पनौती-स्वास्थ्य कार्यालय काभ्रे र पनौती नगरपालिकाको संयुक्त आयोजनामा विहिबार पनौती नगरपालिका स्तरिय १ दिवसीय डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा पनौती नगरपालिकका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले उक्त भनाई राख्नु भएको हो । यदि प्रत्येक नागरिकमा नगरलाई स्वस्थ राख्ने चाहाना छ भने पहिला चरित्र परिवर्तन गर्न आवश्यक छ । यदि त्यसो भयो भने मात्र पनौतीमा डेंगु रोगको कल्पना समेत गर्न नपर्ने बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका डेंगु रोग कन्ट्रोल निरीक्षक परशुराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै काभ्रेको ट्रान्जिट प्वाइन्ट भनेको बर्दिवास हो । त्यहाँबाट एडिस एजिप्टाइ नामक लामखुट्टे भित्रीने खतरा छ भन्नु हुँदै शहरोन्मुख नगरमा व्यापक रुपमा देखिएको पुराना गाडिका टायर यसको वासस्थान भएकोले पनि डेंगुको खतरा नगरहरुमा बढी देखिएको छ । त्यसैले पुराना टायर, कवाडी सामानहरुको सही व्यवस्थापन गर्न जरुरी छ भन्नु हुँदै कार्यपत्रलार्ई यसरी प्रस्तुत गर्नु भयो ।
डेंगु रोग नियन्त्रण गर्न लाम्खुट्ेको वासस्थान खोजि गरी लार्भा नस्ट गर्ने अभियान संचालन तथा अभिमुखिकरण-अन्र्तक्रिया
कार्यक्रमको उद्धेश्य
१. डेंगु रोग सम्वन्धी जानकारी गराउने ।
२. डेंगु रोग वाट हुने अशक्तता तथा मृत्यु दरलाई घटाउने ।
३. डेंगु रोगवाट हुने प्रकोपको समयमै पहिचान गरी यस वाट हुने धन जनको क्षतीलाई न्युनीकरण गर्नु ।
४. Team लाई Recording & Reporting Forms tyf Reporting System को वारेमा जानकारी गराउनु ।
५. डेंगु सर्भिलेन्स सम्वन्धमा जानकारी गराउने तथा Reporting System लाई मजवुत पार्ने वारे छलफल गर्नु ।
६. RRT/CRRT वारे जानकारी गराउनु ।
आशातित प्रतिफल
१. डेंगु रोग सम्वन्धी जानकारीपाई यस वाट हुने अशक्तता तथा मृत्यु दर घट्ने छ ।
२. डेंगु रोग को वारेमा पहिचान र सहि उपचाको वारेमा सक्षम हुने छ ।
३. डेंगु रोग वाट हुने प्रकोपको समयमै पहिचान गर्न सक्षम भई यस रोगवाट हुने धनजनको क्षतीलाई न्युनीकरण गर्न सक्षम हुने छ ।
४. Reporting System लाई मजवुत पारिने छ ।
रजिस्टेशन
परिचयात्मक कार्यक्रम
स्वागत÷कार्यक्रमको उद्देश्य तथा अपेक्षित प्रतिफल
प्रकोपजन्य रोग भनेको के हो र नेपालमा समश्याको रुपमा देखापरेका प्रकोपजन्य रोग कुन कुन छन् ।
औलो रोग र यसको उपचार तथा वच्ने उपायहरु
सर्भिलेन्स भनेको के हो र प्रकोपजन्य रोगमा सर्भिलेन्सको महत्व
डेंगु तथा चिकनगुनया, जिका, स्क्रवटाईपर रोगहरु र यसको उपचार तथा वच्ने उपायहरु
रेविज रोग के हो र यसवाट वच्ने उपायहरु
समापन
डेंगु के हो ?
= यो लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो
= एडिस एजिप्टाई (Aedes aegypti) जातको संक्रमित लामखुट्टेको टोकाई बाट मात्रै यो रोग सर्दछ
= यो लामखुट्टेलाई Tiger Mosquito पनि भनिन्छ
= वर्षातको मौसममा महामारीको रूप लिने गर्दछ
नेपालमा डेँगू
= प्रथम पटकस् सन् २००४ मा भेटिएको
= सन् २००६ मा तराइ र भित्री मधेशका ६ जिल्लामा ११ जना डेँगू रोगीको पहिचान गरी चर्चामा आएको हो ।
= हाल विश्वका १०० भन्दा बढ़ी देशमा यो रोग फैलिएको छ
= संसारको ४० प्रतिशत जनसंख्या यो रोगको जोखिममा छ
= मुख्यतः तातो हवापानी भएका सहर र सहरोंमुख वस्तीहरुमा बढ़ी मात्रामा पाइन्छ
कारण
= डेंगु भाईरस
= यो भाईरसका चार ४ प्रजातिहरु छन
DEN-1, DEN-2, DEN-3, DEN-4
= जुनसुकै प्रजातिबाट पनि यो रोग लाग्न सक्छ
डेंगु रोग
= लक्षण नहुने
= लक्षण हुने
= क्लाससिकल डेंगु
= डेंगु हेमोरेजिक फीवर
= म्भलनगभ ज्झयचचजबनष्अ ँभखभच ९म्ज्ँ०
= डेंगु शक सिंड्रोम
= Dengue Hemorrhagic Fever DHF
=Dengue Shock Syndrome (DSS)
लक्षण र चिन्ह
= संक्रमणकालस् ३ , १० दिन
= एक्कासी उच्च ज्वरो आउनु १०२ देखि १०३ डिग्री सम्म
= टाउको दुख्नेः विशेष गरी अगाड़ीको भाग
= पेट दुख्ने
= वाकवाकी लाग्ने
= आँखाको गेडी दुख्ने
= जोर्नी दुख्ने
= जीउ सबै दुख्ने
= रातोरातो बिमिराहरु देखा पर्नु
= सामान्यतः ज्वरो आएको ३,५ दिन पछि देखापर्दछ
= एउटा लामखुट्टेको जीवन काल जम्मा १४,२१ दिन को हुन्छ
= एउटा लामखुट्टेले आफ्नो जीवन भर ३०० वटा सम्म अण्डा पार्ने गर्दछ
= संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन्
= यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ
= यो लामखुट्टेले सामान्यत उज्यालोमा टोक्ने गर्दछ
= यो लामखुट्टे १०० मीटरको परिधि भित्रै सिमित रहन्छ
= यो लामखुट्टेले सामान्यतः जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ
रोग नियन्त्रण (RRT) प्रकोप शाखा
= किटजन्य रोगहरु
= महामारी जन्य रोगहरु
= जनावरवाट सर्ने रोगहरु
= भुकम्प, वाडी पहिरो,आगलागी तथा सडक दुर्घटना आदी
नेपालमा प्रकोपको रुपमा देखिने गरेका रोगहरु
= पानीजन्य रोग – झाडापखाला, हैजा, टाइफाइड, आउँ रगत, भाइरल जन्य झाडा पखाला, भाईरल हेपाटाईटिस आदी ।
= किटजन्य रोग- औलो, स्क्रपटाइपस, कालाजार, डेंगु , जापानिज इन्सेफ्लाइटिस, आदी ।
= खोक्दा हाछ््यूँ गर्दा हावाको माध्यमबाट – टि.वि.,भाइरल इन्फ्लुएञ्जा, दादुरा, ठेउला, मेनिन्गोकोकल मेनिन्जाईटीस, Meningococcal Meningitis) / Acute Respiratory Infections आदी ।
= खानाजन्य- बिषाक्त खाना, बिषाक्त फलफुल तथा तरकारी, बिषाक्त भोज, विषाक्त रक्सी, बिषाक्त च्याउ आदी ।
= सम्पर्कबाट सर्ने रोग (Contact) M STI, HIV/AIDS, Hepatitis B and C, ट्कोमा (Trachoma ) , लुतो आदी
= जुनोटिक (पशुपन्छी)- रेविज, A (H5N1), Influenza A (H1N1) ,Leptospirosis, Brucellosis आदी
RRT को संरचना
= केन्द्रीय CRRT EWARS
= क्षेत्रिय – RRRT
जिल्ला ( – DRRT अस्पताल
= समुदाय –CRRT
= स्वास्थ्य संस्था
= निजि स्वास्थ्य संस्था
= समुदायमा रोगी भए वा रोगको महामारी भयो
= जिल्ला RRT.
= समुदाय – CRRT
६ वटा नगरपालिका CRRT
७ वटा गाऊपालिका CRRT
CRRT केन्द्रमा आवश्यक औषधीहरु Buffer Stock को रुपमा राखिने छ
जिल्ला RRT
= स्वास्थ्य प्रमुख
= जनस्वास्थ्या अधिकृत
= तथ्याङ्क अधिकृत
= सम्वन्धित फांटको फोकलपर्सनहरु
= मेडिकल अधिकृत
= हे.अ.÷सि.अ.हे.व÷अ.हे.व
= स्टाफ नर्स÷सि.अ.न.मी.÷अ.न.मी.
= ल्याव
= RRT फोकलपर्सन
समुदाय – CRRT नगरपालिका ÷गाऊपालिका
ड्ड स्वास्थ्य संगोजक – १ जना
ड्ड मे.अ.÷ हे.अ. – १ जना
ड्ड सि.अ.हे.व÷अ.हे.व – १ जना
ड्ड स्टाफ नर्स÷सि.अ.न.मी.÷अ.न.मी. – १ जना
ड्ड ल्याव – १ जना
जम्मा – ५ जना
ड्ड स्वास्थ्यसंग अन्तरसम्बन्ध भएका सरकारी तथा गैह्सरकारी संघ संस्था र अन्य निकायहरुसंगको समन्वयलाई मजवुत पार्ने
ड्ड जिल्लामा÷गा.पा.÷न.पा. मा भएका सरकारी तथा निजि अस्पतालहरु संग समन्वय गर्नु पर्ने छ ।
ड्ड रिपोर्टिङ्ग सिस्टमलाई व्यवस्थित गर्दै लानु पर्ने छ ।
ड्ड अन्तरगतका अस्पतालहरुवाट रिपोर्टिङ्ग सिस्टमलाई व्यवस्थित गर्दै लानु पर्ने बताउँदै निरीक्षक श्रेष्ठको कथन थियो–काभ्रेका सबै स्थानिय निकायहरुले यस बारेमा गम्भिर हुन जरुरी छ भन्नु भयो ।
कार्यक्रममा विशेषगरी स्वास्थ्य स्वयं सेविकाहरु केन्द्रीत भएकोले पनि उहाँहरुको बाक्लो उपस्थिति थियो । उहाँहरुको समग्र आवाज थियो नगर दुषित बनाउन नगरका प्रतिष्ठित व्यक्तिहरु लागि परेको गुनासो पोखेका थिए । लाखौं पर्नै कुकुरलाई लगेर सार्वजनिक स्थानमा शौच गराएर सार्वजनिक स्थललाई दूषित बनाएका छन् भन्नु भएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकास पार्दै पनौती नगरपालिकका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाको कथन थियो “यो सबै संक्रमणको अन्त्य सकारात्मक सोचको विकास गर्न सके अन्त्य हुने भएकोले स्वास्थ्य शाखा नगरवासीलाई सुसुचित गर्न कुनै पनि कसुर बाँकी नराख्ने बताउनु भयो ।”
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |