Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन्दर्भ कार्ल–माक्र्सको २०१ औं जन्मजयन्ती

प्रभातफेरी अनलाइन ६८६८ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (७ साल अघि)
सन्दर्भ कार्ल–माक्र्सको २०१ औं जन्मजयन्ती

केशव थापा
सन् १८१८ मे ५ तारिखमा जर्मनीको ट्रियर शहरमा जन्मनु भएका सारा विश्वका शोषित–पीडित जनताका महानायक कार्ल–माक्र्सको जन्म भएको दुइसय एक वर्ष बितिसकेको छ । विश्वका शोषित, पीडित जनता तथा ती जनताआबद्ध कम्युनिष्ट पार्टीहरुले मे महिनाको यस दिन उहाँको स्मरण गर्ने गर्दछन् । सोही सिलसिलामा नेपालका कम्युनिष्टहरुले पनि भव्य समारोहका बिच यही वैशाख २३ गते कार्ल माक्र्स जन्मजयन्ति मनाए । सन् १८१८ मे ५ को दुइसय वर्ष यता विश्वमा अरबौंको संख्यामा मानिसहरु जन्मे र बितेर गए । विश्व मानव समाजमा अपेक्षित ÷अनपेक्षित ठूलठूला परिवर्तनहरु भए । ज्ञान विज्ञान र दर्शनका क्षेत्रमा नयाँ मान्यताहरु स्थापित भए । यति हुँदाहुँदै पनि माक्र्सप्रतिको सम्मान र लोकप्रियतामा भने कुनै कमी आएन । एकपछि अर्काे गर्दै माक्र्सवादको उपादेयता र महत्व झनझन बढ्दै गयो । सर्वकालीन तथ्यमा आधारित वैज्ञानिक दृष्टिकोणका कारण दार्शनिक आकाशमा कार्लमाक्र्स कहिल्यै नअस्ताउने चम्किला तारा बनेर रहे । इतिहास र दर्शनशास्त्रका विद्यार्थी ऊनले २३ वर्षको उमेरमा नै दर्शनशास्त्रमा विद्यावारिधिको उपाधि हासिल गरिसकेका थिए । अध्ययन सकेपछि कलेजको प्राध्यापक बन्ने मनासाय राखेको कार्ल माक्र्सलाई तत्कालीन प्रतिक्रियावादी जर्मन सरकारले उहाँलाई सो अवसर प्रदान गरेन । उहाँ वाध्य भएर पत्रकारितातर्फ डोहोरिन वाध्य हुनुभयो । उहाँद्वारा सम्पादित तथा प्रकाशित पत्रिकाको प्रत्येक अंकले जर्मनीको अतिरिक्त सिङ्गो यूरोपका पूँजिपतिहरुले त्यहाँका मजदुर वर्गमाथि गरेको अन्याय÷अत्याचारको तथ्य र तथ्याङ्कसहित स्पष्ट पार्दै शोषणका मारमा परेका मजदुरहरुलाई एक भएर सोको विरुद्ध धावा बोल्न आव्हान र अभिप्रेरित गर्थे ।

विद्यार्थी जीवनदेखि नै आफ्नी आदर्श प्रेमी जेनीसँग कार्लमाक्र्स सन् १८४३ मा वैवाहिक सम्बन्धमा गाँसिनु भयो । विवाहपछि पनि पारिवारिक दायित्व र कर्तव्य निभाउनुको साटो एकलव्य निष्ठाका साथ गहन अध्ययन, विश्लेषण र लेखनमार्फत गरिब निमुखा मजदुरको मुक्तिको लागि नै अहोरात्र खटीरहनु भयो । सन् १८४४ मा फ्रेडरिक एङ्गेल्ससँगको परिचयले त उहाँको अभियानमा थप टेवा र प्रेरणा प्रदान ग¥यो । उहाँहरुले हेगेलको आदर्शवादी द्वन्दवाद, फायरवाखको अद्वन्दवादी भौतिकवाद र समकालीन काल्पनिक समाजवादीहरुका विचारको गहन अध्ययन विश्लेषण गरी यसको अपर्याप्तालाई ठम्याउँदै द्वन्दात्मक भौतिकवादको सिद्धान्त अगाडि सार्नु भएको थियो । यस सिद्धान्तले साविकका सबै पूराना, थोत्रा र अवैज्ञानिक तत्कालीन मूल्य–मान्यताको सातो काड्दै मजदुरवर्गमाथि शोषण गर्ने पूँजिपतिवर्ग र पुँजीवादी प्रणालीको विरुद्ध जुझ्ने बलियो अस्त्र प्रदान ग¥यो । गरिब जनताको पक्षमा गरिएका उपर्युक्तानुसारका कामले माक्र्स जर्मनीका जनताबीच दिनदिनै लोकप्रिय हुँदै गए पनि सरकार र पुँजीपति वर्गकोे भने आँखाको कसिङ्गर बन्नु भयो । सरकारी चरम दमनको कारणले देशभित्र बस्न नसक्ने अवस्था भएपछि कहिले फ्रान्स, कहिले बेल्जियम, कहिले बेलायतमा उहाँले निर्वासित जीवन बिताउनु प¥यो । निर्वासनकै क्रममा जीवनसङ्गी जेनी माक्र्सका निधन भएको दुइवर्ष पछि सन् १८८३ मार्च १४ मा लण्डनमा नै वहाँले आफ्नो जीवनलीला पनि विसर्जन गर्नुभयो ।

मजदुरवर्गको पूर्णमुक्तिको भोकले छटपटिएर निरन्तर त्यसको उपायको खोजीमा तल्लिन ती महामानवको ६ जना छोराछोरीहरुमध्ये ३ जना छोराछोरीले औषधोपचारको अभावमा अकालमा ज्यान गुमाउनु परेको थियो । माक्र्स स्वयम्ले पनि आर्थिक अभावमा खान नपाएर लण्डनको पुस्तकालयमा पढ्दापढ्दै पटकपटक मुच्र्छा परेर ढल्नु परेको थियो । जेनीले खेप्नु भएको भुक्तमानको त वर्णन गरेर साध्य नै थिएन । पत्रपत्रिकामा प्रकाशित लेख रचनाबाट प्राप्त हुने न्यून पारिश्रमिक र पछिल्लो समयमा मित्र एङ्गेल्सबाट प्राप्त हुने न्यून मासिक सहायताबाट नै उहाँले सामान्यभन्दा सामान्य जीवन गुजारी विश्वभरका गरिब÷निमुखाहरुको मुक्तिको लागि असाधरण योगदान गर्नु भयो । माक्र्सले कहिल्यै सिद्धान्त र व्यवहारको बीच मेल नहुने अस्वभाविक जीवन बाँच्नु भएन । आफू असाधरण बुद्धिमान भएको तुजुग देखाउँदै विशेष पद र सुविधाको अपेक्षा गर्नु भएन । विलासी जीवनको किञ्चित पनि लालसा राख्नु भएन । चरम दुःख, कष्टमा पिल्सिँदा पनि कति विचलित नभई निरन्तर संसारको निर्माण गर्ने महान मजदुरहरुको विजयको पक्षमा गीत गाइरहनु भयो ।

कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सको संयुक्त प्रयासमा सन् १८४७ मा प्रकाशित कम्युनिष्ट पार्टीको घोषणा–पत्र विश्वभरका सर्वहाराहरुको मुक्तिको अचुक अस्त्र बन्यो । माक्र्ससमेतको सक्रियतामा सन् १८४७ जनवरीमा भूमिगत रुपमा गठित कम्युनिष्ट लिगले विश्वका सर्वहारा वर्गको लागि कार्यक्रम तयार पार्न जिम्मा दिएपछि नै माक्र्स र ऐगेंल्स दुवै मिलेर कम्युनिष्ट घोषणा पत्र तयार पारेका थिए । देशीय ठोश अवस्थाको ठोश विश्लेषण गरेर का्रन्तिको विगुल फुक्न प्रेरित यस दस्तावेजमा उल्लिखित ः पुँजीजीवी वर्गले मानिसको व्यक्तिगत गुणलाई विनिमय गुणमा रुपान्तरण गरिदियो । यसले अहिलेसम्म आदर र श्रद्धाका दृष्टिले हेरिने डाक्टर, वकिल, पूरोहित, कवि, वैज्ञानिक सबैलाई यसले वेतन–भोगी कर्मचारी बनाइदियो । पुँजीजीवी वर्गले पारिवारिक सम्बन्धबाट आत्मीय भावुकताको पर्दा च्यातेर यसलाई केवल पैसाको सम्बन्धमा परिणत गरिदियो, जुन हतियारद्वारा पुँजीपति वर्गले सामन्तवादलाई ढालेको थियो, त्यो नै अहिले पुँजीपतिवर्गको विरुद्ध मोडिएको छ । पुँजीपति वर्गले हतियार मात्र नभएर त्यस्ता मानिसहरु पनि उत्पन्न गरेको छ, जसले उसका विरुद्ध हतियार उठाउने छ । ती हुन्– आजका मजदुरहरु, सर्वहाराहरु, कम्युनिष्टहरुको सर्वहारा वर्गको हित बाहेक अरु कुनै स्वार्थ हुँदैन, पुँजी एक सामूहिक उपज हो, कम्युनिष्टहरु सर्वत्र सबै देशका प्रजातान्त्रिक पार्टीहरुका बीच एकता र संझौताका निमित्त प्रयत्नशील रहन्छन्, सर्वहारा वर्ग स्वयम् अझ राष्ट्रवादी छ किनभने उसले सबैभन्दा पहिले राजनीतिक सत्ता प्राप्त गर्नु परेको छ, राष्ट्रिय वर्गको स्थानसम्म पुग्नुपरेको छ, राष्ट्रको रुपमा सङ्घटित हुन परेको छ, सर्वहारा वर्गले आफ्नो हत्कडीसिवाय अरु केही गुमाउनु पर्दैन । बरु समस्त संसार नै उनीहरुले प्राप्त गर्न सक्दछन् आदि विचारहरु कालजयी विचारहरु हुन ।

उपर्युक्त दृष्टिकोणसहितको कम्युनिष्ट पार्टीको घोषणा–पत्रको अतिरिक्त सर्वहारा वर्गको मुक्तिका अभियन्ता ूकार्लमाक्र्सले पुँजीजीवी वर्गले कसरी मजदुरवर्ग माथि शोषण गर्दछन् भनी सविस्तार व्याख्या गरिएको “पुँजी” लगायतका अनेकानेक कीर्तिहरु छाडेर जानु भएको छ । आफूभन्दा अगाडिका दार्शनिकहरुले एकांगी दृष्टिले सामाजिक विकासलाई व्याख्या गर्ने गरेकोमा माक्र्सले संसारको अध्ययन, अवलोकन र व्याख्याको लागि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण अगाडि सार्नु भएको छ । वास्तवमा माक्र्सवादको आर्थिक पक्ष वैज्ञानिक समाजवाद हो । यसको राजनैतिक पक्ष सर्वहारा श्रमजिवी जनतको राज्यसत्ता र सामाजिक पक्ष वर्गसंघर्षको सिद्धान्त हो । माक्र्सवादको दार्शनिक पक्षले विरोधीतत्वहरुको एकताको नियम, संख्यात्मक विकास र गुणात्मक परिवर्तनको नियम र निषेधको निषेध नियममा आधारित भई जीवन र जगतको व्याख्या गर्दछ ।

माक्र्स जयन्तिमा माक्र्सलाई स्मरण गरिरहँदा नेपाली कम्युनिष्ट शीर्ष नेताहरुले आत्मसमीक्षा गर्दै नेपाली कम्युनिष्टहरुले व्यवहारतःमाक्र्सवादलाई सही अर्थमा अङ्गिकार गर्न नसकेको, कम्युनिष्ट मूल्य,मान्यता विपरीत जीवनशैली अवलम्वन गरेको, समूहमा भएर पनि एक्लो र कमजोर भएको भनी स्वीकार गरेको देखिन्छ । हुन पनि हरेक अनियमितता र घोटलामा कम्युनिष्ट भन्नेहरुको यो वा त्यो ढङ्गको संलग्नताले कतै नेपाली कम्युनिष्ट आन्दोलन नाफाखोर दलालहरुको माखेसाङ्लोमा पर्ने त होइन भन्ने आशंका उब्जन्छ । अतः नेताहरुले भनेझै यो २०१ औं माक्र्स जयन्तिले नेपाली कम्युनिष्टहरुलाई नेपाली जनताको विश्वास र भरोसामा तुषारापात नहुने गरी परिस्कृत र परिमार्जित तथा साँचो अर्थमा वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्ने पार्टी बनाउने प्रेरणा र सफलता प्राप्त गरोस् ।

  • सन्दर्भ कार्ल–माक्र्सको २०१ औं जन्मजयन्ती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0