केशव थापा
सन् १८१८ मे ५ तारिखमा जर्मनीको ट्रियर शहरमा जन्मनु भएका सारा विश्वका शोषित–पीडित जनताका महानायक कार्ल–माक्र्सको जन्म भएको दुइसय एक वर्ष बितिसकेको छ । विश्वका शोषित, पीडित जनता तथा ती जनताआबद्ध कम्युनिष्ट पार्टीहरुले मे महिनाको यस दिन उहाँको स्मरण गर्ने गर्दछन् । सोही सिलसिलामा नेपालका कम्युनिष्टहरुले पनि भव्य समारोहका बिच यही वैशाख २३ गते कार्ल माक्र्स जन्मजयन्ति मनाए । सन् १८१८ मे ५ को दुइसय वर्ष यता विश्वमा अरबौंको संख्यामा मानिसहरु जन्मे र बितेर गए । विश्व मानव समाजमा अपेक्षित ÷अनपेक्षित ठूलठूला परिवर्तनहरु भए । ज्ञान विज्ञान र दर्शनका क्षेत्रमा नयाँ मान्यताहरु स्थापित भए । यति हुँदाहुँदै पनि माक्र्सप्रतिको सम्मान र लोकप्रियतामा भने कुनै कमी आएन । एकपछि अर्काे गर्दै माक्र्सवादको उपादेयता र महत्व झनझन बढ्दै गयो । सर्वकालीन तथ्यमा आधारित वैज्ञानिक दृष्टिकोणका कारण दार्शनिक आकाशमा कार्लमाक्र्स कहिल्यै नअस्ताउने चम्किला तारा बनेर रहे । इतिहास र दर्शनशास्त्रका विद्यार्थी ऊनले २३ वर्षको उमेरमा नै दर्शनशास्त्रमा विद्यावारिधिको उपाधि हासिल गरिसकेका थिए । अध्ययन सकेपछि कलेजको प्राध्यापक बन्ने मनासाय राखेको कार्ल माक्र्सलाई तत्कालीन प्रतिक्रियावादी जर्मन सरकारले उहाँलाई सो अवसर प्रदान गरेन । उहाँ वाध्य भएर पत्रकारितातर्फ डोहोरिन वाध्य हुनुभयो । उहाँद्वारा सम्पादित तथा प्रकाशित पत्रिकाको प्रत्येक अंकले जर्मनीको अतिरिक्त सिङ्गो यूरोपका पूँजिपतिहरुले त्यहाँका मजदुर वर्गमाथि गरेको अन्याय÷अत्याचारको तथ्य र तथ्याङ्कसहित स्पष्ट पार्दै शोषणका मारमा परेका मजदुरहरुलाई एक भएर सोको विरुद्ध धावा बोल्न आव्हान र अभिप्रेरित गर्थे ।
विद्यार्थी जीवनदेखि नै आफ्नी आदर्श प्रेमी जेनीसँग कार्लमाक्र्स सन् १८४३ मा वैवाहिक सम्बन्धमा गाँसिनु भयो । विवाहपछि पनि पारिवारिक दायित्व र कर्तव्य निभाउनुको साटो एकलव्य निष्ठाका साथ गहन अध्ययन, विश्लेषण र लेखनमार्फत गरिब निमुखा मजदुरको मुक्तिको लागि नै अहोरात्र खटीरहनु भयो । सन् १८४४ मा फ्रेडरिक एङ्गेल्ससँगको परिचयले त उहाँको अभियानमा थप टेवा र प्रेरणा प्रदान ग¥यो । उहाँहरुले हेगेलको आदर्शवादी द्वन्दवाद, फायरवाखको अद्वन्दवादी भौतिकवाद र समकालीन काल्पनिक समाजवादीहरुका विचारको गहन अध्ययन विश्लेषण गरी यसको अपर्याप्तालाई ठम्याउँदै द्वन्दात्मक भौतिकवादको सिद्धान्त अगाडि सार्नु भएको थियो । यस सिद्धान्तले साविकका सबै पूराना, थोत्रा र अवैज्ञानिक तत्कालीन मूल्य–मान्यताको सातो काड्दै मजदुरवर्गमाथि शोषण गर्ने पूँजिपतिवर्ग र पुँजीवादी प्रणालीको विरुद्ध जुझ्ने बलियो अस्त्र प्रदान ग¥यो । गरिब जनताको पक्षमा गरिएका उपर्युक्तानुसारका कामले माक्र्स जर्मनीका जनताबीच दिनदिनै लोकप्रिय हुँदै गए पनि सरकार र पुँजीपति वर्गकोे भने आँखाको कसिङ्गर बन्नु भयो । सरकारी चरम दमनको कारणले देशभित्र बस्न नसक्ने अवस्था भएपछि कहिले फ्रान्स, कहिले बेल्जियम, कहिले बेलायतमा उहाँले निर्वासित जीवन बिताउनु प¥यो । निर्वासनकै क्रममा जीवनसङ्गी जेनी माक्र्सका निधन भएको दुइवर्ष पछि सन् १८८३ मार्च १४ मा लण्डनमा नै वहाँले आफ्नो जीवनलीला पनि विसर्जन गर्नुभयो ।
मजदुरवर्गको पूर्णमुक्तिको भोकले छटपटिएर निरन्तर त्यसको उपायको खोजीमा तल्लिन ती महामानवको ६ जना छोराछोरीहरुमध्ये ३ जना छोराछोरीले औषधोपचारको अभावमा अकालमा ज्यान गुमाउनु परेको थियो । माक्र्स स्वयम्ले पनि आर्थिक अभावमा खान नपाएर लण्डनको पुस्तकालयमा पढ्दापढ्दै पटकपटक मुच्र्छा परेर ढल्नु परेको थियो । जेनीले खेप्नु भएको भुक्तमानको त वर्णन गरेर साध्य नै थिएन । पत्रपत्रिकामा प्रकाशित लेख रचनाबाट प्राप्त हुने न्यून पारिश्रमिक र पछिल्लो समयमा मित्र एङ्गेल्सबाट प्राप्त हुने न्यून मासिक सहायताबाट नै उहाँले सामान्यभन्दा सामान्य जीवन गुजारी विश्वभरका गरिब÷निमुखाहरुको मुक्तिको लागि असाधरण योगदान गर्नु भयो । माक्र्सले कहिल्यै सिद्धान्त र व्यवहारको बीच मेल नहुने अस्वभाविक जीवन बाँच्नु भएन । आफू असाधरण बुद्धिमान भएको तुजुग देखाउँदै विशेष पद र सुविधाको अपेक्षा गर्नु भएन । विलासी जीवनको किञ्चित पनि लालसा राख्नु भएन । चरम दुःख, कष्टमा पिल्सिँदा पनि कति विचलित नभई निरन्तर संसारको निर्माण गर्ने महान मजदुरहरुको विजयको पक्षमा गीत गाइरहनु भयो ।
कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सको संयुक्त प्रयासमा सन् १८४७ मा प्रकाशित कम्युनिष्ट पार्टीको घोषणा–पत्र विश्वभरका सर्वहाराहरुको मुक्तिको अचुक अस्त्र बन्यो । माक्र्ससमेतको सक्रियतामा सन् १८४७ जनवरीमा भूमिगत रुपमा गठित कम्युनिष्ट लिगले विश्वका सर्वहारा वर्गको लागि कार्यक्रम तयार पार्न जिम्मा दिएपछि नै माक्र्स र ऐगेंल्स दुवै मिलेर कम्युनिष्ट घोषणा पत्र तयार पारेका थिए । देशीय ठोश अवस्थाको ठोश विश्लेषण गरेर का्रन्तिको विगुल फुक्न प्रेरित यस दस्तावेजमा उल्लिखित ः पुँजीजीवी वर्गले मानिसको व्यक्तिगत गुणलाई विनिमय गुणमा रुपान्तरण गरिदियो । यसले अहिलेसम्म आदर र श्रद्धाका दृष्टिले हेरिने डाक्टर, वकिल, पूरोहित, कवि, वैज्ञानिक सबैलाई यसले वेतन–भोगी कर्मचारी बनाइदियो । पुँजीजीवी वर्गले पारिवारिक सम्बन्धबाट आत्मीय भावुकताको पर्दा च्यातेर यसलाई केवल पैसाको सम्बन्धमा परिणत गरिदियो, जुन हतियारद्वारा पुँजीपति वर्गले सामन्तवादलाई ढालेको थियो, त्यो नै अहिले पुँजीपतिवर्गको विरुद्ध मोडिएको छ । पुँजीपति वर्गले हतियार मात्र नभएर त्यस्ता मानिसहरु पनि उत्पन्न गरेको छ, जसले उसका विरुद्ध हतियार उठाउने छ । ती हुन्– आजका मजदुरहरु, सर्वहाराहरु, कम्युनिष्टहरुको सर्वहारा वर्गको हित बाहेक अरु कुनै स्वार्थ हुँदैन, पुँजी एक सामूहिक उपज हो, कम्युनिष्टहरु सर्वत्र सबै देशका प्रजातान्त्रिक पार्टीहरुका बीच एकता र संझौताका निमित्त प्रयत्नशील रहन्छन्, सर्वहारा वर्ग स्वयम् अझ राष्ट्रवादी छ किनभने उसले सबैभन्दा पहिले राजनीतिक सत्ता प्राप्त गर्नु परेको छ, राष्ट्रिय वर्गको स्थानसम्म पुग्नुपरेको छ, राष्ट्रको रुपमा सङ्घटित हुन परेको छ, सर्वहारा वर्गले आफ्नो हत्कडीसिवाय अरु केही गुमाउनु पर्दैन । बरु समस्त संसार नै उनीहरुले प्राप्त गर्न सक्दछन् आदि विचारहरु कालजयी विचारहरु हुन ।
उपर्युक्त दृष्टिकोणसहितको कम्युनिष्ट पार्टीको घोषणा–पत्रको अतिरिक्त सर्वहारा वर्गको मुक्तिका अभियन्ता ूकार्लमाक्र्सले पुँजीजीवी वर्गले कसरी मजदुरवर्ग माथि शोषण गर्दछन् भनी सविस्तार व्याख्या गरिएको “पुँजी” लगायतका अनेकानेक कीर्तिहरु छाडेर जानु भएको छ । आफूभन्दा अगाडिका दार्शनिकहरुले एकांगी दृष्टिले सामाजिक विकासलाई व्याख्या गर्ने गरेकोमा माक्र्सले संसारको अध्ययन, अवलोकन र व्याख्याको लागि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण अगाडि सार्नु भएको छ । वास्तवमा माक्र्सवादको आर्थिक पक्ष वैज्ञानिक समाजवाद हो । यसको राजनैतिक पक्ष सर्वहारा श्रमजिवी जनतको राज्यसत्ता र सामाजिक पक्ष वर्गसंघर्षको सिद्धान्त हो । माक्र्सवादको दार्शनिक पक्षले विरोधीतत्वहरुको एकताको नियम, संख्यात्मक विकास र गुणात्मक परिवर्तनको नियम र निषेधको निषेध नियममा आधारित भई जीवन र जगतको व्याख्या गर्दछ ।
माक्र्स जयन्तिमा माक्र्सलाई स्मरण गरिरहँदा नेपाली कम्युनिष्ट शीर्ष नेताहरुले आत्मसमीक्षा गर्दै नेपाली कम्युनिष्टहरुले व्यवहारतःमाक्र्सवादलाई सही अर्थमा अङ्गिकार गर्न नसकेको, कम्युनिष्ट मूल्य,मान्यता विपरीत जीवनशैली अवलम्वन गरेको, समूहमा भएर पनि एक्लो र कमजोर भएको भनी स्वीकार गरेको देखिन्छ । हुन पनि हरेक अनियमितता र घोटलामा कम्युनिष्ट भन्नेहरुको यो वा त्यो ढङ्गको संलग्नताले कतै नेपाली कम्युनिष्ट आन्दोलन नाफाखोर दलालहरुको माखेसाङ्लोमा पर्ने त होइन भन्ने आशंका उब्जन्छ । अतः नेताहरुले भनेझै यो २०१ औं माक्र्स जयन्तिले नेपाली कम्युनिष्टहरुलाई नेपाली जनताको विश्वास र भरोसामा तुषारापात नहुने गरी परिस्कृत र परिमार्जित तथा साँचो अर्थमा वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्ने पार्टी बनाउने प्रेरणा र सफलता प्राप्त गरोस् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |