवा समाजको हार्दिक चाहना रहेको छ । उल्लिखित सेवाहरुमा माथि चर्चा गरिएझै सम्मानित लोक सेवा आयोगले उत्कृष्टमा पनि सर्वाेत्कृष्ट उमेदवारको छनौट गर्ने भएकोले सफलताको लागि पर्याप्त सूचना र जानकारीसहित धेरै मिहिनेत र दृढ अठोटको आवश्यकता पर्दछ । तसर्थ, इच्छुक व्यक्तिहरुले संबन्धित संस्थाहरुको वेवसाइट, गोरखापत्र राष्ट्रिय दैनिक (वुधवारको अनिवार्य), युवामञ्च मासिक, आइतवारको नयाँपत्रिका राष्ट्रिय दैनिक, राजधानी राष्ट्रिय दैनिक (लोक सेवा आयोग विशेष), को नियमित अध्ययन गरी आवश्यक जानकारी हासिल गर्नुपर्छ । परीक्षा तयारीका लागि खुलेका प्रतिष्ठित संस्थाहरुले सञ्चालन गर्ने कोचिङ्ग कक्षाबाट लाभ उठाउन सकिन्छ । विद्यालय तथा कलेजका अध्यापक गणहरुले इच्छुक छात्रछात्राहरुलाई यसका निमित्त आवश्यक प्रोत्साहन र प्रेरणा प्रदान गर्नु मनासिव हुन्छ । आफूले आवेदन दिने पदको लागि तोकिएको पाठ्यक्रमको बारेमा स्पष्ट भई सोही अनुरुपका पाठ्यसामाग्री संकलन गरी नोट बनाएर पढ्ने, परीक्षा उत्तीर्ण गर्न सफल व्यक्तिसँग सम्पर्क गरी आवश्यक राय परामर्श र मार्गनिर्दशन प्राप्त गर्ने, अध्ययनका साथसाथै छिटो र शुद्ध लेखनकलाको विकास गर्दा निश्चय नै सफलता धेरै परको विषय होइन । अन्यत्रकाले सक्ने काभ्रेलीले नसक्ने भन्ने होइन । खाँचो छ केवल लक्ष्य चुम्ने एकलव्य निष्ठाको । काभ्रेली कुनै पनि संस्था वा व्यक्तिबाट आग्रह भएको खण्डमा आवश्यक सहयोगका लागि काभ्रे सेवा समाज सदैव उत्साहका साथ सेवामा हाजिर हुनेछ ।

( अरुणिमा कलेज कुमारीगाल एवं ग्रिनविच कलेज पेप्सीकोलाका अर्थशास्त्रका अध्यापक थापा काभ्रे सेवा समाजका वर्तमान अध्यक्ष हुनुहुन्छ ।)

  • काभ्रेली मानवीय पूँजी सम्बन्धमा काभ्रे सेवा समाज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0