Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीको सद्भावना दुतमा वाचनशिरोमणी दीनबन्धु पोख्रेल

प्रभातफेरी अनलाइन ६७२६ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २१, मंगलबार (६ साल अघि)
पनौतीको सद्भावना दुतमा वाचनशिरोमणी दीनबन्धु पोख्रेल

राज्य लक्ष्मी श्रेष्ठ
पनौती-“घरघरबाट उठौं, बस्ती बस्तीबाट जुटौं, यो महान अभियानमा कोही नछुटौं, सक्नेले धेरै गरौं, नसक्नेले केही न केही अवस्य गरौं ।” मूल आशय आध्यात्मको माध्यमबाट समाजको वृहत समृद्धि गर्न सकिन्छ भन्ने उदाहरणहरु धेरै भएको चर्चा गर्दै जसरी डोलेश्वर महादेवलाई केदारनाथको शीरको रुपमा विश्वभरी परिचित गराउन सकियो । त्यसैगरी पनौती नगरीमा रहेको उत्तरप्रयागलाई पनि सवादुइअर्व ॐकार ध्वनी आश्था बीच पु¥याउने जमर्काे गर्ने वचनवद्धता वचन शिरोमणी पोख्रेलले उक्त अवसरमा गर्नु भयो ।

आध्यात्मिकताले नै मानव मात्रको समृद्धि छ । जसका कारण आज जति पनि सफलता मिलेको छ, त्यसको पछाडि आध्यात्मिक चिन्तन नै कारक छ । तसर्थ उत्तरप्रयागको पहिचान दिन सकियो भने धार्मिक पर्यटकको थप आकर्षक गन्तब्य पनौती हुनेछ । जसले पनौती नगरको मात्र नभई सिंगो मुलुककै आर्थिक पाटोमा आमूल परिवर्तन ल्याउनेछ । प्रत्येक पनौतीबासीको दैनिकी फेरिनेछ । राज्यले परिकल्पना गरेको समृद्ध नेपाल खुशी नेपालीको सपना साकार पार्न यो अभियानले एउटा ईटा थपिनेछ । यो प्रयास सफल हुनेछ । तर प्रत्येक पनौतीवासीमा चाहाना हुनु पर्छ । कुनैपनि मुलुक समृद्ध हुनका लागि उसले चालेका कदमहरुले सकारात्मक महत्व राख्नु पर्छ । तर हाम्रो मुलुकमा त्यस किसिमको क्षमतावान नेतृत्व नभएको हो की ? नगरेको हो ? त्यो छुट्याउने दायित्व नागरिकसँग सुरक्षित रहन्छ । म यहाँ समृद्ध केही मुलुकहरुका बारेमा कोट्याउने जमर्काे गर्छु । इजरायल, अमेरिका, युरोप, युएई आदि लगायतका मुलुकहरुको समृद्धि हेर्न सकिन्छ । जसले आफ्नो संविधानको प्रस्तावना मै धर्म सम्बन्धी प्रष्ट किटान गरेका छन् । जस्तो इजरायलले एक मात्र विश्वको यहुँदी राष्ट्र भनेर लेखेको छ । जसको कारण विश्वका प्रत्यक इसाइहरु एक पटक इजरायलमा पाइला टेक्न चाहान्छन् । जसले इजरायललाई संमृद्धितर्पm अगाडि बढाएको छ । त्यसको पछाडि एहुँदीहरुको आश्थाको केन्द्रविन्दु इजरायल बनेको छ । जसले पछिल्लो समय नेपालीहरुको रोजगारको केन्द्र पनि भएको छ । यो सबैको पछाडि उसले आफ्नो संविधानमा समेटेका धर्म सम्बन्धी कुराहरु नै हुन् । त्यस्तै अमेरिका जसले आपूmलाई प्रजातान्त्रिक मुलुक भन्छ, उसको संविधानमा प्रष्टसँग उल्लेख छ इसाइ धर्म सम्बन्धी जसले आफ्नो धर्मका बारेमा प्रस्ट्याएको छ । त्यस्तै अन्य मूलुकहरुका बारेमा भनिराख्नु नपर्ला । धर्मका बारेमा उनीहरु प्रस्ट छन् । तर विश्वको एक मात्र हिन्दु राष्ट्र जो सवा दुई अर्व ॐकार आश्थासँग जोडिएको छ । उनीरुको आश्थामा चोट पुग्ने गरी आन्दोलनका नाममा वा परिवर्तनका नाममा ध्वस्त पारियो । ०६२÷०६३को आन्दोलनले धर्म परिवर्तनका बारेमा बोलेको थिएन । बिडम्बना नेताहरुको चतु¥याइका कारणले धर्म निरपेक्ष भनेर विश्वको एक मात्र हिन्दु राष्ट्रलाई नष्ट गर्ने काम गरियो ।

यस किसिमको व्यवहारले संमृद्ध राष्ट्र हुन सक्छ ? प्रश्न यहाँ छ भन्नु हँुदै वाचन शिरोमणी पोख्रेल थप्नु हुन्छ–नेपालको धरातलीय यथार्थताका बारेमा भन्नु पर्दा मक्कामदिनाहर्ज गर्न राज्यले करोडौं रुपियाँ खर्च व्यहोर्दै आएको छ । यसले के देखाउछ ? त्यस्तै धर्म निरपेक्षताको नाममा क्रिष्चियन बनाउने खेल भएको छ । हेर्न सक्नु हुन्छ, परिवर्तनका नाममा । उपलब्धि गणितीय हिसाबमा पुष्टि गर्न सकिन्छ । टोलटोलमा खुलेका चर्च र गिर्जाघरहरु यसका प्रमाण हुन् । जसले हिन्दु तथा बौद्ध धर्म माथि प्रहार गरेको छ । सनातन धर्मलाई सिध्याउने खेल भएको छ ।

यसले नेपालीजनमा कुन सन्देश दिएको छ ? हो, त्यसैले नेपालमा बैदिकहरुको संख्या बढ्नुु भनेको धर्म, संस्कृतिहरुको पहिचान खुल्नु हो । पनौतीमा रहेको उत्तरप्रयागका बारेमा चित्रण गर्नु हो । बुद्धिष्टहरुको संख्या बढाउनु भनेको लुम्बिनिको महत्व दर्शाउनु हो । शान्तिका अग्रदूतको महिमा बढाउनु हो । तसर्थ प्रत्येक नेपालीजनका लागि यी विषय चुनौतिपूर्ण भएको छन् । यी विषयका बारेमा राज्य सञ्चालकबाट आशाराख्नु निरर्थक हो । तिनैले राज्यको धर्म हुदैन भनिरहेका छन् । उनीहरुले मक्का मदिना, जेरुसेलम र पशुपतिलाई हेर्ने नजर एउटै भएपछि त्यो राज्यको गरिमा कहाँ रहन्छ ? के साउदी अरबले पशुपति, लुम्बिनी र मक्कामदिनालाई एउटै नजरले हेर्छ ? यावत पक्षलाई जनजनसम्म पु¥याउन आवश्यक छ ।

तसर्थ बौद्ध विहारलाई साक्षिराख्दै प्रण गर्छु । पावनभूमि पनौतीमा रहेको उत्तरप्रयागको प्रचारप्रसारका लागि विश्वका कुनै पनि भूमिमा पाइला टेकेपश्चात मेरो उच्चारण हुनेछ–उत्तरप्रयाग पनौतीमा छ । सनातन धर्मको लागि स्थापना गरिएको पशुपति बुद्ध फाउण्डेशन जो विश्वका विभिन्न मुलुकमा छ । त्यहाँ गएर उत्तरप्रयागका बारेमा विश्वव्यापीकरणका लागि घचघच्याउने दायित्व मेरो रहने छ । विश्वका प्रत्येक ॐकार जनजनमा पु¥याउने प्रण गर्दछु । पनौतीका नागरिक समाजले जुन उद्देश्य राखेर मलाई सम्झनु भयो–आजबाट पनौतीमा रहेको उत्तरप्रयागको प्रचारकको रुपमा छानिएको छु । म आफ्नो दायित्व पुरा गर्नेछु । म पनौतीमा रहेको उत्तरप्रयागको सद्भावदुतको रुपमा अगाडि बढ्नेछु भन्ने उदुघोष वाचणशिरोमणी पोख्रेलले कार्यक्रममा व्यक्त गर्नु भयो । आफ्ना प्रत्येक पाइलामा पनौतीमा उत्तरप्रयाग छ भन्ने सन्देश प्रवाह गर्नेछु । यो मेरो प्रकल्प हो भन्नु हुँदै स्वस्थ, सफा, हराफरा सुन्दर नगरी पनौतीको कल्पना साकार पार्न आज जुन २२आंै हप्ता पार गरिसक्नुभएको छ सरसफाई अभियानको म यो अभियानलाई सार्थक बनाउन मेरो आगमन एक खुड्कीलो सार्थक होस् भन्ने कामना समेत व्यक्त गर्दै वाचनशिरोमणी पोख्रेलले धारणा राख्नु भयो ।

उक्त कार्यक्रममा सामाजिक व्यक्तित्वहरु, राजनीतिकर्मी मधु आचार्य, लायन रामकुमार बस्नेत, सुमित्रा बञ्जारा लगायतका व्यक्तिहरुले उत्तरप्रयाग र पनौती सरसफाइका बारेमा चर्चा गर्नु भएको थियो ।

  • पनौतीको सद्भावना दुतमा वाचनशिरोमणी दीनबन्धु पोख्रेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0