Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँच वर्षको तलब–भत्ता सामाजिक काममा खर्चीन्छु, पाँचखालका ३ हजार युवालाई रोजगारी दिने लक्ष लिएका छौं

प्रभातफेरी अनलाइन ११६६३ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १९, आईतबार (६ साल अघि)
पाँच वर्षको तलब–भत्ता सामाजिक काममा खर्चीन्छु, पाँचखालका ३ हजार युवालाई रोजगारी दिने लक्ष लिएका छौं

महेश खरेल
प्रमुख (मेयर)
पाँचखाल नगरपालिका

काभे्रपलाञ्चोक जिल्लाको पर्यटकिय तथा धार्मीक एवं ऐतिहासिक महत्व रहेको साविक खरेलथोक गा.वि.स वडा नं ४ हाल पाँचखाल नगरपालिका वडा नं ११ मा पिता राजेन्द्र खरेल तथा माता देवकी खरेलको कोखबाट जन्मनु भएका महेश खरेल बाल्य कालबाटै आफ्नो जन्मभूमिको सेवा गर्न रुची राख्ने स्वभाव भएको उहाँका दौतरीहरुको भनाई छ ।

हालको पाँचखाल नगरपालिका वडा नं ११ खरेलथोकमा रहेको भगवती माध्यमिक विद्यालय बाट कखरा सुरु गरी गुणस्तरीय उच्च शिक्षाको लागि अमेरीका पुगी एम.वि.ए सम्मको शिक्षा हासिल गर्नुभएका खरेल १४ बर्ष सम्मको लामो अमेरीका बसाई पछी नेपाल फर्केर राजनीतिक क्षेत्रमा प्रवेस गर्नु भएको छ । २०४३ साल बाट बालकांगे्रसको रुपमा राजनीतिमा प्रवेश गरी २०४७ सालमा बाल कांगे्रसको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका खरेलले २०५३ सालमा ने.वि.संघको क्षेत्रिय सभापतिको जिम्मेवारी पाउनु भएको थियो । २०५४ सालमा अध्ययनको लागि अमेरीका पुग्नुभएका खरेलले २०६४ सालमा नेपाली कांगे्रस अमेरीका स्थित जनसंम्पर्क समितिको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

अमेरीकामा १४ बर्ष लामो वसाई पछि जन्मभूमिमा केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ २०६८ सालमा नेपाल फर्कीएर सकृय राजनीति सुरु गर्दै गर्दा २०६९ सालमा तरुण दलको केन्द्रिय सदस्यको जिम्मेवारी सम्हाल्दै २०७२ मा काभे्र क्षेत्र नं ४ को क्षेत्रिय सभापति जिम्मेवारी पाउनु भएको थियो । त्यसैगरी २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिई निर्वाचित पाँचखाल नगरपालीकाको प्रमुख (मेयर) निर्वाचित महेश खरेलसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश ….

तपाई १४ बर्ष सम्म अमेरीका बसेर आफ्नो शिक्षाको साथै व्यवसायलाई समेत सफल परीसक्नु भएको अवस्थामा किन नेपालमा आएर राजनीतिमा होमिनु भयो ?

म सधै अमेरिका बस्ने सोचले त्यहाँ गएको होईन, त्यहाँ त केवल गुणस्तरीय शिक्षाको लागि गएको थिए । उहाँ बस्दा हरेक कुरा सिकियो, किनकि म सिक्नको लागि अमेरीका गएको थिए । अर्को कुरा जन्मेपछि जन्मभूमिको मायाँ गर्नुपर्छ, त्यसको सेवा गर्नु पर्छ अनि मात्रै जन्मेको सार रहन्छ भन्ने मेरो मान्यता हो । त्यसैगरी मेरा जुज्यु हजुर्वुवा देखिकै चलन हो, जन्म भूमिको सेवागर्ने सोही कार्यलाई निरन्तरता दिनु मेरो कर्तव्य हो ।

त्यसैले नेपालमा आएर राजनीतिमा प्रवेश गरे । अर्कौ कुरो म अमेरीकामा बसेर सुखै सुखमा समय विताउने अनि म जन्मेको गाउं, म जन्मेको देश , अनि मेरा सहपाठी साथीहरुका साथै सम्पुर्ण नेपालीहरु समस्या नै समस्यामा पिल्सनु पर्ने भयो भने मैले अरुको मुलुकमा सुख गरेको के अर्थ ? होला—मलाई अमेरीकामा जति शुख नेपालमा नहोला तर मेरो मनमा धेरै शान्ति मिलेको छ । किनकि आफ्नै जन्मभूमिको सेवाको लागि अगाडी बढेको छु, मलाई सिंगो पाँचखाल नगरका सम्पुर्ण नगरवासिले साथ दिनु भएको छ । उहाँहरुको साथ सहयोगले गर्दा धेरै हौसला मिलेको छ, त्यसैले नगरवासि मेरा शुभ चिन्तक तथा अभिभावकहरुले देखाएको मार्ग पहिल्याउंदै अगाडी बढ्दै जन्मभूमिको सेवा गर्छु ।

जन्मभूमिको सेवा गर्न राजनीति भन्दा अरु विकल्प हुदैन र ? तपाईलाई राजनीतिमा लाग्ने पे्ररणा कसरी मिल्यो ?

आफु जन्मेको ठाउं, अन्मेको देशको हितको लागि कार्यगर्न राजनीति मात्रै चाहिन्छ भन्ने होईन । बिभिन्न माध्यमबाट जन्मभूमिको सेवा गर्न सकिन्छ । तर मैले राजनीतिकको माध्यमबाट सेवा गर्ने मार्ग रोजे । मेरो अमेरीका वसाईको क्रममा मेरा अग्रजहरुको सुझाव, आम जिल्लावासिको चाहना साथै मेरा जिज्यु बुवाको पालादेखी जन्मभूमिको सेवागर्ने मार्ग राजनीतिक रोजेकोले त्यसैलाई निरन्तरता दिय ।

अर्को कुरो राजनीतिमा लाग्ने प्रेरणाको बिषयमा सोध्नु भयो, जुन प्रश्नले गर्दा मलाई मेरो पिता राजेन्द्र खरेल, हजुरवुवा देविप्रसाद खरेल, जिज्यु हजुर बुवा कृष्णप्रसाद खरेलकोे जेल जिवनको याद आयो, जुन सम्झनाले गर्दा आजपनि मेरो मन भक्कानिएर आउंछ । मेरो जीज्यु हजुरबुवा सरकारी जागीरे गर्दै गर्दा कृष्णप्रसाद कोईरालालाई राजनीतिमा सघाएको अभियोग लगाएर चन्द्र शम्सेर राणाले जेलमा हाल्यो, त्यतीमात्र नभएर जेलमा बसेकै अवस्थामा दुधमा बिषादि मिसाएर खुवाएर हत्या गरिदियो । त्यसैगरी मेरो हजुरबावा देविप्रसाद खरेल सरकारी शुब्बाको जागीरे हुनुहुन्थ्यो, उहाँ प्रजातान्त्रीक पक्षधर भएकै आधारमा राजद्रोहीको मुद्धा लगाएर जेलमा हाल्यो । २०१७ सालमा राजा महेन्द्रले “कु” गरेपछि प्रजातान्त्रिक पक्षमा उत्रिदा चरम शारिरिक यातना सहित पटक पटक गरी ८ बर्ष जेल हाल्यो ।

त्यसैगरी मेरो पिता राजेन्द्र खरेललाई पञ्चायतको विरुद्ध राजनीति गरेको भन्दै २०४२ सालमा पञ्चायतले जेल हाल्यो । बुवालाई धुलिखेल कारागारमा भेट्न जाँदा पञ्चायतका प्रहरीले बुवा प्रति गरेको व्यवहार प्रत्यक्ष रुपमा नियाले । पञ्चायतका शासकहरुको व्यवहार प्रति घिन लाग्यो, जनताहरुलाई दिएका पिडा र पञ्चायतका आसेपासेको मोज मस्ति देख्दा मलाई राजनीतिमा प्रवेश गरी पञ्चायतको विरुद्धमा उत्रिदै शासकहरुको अन्त्य गरी जनताको सेवकहरुको विकास गर्नु पर्छ भन्ने प्रण गर्दै राजनीतिमा होमिय ।

पाँचखाल नगरपालिकाको मेयरको रुपमा निर्वाचित हुनुभयो, तपाईले लिएको लक्ष पुर्ण गर्न कसरी अगाडी बढ्नु भएको छ ?

मैले लिएको लक्ष पुर्ण गराउने बिषयमा पाँचखालका नगरवासिहरुले पुर्ण रुपमा साथ दिनुभएको छ । नगरवासिले मलाई जसरी विस्वास गरेको छ, त्यो विस्वासलाई आत्मासाथ गर्दै नगरवासिको चाहना अनुसार उहाँहरूमा आधारभूत आवश्यकता पूरा गरौं भन्ने सोचका साथ कार्य गर्दै छु । निर्वाचित भएपछि जिम्मेवारी बढेको र उत्साह थपिएको अनुभूति भइरहेको छ । यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्नुलाई मैले अवसरको रूपमा लिएको छु । नगरवासिको सेवकको रुपमा काम गरी रहेको छु । झण्डै दुई दशक सम्म जनप्रतिनिधिको अभावमा समस्या भोग्दै आएका नगरवासिहरुको आवश्यकता परिपूर्ति गर्दै काम गरिरहेका छौं । नगरवासिको समस्यालाई हामी जनप्रतिनिधिको आफ्नै समस्या सम्झेर अगाडी बढ्दै प्रशासनिक कार्यलाई व्यवस्थित र चुस्त पारेका छौं ।

तपाईले नगरवासिहरुलाई खुसिका साथ हंसाउन के—कस्तो नयाँ ढंगको योजना ल्याउनु भएको छ ?

हामी जनप्रतीनिधिहरु निर्वाचित हुने वित्तिकै नगरवासिहरुको हितको लागि कार्य गर्ने दिर्घकालिन योजनाको साथमा अगाडि बढेउ । स्थानिय तहको जिम्मेवारी सम्हालेको पहिलो बर्ष प्रतीनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमै अलमल भयो । पहिलो बर्ष जनप्रतीनिधि तथा कर्मचारीहरु बस्ने ठाउको व्यवस्था गरेउ । केही समय नीति तथा नीयमका बिषयमा अन्योलले गर्दा अलमलमा केही समय खेरगयो । अन्योलहरु हट्दै स्प्रस्ट भएपछि अगाडी बढ्ने जमर्को गरियो । नगरवासिको चाहनालाई मध्यनजर राख्दै योजना निर्माण गर्ने कार्य सुरु गरेउ । जसमा कृषि ,सडक, पानी, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै अगाडी बढ्ने निर्णय गरीयो सोही कार्यहरुलाई निरन्तरता दिदै हामी जनप्रतीनिधिहरु एक जुटका साथ अगाडी बढेका छौं ।

पाँचखाल नगरवासिको पहिलो आवश्यकता भनेको खानेपानी हो , सो समस्या समाधानको लागि दीर्घकालीन ढंगको योजना खोजेका छौं । जसको लागि सुनकोशीबाट पानी ल्याउने योजनालाई छिटो अघि बढाउन नगर विकास कोषसँग अनुरोध गरीरहेका छौं । पूर्वमन्त्री दीपक खड्कासँग पहल गरेर पाँचखालमा खानेपानीको योजना पार्न सफल भयौं । २ अर्ब २२ करोडको एडिभीको फन्डिङ ल्याउन सक्यौं । उपभोक्ताको तर्फबाट जम्मागर्नुपर्ने रकम जम्मा गर्ने क्रम तिब्र गतिमा अगाडी बढेको छ । निर्वाचनको समयमा पाँचखालमा खानेपानीको समस्यालाई समाधान गर्छु भन्ने प्रतिबद्धता गरेको थिए । कुनै पनि हालतमा जे जस्तो सुकै अवस्थामा पनि पाँचखालको गौरवको रुपमा रहेको उक्त खानेपानी योजना सफल गरेरै छाड्छौं । जुन कार्यको लागि पाँचखालमा रहेका सवै दलहरु सकृय ढंगबाट अगाडी बढेको छ । कुमार लामिछानेको अध्यक्षतामा गठित खानेपानी उपभोक्ता समितिले कार्यलाई तिब्र गतिमा अगाडी बढाएको छ ।

म पाँचखाल नगरको मेयरमा निर्वाचित भएपछि नगरमा दुइ वटा रिङरोड बनाउने लक्षका साथ डिपिआर तयार भइसकेको छ । पाँचखाल नगरपालिकामा सुनकोशीबाहेक अरु खानेपानीका स्रोत बनाउने योजना पनि सुरु भइसकेको छ । नगरपालिकाभित्र १ सय ८ स्थानमा पोखरी बनाउँने लक्षका साथ अगाडी बढेका छौं । केही ठाउमा बनिसकेको छ, र बन्दैपनि छ । दुलालथोकमा १२ लाख लिटर पानी रिचार्ज हुने गरी पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पाँचखालको बिकास निर्माणको अवस्था के कस्तो रहेको छ ? बिकास निर्माण कार्य गर्दा चुहावट भएको छ की छैन ?

पाँचखालको समग्र विकासको सवालमा जननिर्वाचितसंग नगरवासिले आशा धेरै राख्नु स्वभाविकै हो । विकास निर्माणको लागि केन्द्रबाट जे जति बजेट प्राप्त गर्नु पर्ने थियो हामिले प्राप्त गर्न सकेनौ । आन्तरिक स्रोतबाट नगरमा धेरै आम्दानी छैन । नगरवासिहरुलाई करको भारि बोकाएर आम्दानी गर्नु भन्दा करको दायरालाई अन्य नगरको तुलनामा ८० प्रतिशत कम गरेका छौं । जसको कारण अपेक्षा जति बिकास निर्माण गर्न सकेका छैनौ । तरपनि केन्द्र, प्रदेशबाट आएको र यहाँको स्रोतहरुलाई सदुपयोग गर्दै बिकास निर्माणको कार्य गरेका छौं । विकास निर्माण कार्यको लागि टेण्डर र उपभोक्ताको मार्फत काम गर्ने वातावरण तयार गरेका छौं । जसले गर्दा बिकास निर्माणको कार्यमा कुनै चुहावट भएको छैन ।

पाँचखालको शैक्षिक क्षेत्रमा सुधारको लागि केही नयाँ योजना ल्याउनु भएको छ ?

पाँचखालको शैक्षिक क्षेत्रमा सुधार गर्नको लागि, काठमाडौ विश्वविद्यालयका भिसि डा. रामकण्ठ माकाजुसंग सहमती गरेर पाँचखालमा एग्रीकल्चर एण्ड टेक्नोलोजिको शाखा विस्तार गर्नको लागि हामिले पाँचखाल वडा नं २ टाँकेमा ५ सय रोपनि जग्गा दिने निर्णय गरीसकेका छौं । त्यसको लागि आइ..इइको काम पनि अन्तिम चरणमा पुगेको छ, क्याविनेट बोर्डबाट टुंगो लाग्ने वित्तिकै भौतीक संरचनाहरु वन्नेछ र सो स्थानमा कृषि क्याम्पस संञ्चालन हुने छ । जुन कलेजको कारण विद्यार्थीहरु मात्र नभएर पाँचखालका कृषकहरुलाई समेत फाईदा पुग्ने हुन्छ । एस.ईई पास गरेर बसेका विद्यार्थीहरुलाई प्राबिधिक तालिम प्रदान गरी युवाहरुलाई सक्षम बनाउने योजना बनाएका छौं । जसको लागि १ हजार युवाहरु छनोट गर्ने तयारी गर्दै छौं । हाम्रो तार्गेट भनेको ३ हजार युवाहरुलाई कित रोजगारी दिने कित रोजगारीको लागि तालिम दिने ढंगले अगाडी बढेका छौं ।

“पाँचखाल नगर कृषि शहर” भन्ने मुल नारा रहेको छ , तरकारी तथा फलफुलको लागि धेरै संभावना रहेको गनगरमा कृषिमा के कस्तो योजना ल्याउनु भएको छ ?

कृषिको लागि अत्यन्त उर्वरा भूमिको रुपमा रहेको पाँचखालवासिहरुलाई कृषिकै माध्यमबाट अगाडी बढाउने लक्ष लिएका छौं । कसरि कृषिमा लागत खर्च घटाउने र अम्दानी बढाउन सकिन्छ भन्ने उद्देश्यले हामी अगाडी बढेका छौं । कृषकले उत्पादन गरेको तरकारी सुपथ मुल्यमा बेचविखन गर्नको लागि आवस्यक तयारी गर्दैछौं । पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादीको अवषेस छैन तर अनावश्यक हल्ला फिजाएर पाँचखालको तरकारीलाई पछि पार्ने काम भएको छ ।

हामीले पाँचखालमा उत्पादन भएको तरकारीहरु परिक्षण गरी सकेका छौं । अव पाँचखालमा उत्पादन भएको तरकारीको लोगो सहित बजार पठाउने तयारीमा छौं ।
कृषि क्षेत्रलाई उकास्न हामीले धेरै योजना बनाएका छौं । प्रबिधिबाट खेति गराउने उद्देश्यका साथ कृषकहरुलाई अनुदानमा हाते ट्याक्टरहरु उपलब्ध गराएका छौं । सोही अनुसार वडा नं ९ का कृषकलाई ट्याक्टर बितरण गरी सकेका छौ । क्रमस नगरका सवै वडामा बितरण गर्दै जान्छौं । त्यसैगरी मौरीको हप क्षेत्र बनाउने उद्देश्यले पाँचखालको वडा नं ७ , ८, ९ , १०, ११ र १३ मा मौरी सहित घार वितरण गर्ने कार्य भएको छ । गरिवसंग बिसेश्वर कार्यक्रमबाट आएको बजेट मध्य २ सय ४४ घार बितरण गरेका छौं । हालको वितरणले सवैलाई पुगेको छैन मौरी पाल्ने कृषकहरुलाई तालिम दिई मौरीको व्यवस्थापन तथा घार बृद्धि गर्दै मौरी हपको रुपमा अगाडी बढाईने छ ।

पाँचखालको वातावरण अलि प्रदुषित छ भन्ने सुन्नमा आएको छ , व्यवस्थापनको लागि के सोच्नु भएको छ ?

पाँचखालमा विगतबाट इट्टा भट्टाहरु संञ्चालनमा आएको रहेछ । जुन उद्योगहरु संञ्चालनको समयमा मापदण्ड पुरा नगरी संञ्चालन गेरेको रहेछ । जुन कारणले गर्दा भट्टाबाट आएको धुवाले गर्दा वातावरण प्रदुषण भएको पाएका छौं । त्यसले गर्दा यसै वर्षदेखि हामीले यो समस्या समाधानको लागि तयारी गरेका छौं । हामी निर्वाचित हुनु अगाडी भट्टा चलिरहेका थिए । आगामी वर्षदेखि मापदण्ड नपुगेका इँटाभट्टा बन्द हुन्छन् । वातावरण मन्त्रालयमा गएर यहाँको समस्या राखिसकेका छौैं । त्यसैगरी झिंगु खोलामा भएको फोहोराई व्यवस्थित गर्दै ठाउं ठाउमा ड्याम बाँध्ने र सो पानीबाट खेत बारीमा सिंचाई गर्ने योजना बनाएका छौं ।

सवैभन्दा महत्वपुर्ण विषय मानिने स्वास्थ्य सो बिषयमा के कस्तो योजना रहेको छ पाँचखालमा ?

पाँचखाल नगरपालिकाको प्रत्यक्ष सहभागितामा बिभिन्न अस्पतालहरुसंग सहकार्य गरेर हरेक वडा वडामा स्वस्थ्य शिबिरहरु संञ्चालन गरेका छौं । शिविरमा ७० बर्ष भन्दा माथिका बुवा आमाहरुको निःशुल्क रुपमा सम्पुर्ण परिक्षण गर्दै आएका छौं । पाँचखाल नगरलाई मोतिया बिन्दु मुक्त नगरको रुपमा अगाडी बढाउने लक्ष एिका छौं जस अनुसार शिविरहरु खडा गरी निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाएका छौं । बृद्धबृद्धाहरुलाई घरघरमै गएर स्वास्थ्य परिक्षण गर्ने र गर्भवति महिलाहरुको वडावडामा गएर स्वास्थ्य परिक्षण गर्दै भिडियो एक्स रे गर्ने वातावरण समेत मिलाएका छौं । जसको लागि नगरले एक्स रे मेसिन किनिसकेको छ ।

पाँचखाल पुरातात्वीक धरोहर मन्दिरै मन्दिरको नगरको रुपमा चिनिन्छ, सो को संरक्षणको लागि के—कस्तो योजना रहेको छ ?

पाँचखाल धार्मीक पर्यटन तथा पुरातत्वको हिषावले महत्वपुर्ण स्थान हो । पाँचखालमा राजाहरु बस्ने किल्ला रहेको साथै ऐतिहासिक मठ मन्दिर रहेको छ । पलाञ्चोक भगवति, धनलक्ष्मी , कोटदेबी , गुप्तेश्वर महांदेव, महांकाल मन्दिर लगाएतको महत्वपुर्ण ऐतिहासिक मठ मन्दिर हरु रहेको छ ।

हामिले पाँचखालमा रहेका पुराना दरवारहरुको उत्खनन सुरु गरेका छौं । पाँचखाल नगरपालिका अन्तरगत पर्ने जे जति मठ मन्रिहरु रहेका छन् त्यसको मुल समिति नगर प्रमुखको नेतृत्वमा हुनु प¥यो भन्ने स्थानियहरुको माग रहेको छ । स्थानियको माग अनुसार मुल समिति नगर अन्तर्गत ल्याउने कोशिस गर्दैछौं । त्यसरी नगर अन्तरगत आएपछि पलाञ्चोक भगवतिमा आउने भेटी, जग्गा जमिन लगाएतका सवै कुराहरु पत्ता लगाएर अभिलेख बनाई पारदर्सिं हिषावले राख्ने र पुजारीहरुलाई मासिक रुपमा तलवको व्यवस्था गर्ने छौं ।

तपाईले पाँचखाल नगरलाई के कस्तो नयाँ पन दिने सोचमा हुनुहुन्छ ?

मैले अगिनै भनि सकेको छु , म पाँचखालको सेवागर्न भनि आएको नगरवासिको सेवक हुं , म शासक होइन । मैले जे जति काम गर्छु नगरवासिको हितको लागि गर्छु । अर्को कुरा म कमाउन पाँचखाल आएको होईन, पैसाको पछि लाग्ने भए अमेरीकैमा बस्थे । पाँचखाल नगरमा मेयर भएको नाताले पाउने तलव भक्ता समेत नलिने प्रण गरेको छु । मेरो नाउमा जे जति रकम आउछ सो रकम र केही व्यक्तिगत रुपमा थप गरी दिर्घकालिन ढंगको सामाजिक काममा खर्चने छु । अर्को कुरो भनेर सुनाउने नभई कुनैपनि काम गरेर देखाउने लक्ष लिएको छ ु । पाँचखालमा रहेका युवाहरुलाई लक्षीत गरी स्वरोजगार कार्यक्रम ल्याएर रोजगारी प्रदान गर्ने छौं । जसको कारण रोजगारीको नाउमा पाँचखालका युवाहरु विदेश पलाएन हुन नपरोस ।

  • पाँच वर्षको तलब–भत्ता सामाजिक काममा खर्चीन्छु
  • पाँचखालका ३ हजार युवालाई रोजगारी दिने लक्ष लिएका छौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0