Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तालिमलाई व्यवसायिकमूखी बनाऔं–शाक्य

प्रभातफेरी अनलाइन ६८५५ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १७, शुक्रबार (६ साल अघि)
तालिमलाई व्यवसायिकमूखी बनाऔं–शाक्य

बनेपा-वडावासीहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ शुरु गर्न लागिएको एक महिने एडभान्स सिलाई तालिम कार्यक्रमको दिप प्रज्वलित गरी शुभारम्भ गर्दै बनेपा नगरपालिकाका बडा नं. ७ का वडा अध्यक्ष वर्ण शाक्यले उक्त भनाई राख्नु भएको हो ।

बनेपा एक त व्यापारी नगरी हो भने अर्काेतिर स्वरोजगार पूर्ण नगर पनि हो । यहाँका प्रत्येक घरका महिला एउटा न एउटा सिपले निपूर्ण छन् । तथ्याङ्क त छैन तर प्रतिशत कै हिसाब गर्ने हो भने करीब ९७ प्रतिशत गृहणी आत्मनिर्भर छन् बनेपामा । हिजोको परम्परागत सिपलाई आधुनिकतामा परिणत गर्नु आवश्यक छ । त्यसैले पनि ७ नंं वडा दक्षजनशक्ति निर्माणका लागि दत्तचित्त छ । प्रत्येक परिवारमा आत्मनिर्भरताको शिप विकास गर्नु हाम्रो दायित्व हो । ७ नं. वडालाई नगर कै नमूना वडाका रुपमा स्थापित गर्नु हामी जनप्रतिनिधिको दायित्व भएको वडा अध्यक्ष शाक्यको धारणा थियो । उहाँको थप कथन थियो–परम्परागत पर्वहरु, संस्कृति, संस्कारको जगेर्ना गर्नु अर्काे दायित्व पनि हो भन्दै लोपोन्मुख अवस्थामा पुगेका परम्परागत बाजागाजाको संरक्षणमा वडाको विशेष चासो रहने पनि सो अवसरमा अध्यक्षले बताउनु भयो ।

कार्यक्रममा संचारकर्मी प्रल्हाद शर्मा हुमागाईले तालिम तालिममै सिमित हुनु हुन्न । यो चलाएमान हुनु पर्छ । बेच्न सक्ने हुुनु पर्छ भन्दै तालिम पश्चात् प्रमाण पत्र सिरानीमा राख्ने संस्कारको अन्त्य गरिनु पर्छ भन्नु भयो । तालिमको सार्थकता त्यतिबेला पूर्ण हुन्छ जति बेला तपाईहरुले सिकेको सिप व्यवसायमा परिणत हुन्छ । अहिले एउटै व्यक्ति विभिन्न विधामा हात हालेको छ । जसले गर्दा उ अधकल्चो बनेको छ । कुनैमा पनि निपूर्णता छैन । त्यसैले कुनै एउटा विषयमा विज्ञता हासिल गर्नु पर्छ । यदि त्यसो गर्न सक्नु भएन भने तालिमको कुनै अर्थ रहँदैन । सिपलाई आयश्रोतका रुपमा परिभाषित गर्न सक्ने क्षमता राख्न पनि हुमागाईले आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा सदस्य एवं बौद्धिक व्यक्तित्व अनिल भैलको कथन थियो–तालिम तालिममै सिमित नहोस् यसले तालिम प्राप्त व्यक्तिलाई जीविको पार्जनको साधन बनोस् भन्नुहुँदै आपूmले सिकेको सिप बाँड्ने संस्कारको विकास गरौं । जसले गर्दा सिपमा पनि वृद्धि हुन्छ, आत्मनिर्भर पनि बनिन्छ भन्नु भयो ।
त्यत्तै अर्का वक्ता वडा सदस्य साजन मुस्याजु–तालिमले बेरोजगारको अन्त्य हुनेमा आपूm आशावादी रहेको धारणा राख्नु हुँदै आपूmले सिकेको सिप श्रममा परिणत गर्न सकियो भने मात्र तालिमको महत्व झल्किने धारणा राख्नु भयो ।

कार्यक्रमका सभाध्यक्ष एवं प्रशिक्षक सुनिता बैद्यको भनाई थियो–सिलाई एउटा अस्त्र हो त्यसको प्रयोग गर्न सके कसैको दास बन्नु पर्दैन । अहिले पनि परम्परागत ढंगबाट सिलाई सिक्नेहरु प्रत्येक घरमा नभएका होइनन् । फरक यति हो की समय सापेक्षित ढंगबाट आपूmलाई परिमार्जन गर्न नसकिरहेको अवस्थामा वडा समितिले जुन सहयोग गरेको छ यसका लागि म प्रशिक्षक मात्र होइन प्रशिक्षार्थीहरुले पनि मुक्तकण्ठले वडा समितिलाई धन्यवाद व्यक्त गरेका छन् ।
यस किसिमको स्वरोजगार बन्ने अवसर यो तालिमले प्रदान गर्नेमा हामी सबै ढुक्क छौं भन्नु हुँदै प्रशिक्षक सुनिता वैद्य थप्नु हुन्छ– हाम्रो चुलोमा नेतृत्व आपैm आएर आगो पूmकिदियोस भन्ने होइन । तर यस किसिमको वातावरण बनाईदिनु प¥यो । अनि चुलोका आगो पूmके सरहनै हुनेछ । जसले आत्मनिर्भर बनाउन अंकुश लगाउँनेछ । जब परिवारमा गृहणी आत्मनिर्भर बन्छिन् त सिंगो परिवार संमृद्ध हुन्छ । त्यसैले प्रत्येक बस्तीका गृहणीले आपूmलाई पनि चनाखो बनाउन जरुरी छ भन्नु हुन्छ प्रशिक्षक बैद्य ।

उक्त शुभारम्भ कार्यक्रमको संचालन सिलाई प्रशिक्षक अनु वैद्यले गर्नु भएको थियो । तालिम आषाढ १० मा सम्पन्न हुनेछ ।

  • तालिमलाई व्यवसायिकमूखी बनाऔं–शाक्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0