Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य समस्यामा रुमुल्लिएको समुदायमा स्वास्थ्य शिविर

प्रभातफेरी अनलाइन ७२९८ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
स्वास्थ्य समस्यामा रुमुल्लिएको समुदायमा स्वास्थ्य शिविर

प्रदीप सापकोटा,
एकातिर धनी, सम्पन्न मानिसहरु अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा महँगो खर्चमा उपचार गर्छन् अर्काेतिर गरिव,विपन्न र समाजको तल्लो वर्गका मानिसहरु जीवनजल र सीटामोलको अभावमा आफ्नो जीवनलाई जोखिममा पार्छन् । यो समाजको कटुसत्य कुरा हो । यस्तै समस्या महोत्तरी जिल्लाको औरही नगरपालिकामा पनि छ । यादव,साह,साफी, अन्सारी,मुसहर,चमार,डोम,दुसा,हार आदिको मिश्रित बसोबास रहेको औरहीको वडा नं.१मा मुख्य स्वास्थ्य समस्या कुपोषण,महिलाको पाठेघरको समस्या ,दम,छाला सम्वन्धि रोग आदि देखिएका छन् । वडा अध्यक्ष राजकिशोर चौधरीका अनुसार यहाँको कुल जनसंख्या करिव ४१,०० रहेको छ । पिउने स्वच्छ पानीको अभाव छ । खानेपानी चापाकलवाट आँउछ यहाँ । समाजसेवी सरोज यादवका अनुसार अशिक्षा नै यहाँको मुख्य समस्या छ । मानिसहरुलाई बुझाउन सकिएको छैन् । त्यसैले सरसफाई,उचित खानपान नहुँदा यहाँ कुपोषण र चर्मरोग आदि पनि बढेको हो ।

पात्र एक- रुको देवी,वर्षः ७०

उनको तल्लोपेट दुखेको धेरै भयो । कहिले कम,कहिले खपिनसक्नु दुखाई सहेर बाँचेकी छन् उनी । दुखेर मर्नु हुन्छ उनलाई । अघिल्लो दिन माइकमा स्वास्थ्य शिविर गाँउमा आउने थाहा पाएकी थिइन उनले । चैत मसान्तको टन्टलापूर धुप । करिब दुइ किलो मिटर हिंडेरै आइन उनी शिविरमा । सानैमा विवाह भयो । बच्चा पनि उसैगरि उमेर नपुगी जन्मे । फेरी सुत्केरी अवस्थामा उचित खानपान नै कहाँ हुनु । यसैको पिडा भोग्दैछिन् अहिले रुको देवी ।
यहाँ धेरै महिलाहरुको समस्या उनकै जस्तो छ । अशिक्षा,कम उमेरमा विवाह र जन्मान्तरको समय कम, सुत्केरी अवस्थामा पोषिलो खाना खान नपाउनु, उचित सरसफाई र हेरविचारको अभाव आदि कारणले औसत महिलाहरु रुको देवीकै जस्तो पाठेघरको समस्याले ग्रस्त छन् ।

पात्र दुई- रन्जिता दुसा, उमेर-२ वर्ष

उनको घर औरही मै छ । उनको ब्यथा अघिल्लो पात्रको भन्दा अलिक भिन्न छ । उनलाई कुपोषणले गालेको छ । उनी उमेर भन्दा धेरै मसिनो शरिरकी देखिन्छिन् । तर यस्तो हुनमा यिनको के दोष । उनी जन्मदाँ उनकी आमा सोह्र वर्षकी थिइन । गरिवीको कारण ज्यालावुनी गरेर खाना खानुपर्ने बाध्यता । उनी गर्भमा हुँदा कहिल्यै पोषिलो आहार पाइनन् । नियमित चेकजाँच त परको कुरा आराम गर्ने अवस्था पनि थिएन् । यसैको परिणाम रन्जिता कुपोषणको शिकार भइन ।
यी त एक प्रतिनिधी पात्र हुन् । यस्ता धेरै बालबालिकामा कुपोषणको विकराल समस्या देखिएको छ यहाँ ।

पात्र तीन- दुलारी देवी सदा,उमेर- ६० बर्ष

छाती घ्यार घ्यार भएको धेरै भएको उनको । रातभरी खोकेर सुत्न सक्दिनन् । उनी धुलो र धुवाँसँग राम्रै अभ्यस्त छिन् । उनले चुरोट पिउन थालेको पनि झण्डै दुई दशक भईसकेको छ । खानपिन पनि त्यस्तै छ । त्यसैले उनलाई दमले पनि सताएको छ । यस्ता समस्या बोकेका दुलारी देवीहरु यो समाजमा थुप्रै छन् । उनीहरुमा आफ्नो स्वास्थ्य प्रति चिन्ता गर्ने समय पनि छैन् । अझ भनौं त्यो चेतना नै कहाँ र तिनमा । कसले बुझाइदिने तिनलाई ।

पात्र चार- राजनारायण सदा,उमेर- ५० बर्ष

पछाडि दुख्छ उनको । छाला पनि चिलाँउछ । हड्डी खिंइदो छ उनको । रक्तचापको समस्या पनि त छ उनलाई । हो यी चार प्रतिनिधी पात्र मात्र हुन ।यहाँको समाजमा यस्ता थुप्रै स्वास्थ्य समस्या भएका विरामीहरु छन् ।
नेपाली महिलाहरुको आवाज ,काठमाडौले गत शनिवार रुपन्देही जिल्ला,औरही नगरपालिका वडा नं. १ मा एकदिने स्वास्थ्य शिविरको आयोजना गर्यो । समय समयमा यस्ता शिविरहरु सँचालन गर्दै आएको यो सँस्थाले शिविरमा सहभागी स्थानियहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरेको थियो । यो स्थानमा यस्ता शिविर विरलै आयोजना भएकोले प्रभावकारी भएको लाभान्वित विरामीहरुले बताए । जनताले आँगनमै औषधी सहितको डाक्टरहरु आप्mनो टोलमै पाँउदा आफु असाध्यै खुशी भएको वडा अध्यक्ष राजकिशोर चौधरीले बताए । राज्यले निशुल्क वितरण गरेको औषधी सर्वसाधारणले नपाएको गुनासो गरेको पाइएको थियो । यो जिज्ञासा वडा अध्यक्ष सामु राख्दा उनले विगतको बारेमा आफुलाई थाहा नभएको तर आफु निर्वाचित भएपछि त्यस्तो दुरुपयोग नभएको बताए । आफ्नै कार्यकालमा स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको भएपनि डाक्टर भने यहाँ ब्यवस्था गर्न नसकेकोले एक डाक्टर र एक एम्वुलेन्सको लागि पहल भैरहेको जानकारी दिए ।

स्वास्थ्य परिक्षणमा संलग्न डाक्टर सन्दिप शाहका अनुसार रक्तअल्पता,कुपोषण,हड्डी खिइने र छाला ,महिलाहरुको पाठेघरको समस्या मुख्य रहेको छ ।अर्का डाक्टर अरुण गुप्ता पनि डाक्टर शाहकै कुरामा सहमति जनाउँदै वच्चा र वृद्धवृद्धामा कुपोषणको समस्या विकराल रहेको बताँउछन् । उनले मानिसहरुमा समयमै अस्पतालमा जानुपर्ने चेतना छर्न जरुरी भएको र यसको लागि स्थानीय निकायले सचेतना अभियान समेत संचालन गर्न जरुरी भएकोमा उनको जोड थियो ।

औरही नगरपालिकाका प्रमुख सुनिल यादव समेतको उपस्थिति रहेको सो शिविरमा डा. अरुण गुप्ता,डा.सन्दिप शाह,डा.निलम चौधरी सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको आयोजक सँस्थाकी अध्यक्ष सुमित्रा थापाले वताएकी छन् । उनका अनुसार सँस्थाले प्रत्येक वर्ष कम्तिमा एउटा शिविर संचालन गर्ने गरेको छ ।यस पटक संस्थालाई विभिन्न औषधी आइडियल फार्मेसी,कमलाक्षी काठमाडौले सहयोग गरेको उनले बताइन ।

  • स्वास्थ्य समस्यामा रुमुल्लिएको समुदायमा स्वास्थ्य शिविर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0