Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पहाडी भेग देखि तराइ भेग सम्म कागती खेतीको सम्भावना

प्रभातफेरी अनलाइन ८८७४ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार (६ साल अघि)
पहाडी भेग देखि तराइ भेग सम्म कागती खेतीको सम्भावना

रेनुका कार्की 

नेपालमा कागती खेती पहिले देखि गर्दै आए पनि बिजु बिरुवा उत्पादन गरि लगाउने चलन थियो यसरी तयार भएको बिरुवाबाट फल उत्पादन हुन ५-६ बर्ष लाग्ने भएकोले कलमी गरि बिरुवा उत्पादन गरेको २-३ बर्षमा नै फल्ने र हागैपिच्छे सुन्तला कागती मुन्तला र जुनार राख्न सकिन्छ । यसरी तयार भएको बिरुवामा फल्दाखेरि आफुलाई चाहिने फल एउटेै बोटबाट उत्पादन हुनुका साथै हेर्दाखेरी पनि अचम्म लाग्ने र कम जग्गा भएका ब्याक्तिलाई यस्तो बिरुवाबाट सबै प्रकारको फल उत्पादन गरि खान सकिन्छ । यसरि तयार भएको कलमी बिरुवामा वर्षको २पटक मल हाल्न जरुरी हुन्छ । आज भोलि कागती बिरुवा लगाउनमा कृषकहरुको धेरै नै रुचि देखिएको छ । बढी आर्थिक लाभ र लगानी एक पटक गरे हुने थाहा पाएर नै कृषक दाजुभाइहरु कागती खेती तर्फ बढी आक्रषण भएको अवस्था छ ।

आवश्यकता निति नियम र प्रविधिको अभावमा माग अनुसारको बिरुवा सरकारी फाम केन्द्र र निजि नर्सरीबाट आवश्यक मात्रमा उत्पादन वितरण गराउन सकेको अवस्था छैन। धेरै कागती उत्पादन गरेर यसैलाई बहु व्यवसाय बनाउन पनि सकिन्छ । कागतीको अचार मात्रै बनाएर बेच्ने हो भने पनि यसबाट थप आम्दानी लिन सकिन्छ । यो लामो समयसम्म बिग्रिँदैन । कागतीको अमिलोको पनि राम्रै बजार छ । कागतीको सर्वत पनि रामैसँग बिक्छ । सी भिटामिनको राम्रो स्रोत भएकोले नियमित कागती पानी पिउनेहरु बढिरहेका छन् । कागती र मह नियमित पिउँदा स्वास्थ्यको लागि फाइदा हुने कुरा नयाँ पुस्ताहरु जानकार छन् । यो पनि कागती पिउनेहरु बढिरहेकोले कागतीको व्यवसायको सम्भावना जताततै छ । कागती खेती गर्नेले महको खेती पनि गर्न सक्छन् । कागतीको रस कपालको चायाँ घटाउन उपयोगी मानिन्छ । कागती मिलाएको नुहाउने साबुन प्रयोग गर्नेहरु पनि बढिरहेका छन् ।

नेपाली युवाहरुले नेपालमै कमाउन सकिन्छ, नेपाल राम्रो सम्भावना भएको मुलुक हो भन्ने बुभ्mन ढिलो गर्नुहुँदैन । यस्ता सम्भावना खोज्न नेपालीले सक्नु र सिक्नुपर्दछ । सरकार पनि राम्रो सहयोगी हुनुपर्दछ । नेपाल गरिखाने ठाउँ हो, नेपाललाई मरिजानबाट बचाउन सबै संयमित र एकजुट हुन। . कागती खेतीको लागी चाहिने हावापानी:- बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ । कागतीलाई सिचाई:- सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ । कागती खेती लागि माटोको:- जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ। कागतीको वोट रोपने दुरी:- व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ । कागती खेतीको लागी जग्गाको छनौट:- पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।

कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ? कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने । खाडल कहिले खन्ने?- बैशाख महिना भित्र । खाडल कहिले भर्ने?:- जेठ महिना भित्र । विरुवा कहिले रोप्ने? आषाढ महिनामा। मलखादको प्रयोग कति गर्नु पर्छ? प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ । कागतीको कस्तो जात छनौट गर्नु पर्छ?- ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने । कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ?- ४० देखि ५० बर्ष सम्म कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ?- माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ । सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने?:- पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ । वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ? १–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।

  • पहाडी भेग देखि तराइ भेग सम्म कागती खेतीको सम्भावना
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0