Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तेमालमा खाना पकाउन बिद्युतिय चुल्हो, ग्यासमा हुने आधा खर्चमा विद्युत भुक्तानि

प्रभातफेरी अनलाइन ४८८६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (४ साल अघि)
तेमालमा खाना पकाउन बिद्युतिय चुल्हो, ग्यासमा हुने आधा खर्चमा विद्युत भुक्तानि

आर.एल.श्रेष्ठ

तेमाल-दुई बर्ष अगाडी सम्म १८ घण्टा लोडसेडिङ्ग व्यहोरेर बत्ति समेत बल्न नपाएका तेमाल वासिले विद्युतिय चुलो बाट खाना पकाउन पाउने भएका छन् । दाउराबाट खाना पकाउने चलन हट्दै गएको अवस्थामा ग्यासबाट खाना बनाउंदै आएका तेमाल गाउपालिकाका स्थानियले अव ग्यास भन्दा आधा सस्तोमा खाना पकाउन पाउने भएका छन् ।

१८ सय तिरेर ग्यास खरिद गरी त्यसमा घरसम्म लानको लागि थप ढुवानी खर्च समेत लगाएर खाना पकाउदै आएका तेमाल वासिले अव ग्यास प्रयोग गर्न नपर्ने भएको छ । हाल पुराना काठका कुहिएका पोल साथै जंगल हुदै आएको विद्युत लाईनको मार्गमा झाडि सुधार नगर्दा घण्टा घण्टामा झ्याप झ्याप वत्ति जाने कार्यबाट समेत तेमालवासि मुक्त हुने भएका छन् । विद्युतिय क्षेत्रमा आमुल परिवर्तन गर्न सफल रहनु भएका कुलमान घिसिंङ्गको तेमाल आगमनले गर्दा उक्त क्षेत्रमा विद्युतमा देखिएको समस्या समाधान हुने भएको छ । तेमाललाई उज्यालो पार्न तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले पहल गर्दा तेमालमा उज्यालोको साथमा विद्युतकै माध्यमबाट खाना पकाउन पाउने भएका छन् ।

तेमाल सामुदायिकको अगुवाईमा भएको विद्युत कार्यप्रति खुसि हुदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतिय चुल्हो वितरण गर्नुभयो । वितरणसंगै उहाँले चुल्होको प्रयोगमा कुनैपनि समस्या आउन नदिने घोषणा गर्नुभयो । पाँचखाल देखि तेमाल सम्मको लामो दुरी साथै झाडी सुधार नहुंदा समस्या आउने गरेकोमा कुलमानको आश्वासनले गर्दा तेमाल वासि ढुक्क भएका छन् ।
सहकारीले पहिलो चरणमा आफ्ना ग्राहक रहेका ५ सयभन्दा बढी परिवार ६हजार ७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के समेत उपलब्ध गराएको थियो । उक्त चुलो सहितको भान्छामा प्रयोग गर्ने सामाग्री जीआईजेड र समादायिक विद्युत उपभोक्ता महासंघको सहयोगमा बितरण गरेको थियो । तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५हजार ५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्नको लागि सहयोग गर्ने जानकार िगराएको थियो ।
तेमाल क्षेत्रमा एक सिलिन्डर ग्यासको मूल्य १८ सयभन्दा बढी पर्ने तर विद्युतिय चुलो मार्फत खाना बनाउदा दिनमा १ देखि २ युनिट विजुली खपत गर्दा खानाखाजा बनाउन सकिने जानकार िगराईएको थियो । ग्यास भन्दा इन्डक्सन चुल्होको खर्च कम पर्ने भएपछि तेमालवासिले ग्यासको बदलामा विद्युतिय चुलो प्रयोग गर्ने भएका छन् ।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो अभियानले देशभित्रै अधिकतम् विजुली खपत गर्ने सरकारी लक्ष्य भेट्न सघाउन पुग्ने बताए । तीन वर्षअघि लोडसेडिङ रहेको भएपनि अहिले विद्युतीय चुल्होको प्रयोग बढोस् भन्ने अवस्थामा प्राधिकरण आइपुगेको उनले बताए । इन्डक्सन चुल्हो प्रयोगका लागि तेमालबाट सुरु भएको सामुदायिक प्रयासले अन्य ग्रामीण क्षेत्रका उपभोक्तालाई पनि प्रोत्साहित गर्ने र यसमा प्राधिकरणको साथ रहने उनले बताए ।

‘हिजोको जस्तो अवस्था आज छैन, अब गाडी पनि विद्युतबाटै चल्छ, खाना पनि विद्युतबाटै पाक्छ, पानी पनि विद्युतीय चुल्होमै तात्छ,’ उनले भने, ‘यो भनेको हामी आत्मर्भिरता हुने संकेत हो । समृद्धिका लागि चालिएको एउटा फड्को हो ।’ यसका लागि नियमित विद्युत आपूर्ति गराउन प्राधिरकणले उत्पादन बढाउने, आपूर्ति सहज गर्ने, सबस्टेन र ट्रान्सर्फमरको क्षमता बढाउने, प्रशारण तथा वितरण लाइनलाई सुधार गर्ने काम द्रुत गतिमा अघि बढाएको उनले बताए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तमाङले गाउँपालिकाले पनि यस्तो अभियानमा सघाउ पुग्ने बताए । उनले गाउँमा करिब ५ हजार विद्युतका पोल काठको भएको भन्दै त्यसले दुर्घटनाको जोखिम बढेको उल्लेख गरे । विद्युत प्राधिकरणले ९० प्रतिशत लगानी गरे बाँकी १० प्रतिशत गाउँपालिकाले लगानी गरेर काठका पोलहरु फेर्ने बताए ।

  • ग्यासमा हुने आधा खर्चमा विद्युत भुक्तानि
  • तेमालमा खाना पकाउन बिद्युतिय चुल्हो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0