Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुणस्तरीय प्राविधिक शिक्षाको लागि काभे्र समाजको पहल

प्रभातफेरी अनलाइन ५७१७ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ३, मंगलबार (६ साल अघि)
गुणस्तरीय प्राविधिक शिक्षाको लागि काभे्र समाजको पहल

धुलिखेल-काभे्रमा प्राबिधिक शिक्षालयको आवश्यकता, चुनौती र समाधानको उपाय बिषयक एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । “काभे्रको लागि केही गरौं” भन्ने उद्देश्यका साथ अगाडी बढेको काभे्र सेवा समाजको आयोजनामा काठमाडौं विश्व द्यिालयको सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकूलपति डा. सुरेशराज शर्माले यतिखेरको आवश्यकता भनेको प्राविधिक शिक्षा भएको बताउनु भयो । उहांले थप्नुभयो विद्यार्थीहरुले कस्तो ढंगको प्रविधिक शिक्षाको माग गर्छन सोही प्रकारको गुणस्तरीय शिक्षा दिनु पर्ने बताउनु भयो । विश्व विद्यालयहरुले विश्वकै मानिसहरुले पत्याउने ढंगको गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । प्राविधिक शिक्षालय संञ्चालन गर्न कठिन छ तर आट गर्दा सफल हुने बताउंदै काभे्रमा हाल संञ्चालन हुदै गरेको प्राबिधिक शिक्षालयहरुलाई सघाउने हाम्रो कर्तत्व रहेको बताउनु भयो ।

कार्यक्रममा समाजका कार्य समितिका पदाधिकारी, स्थानीय प्रबुध्द शिक्षासेवी, सामाजिक अभियन्ता, साहित्यकार एवं पत्रकारहरुको उपस्थिति थियो । उक्त कार्यशालामा काठमाण्डौं विश्वविद्यालयका Assistant Professor  द्वय रेश्मा श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठले विश्वबजार, नेपाली बजार तथा स्थानीय काभ्रेली बजारको विस्तृत तवरले समीक्षा गर्दै समसामयिक र स्तरीय कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तोताले विश्वमा प्रचलित सफल प्राविधिक शैक्षिक प्रणालीका साथ नेपालको सन्दर्भमा मध्यमस्तरका अतिरिक्त इच्छुकलाई उच्चस्तरको शिक्षासमेत संभव हुने विषयमा जोड दिनुपर्छ भनी बताउनु भयो ।

कार्यपत्र प्रस्तोता द्वयले काभ्रेको सन्दर्भमा Kavre Technical Training Centre -KTTC सँग सम्बन्धित SWOT  विश्लेषणका साथ काभ्रेमा कृषि, अटोमोबाइल, भूमि(व्यवस्थापन, वागवानी, पशुपालन,मेशिनरी आदिसँग संबन्धित प्राविधिक शिक्षालयको संभावना औंल्याउदै काभ्रेका स्थानीय तहले व्यक्तिगत वा सामूहिकरुपमा यसमा आवश्यक पहल गरी बजार सहज बिक्री हुने उच्च वेतनभोगी मानवीय पूँजी निर्माणमा गम्भीर हुनुपर्ने तथ्य औंल्याउनु भयो।

उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल एवं केयूका विज्ञान सङ्कायका डिन प्रो.डा.कन्हैया झा, केयूकै व्यवस्थापकीय निर्देशक मुकुन्द शर्मा विशेष अतिथि हुनुहुन्थ्यो । काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाको सभापतित्वमा सञ्चालित कार्यशालामा संस्थापक अध्यक्ष प्रल्हाद के.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव निभराज जोशीले गर्नु भएको थियो । कार्यशालाको व्यवस्थापकीय कार्यको संयोजन कार्य समितिका सदस्य शिवप्रताप कार्कीले गर्नु भएको थियो ।

कार्यपत्र उपर छलफल गर्दै सहभागीले काभ्रेपलाञ्चोक जिल्ला दिनानुदिन शैक्षिक हब बन्दै गएकोले आधारभूत, माध्यमिक तहका अतिरिक्त स्नातक तहको प्राविधिक शिक्षा दिने शिक्षालयहरुको स्थापनाले सुनमा सुगन्ध हुने बताउँदै स्थानीयस्तरमा रोजगारी सिर्जना, आयस्तरमा वृध्दि गर्दै आत्मनिर्भर अर्थतन्त्रमार्फत समृध्दि सिर्जना गर्न प्राविधिक शिक्षालयबाट ठूलो योगदान पुग्ने तथ्य महशुस गर्दै स्थानीय तहलाई यश संबन्धमा विशेष पहल गर्न र स्थापित संस्था स्वयममा आत्मनिर्भर र सक्षम नबनुन्जेल केयूलाई अभिभावकत्व ग्रहण गरि सहयोगका लागि आग्रह गर्न पनि सुझाव दिनु भयो ।

  • गुणस्तरीय प्राविधिक शिक्षाको लागि काभे्र समाजको पहल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0