Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य समस्यामा रुमुल्लिएको समुदायमा स्वास्थ्य शिविर

प्रभातफेरी अनलाइन ६५२८ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख ४, बुधबार (४ साल अघि)
स्वास्थ्य समस्यामा रुमुल्लिएको समुदायमा स्वास्थ्य शिविर

प्रदीप सापकोटा,
एकातिर धनी, सम्पन्न मानिसहरु अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा महँगो खर्चमा उपचार गर्छन् अर्काेतिर गरिव,विपन्न र समाजको तल्लो वर्गका मानिसहरु जीवनजल र सीटामोलको अभावमा आफ्नो जीवनलाई जोखिममा पार्छन् । यो समाजको कटुसत्य कुरा हो । यस्तै समस्या महोत्तरी जिल्लाको औरही नगरपालिकामा पनि छ । यादव,साह,साफी, अन्सारी,मुसहर,चमार,डोम,दुसा,हार आदिको मिश्रित बसोबास रहेको औरहीको वडा नं.१मा मुख्य स्वास्थ्य समस्या कुपोषण,महिलाको पाठेघरको समस्या ,दम,छाला सम्वन्धि रोग आदि देखिएका छन् । वडा अध्यक्ष राजकिशोर चौधरीका अनुसार यहाँको कुल जनसंख्या करिव ४१,०० रहेको छ । पिउने स्वच्छ पानीको अभाव छ । खानेपानी चापाकलवाट आँउछ यहाँ । समाजसेवी सरोज यादवका अनुसार अशिक्षा नै यहाँको मुख्य समस्या छ । मानिसहरुलाई बुझाउन सकिएको छैन् । त्यसैले सरसफाई,उचित खानपान नहुँदा यहाँ कुपोषण र चर्मरोग आदि पनि बढेको हो ।

पात्र एक- रुको देवी,वर्षः ७०

उनको तल्लोपेट दुखेको धेरै भयो । कहिले कम,कहिले खपिनसक्नु दुखाई सहेर बाँचेकी छन् उनी । दुखेर मर्नु हुन्छ उनलाई । अघिल्लो दिन माइकमा स्वास्थ्य शिविर गाँउमा आउने थाहा पाएकी थिइन उनले । चैत मसान्तको टन्टलापूर धुप । करिब दुइ किलो मिटर हिंडेरै आइन उनी शिविरमा । सानैमा विवाह भयो । बच्चा पनि उसैगरि उमेर नपुगी जन्मे । फेरी सुत्केरी अवस्थामा उचित खानपान नै कहाँ हुनु । यसैको पिडा भोग्दैछिन् अहिले रुको देवी ।
यहाँ धेरै महिलाहरुको समस्या उनकै जस्तो छ । अशिक्षा,कम उमेरमा विवाह र जन्मान्तरको समय कम, सुत्केरी अवस्थामा पोषिलो खाना खान नपाउनु, उचित सरसफाई र हेरविचारको अभाव आदि कारणले औसत महिलाहरु रुको देवीकै जस्तो पाठेघरको समस्याले ग्रस्त छन् ।

पात्र दुई- रन्जिता दुसा, उमेर-२ वर्ष

उनको घर औरही मै छ । उनको ब्यथा अघिल्लो पात्रको भन्दा अलिक भिन्न छ । उनलाई कुपोषणले गालेको छ । उनी उमेर भन्दा धेरै मसिनो शरिरकी देखिन्छिन् । तर यस्तो हुनमा यिनको के दोष । उनी जन्मदाँ उनकी आमा सोह्र वर्षकी थिइन । गरिवीको कारण ज्यालावुनी गरेर खाना खानुपर्ने बाध्यता । उनी गर्भमा हुँदा कहिल्यै पोषिलो आहार पाइनन् । नियमित चेकजाँच त परको कुरा आराम गर्ने अवस्था पनि थिएन् । यसैको परिणाम रन्जिता कुपोषणको शिकार भइन ।
यी त एक प्रतिनिधी पात्र हुन् । यस्ता धेरै बालबालिकामा कुपोषणको विकराल समस्या देखिएको छ यहाँ ।

पात्र तीन- दुलारी देवी सदा,उमेर- ६० बर्ष

छाती घ्यार घ्यार भएको धेरै भएको उनको । रातभरी खोकेर सुत्न सक्दिनन् । उनी धुलो र धुवाँसँग राम्रै अभ्यस्त छिन् । उनले चुरोट पिउन थालेको पनि झण्डै दुई दशक भईसकेको छ । खानपिन पनि त्यस्तै छ । त्यसैले उनलाई दमले पनि सताएको छ । यस्ता समस्या बोकेका दुलारी देवीहरु यो समाजमा थुप्रै छन् । उनीहरुमा आफ्नो स्वास्थ्य प्रति चिन्ता गर्ने समय पनि छैन् । अझ भनौं त्यो चेतना नै कहाँ र तिनमा । कसले बुझाइदिने तिनलाई ।

पात्र चार- राजनारायण सदा,उमेर- ५० बर्ष

पछाडि दुख्छ उनको । छाला पनि चिलाँउछ । हड्डी खिंइदो छ उनको । रक्तचापको समस्या पनि त छ उनलाई । हो यी चार प्रतिनिधी पात्र मात्र हुन ।यहाँको समाजमा यस्ता थुप्रै स्वास्थ्य समस्या भएका विरामीहरु छन् ।
नेपाली महिलाहरुको आवाज ,काठमाडौले गत शनिवार रुपन्देही जिल्ला,औरही नगरपालिका वडा नं. १ मा एकदिने स्वास्थ्य शिविरको आयोजना गर्यो । समय समयमा यस्ता शिविरहरु सँचालन गर्दै आएको यो सँस्थाले शिविरमा सहभागी स्थानियहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरेको थियो । यो स्थानमा यस्ता शिविर विरलै आयोजना भएकोले प्रभावकारी भएको लाभान्वित विरामीहरुले बताए । जनताले आँगनमै औषधी सहितको डाक्टरहरु आप्mनो टोलमै पाँउदा आफु असाध्यै खुशी भएको वडा अध्यक्ष राजकिशोर चौधरीले बताए । राज्यले निशुल्क वितरण गरेको औषधी सर्वसाधारणले नपाएको गुनासो गरेको पाइएको थियो । यो जिज्ञासा वडा अध्यक्ष सामु राख्दा उनले विगतको बारेमा आफुलाई थाहा नभएको तर आफु निर्वाचित भएपछि त्यस्तो दुरुपयोग नभएको बताए । आफ्नै कार्यकालमा स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको भएपनि डाक्टर भने यहाँ ब्यवस्था गर्न नसकेकोले एक डाक्टर र एक एम्वुलेन्सको लागि पहल भैरहेको जानकारी दिए ।

स्वास्थ्य परिक्षणमा संलग्न डाक्टर सन्दिप शाहका अनुसार रक्तअल्पता,कुपोषण,हड्डी खिइने र छाला ,महिलाहरुको पाठेघरको समस्या मुख्य रहेको छ ।अर्का डाक्टर अरुण गुप्ता पनि डाक्टर शाहकै कुरामा सहमति जनाउँदै वच्चा र वृद्धवृद्धामा कुपोषणको समस्या विकराल रहेको बताँउछन् । उनले मानिसहरुमा समयमै अस्पतालमा जानुपर्ने चेतना छर्न जरुरी भएको र यसको लागि स्थानीय निकायले सचेतना अभियान समेत संचालन गर्न जरुरी भएकोमा उनको जोड थियो ।

औरही नगरपालिकाका प्रमुख सुनिल यादव समेतको उपस्थिति रहेको सो शिविरमा डा. अरुण गुप्ता,डा.सन्दिप शाह,डा.निलम चौधरी सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको आयोजक सँस्थाकी अध्यक्ष सुमित्रा थापाले वताएकी छन् । उनका अनुसार सँस्थाले प्रत्येक वर्ष कम्तिमा एउटा शिविर संचालन गर्ने गरेको छ ।यस पटक संस्थालाई विभिन्न औषधी आइडियल फार्मेसी,कमलाक्षी काठमाडौले सहयोग गरेको उनले बताइन ।

  • स्वास्थ्य समस्यामा रुमुल्लिएको समुदायमा स्वास्थ्य शिविर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

    रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

  • आर्थिक बिकासका लागि सहकारीको भूमिका

    आर्थिक बिकासका लागि सहकारीको भूमिका

  • समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

    समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

  • प्रभातफेरीः मेरो दृष्टिमा

    प्रभातफेरीः मेरो दृष्टिमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0