Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेरुजु पहिलो भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय

प्रभातफेरी अनलाइन ८४८६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १७, मंगलबार (६ साल अघि)
बेरुजु पहिलो भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय

भेषबहादुर दनुवार

महालोखा परिक्षकको ५६ औं वार्षिक प्रतिबेदन आ.व. २०७४ ७५ अनुसार सरकारको बेरुजु ६ खर्व ८३ अर्व ६६ करोड पुगेको छ । जस मध्ये आर्थिक व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै दोस्रो बढी बेरुजु कूल १७ प्रतिशत रहेको छ । भने सबै भन्दा बढी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको २२ प्रतिशत रहेको छ । महालेखा परिक्षकको ५४ औं बार्षिक प्रतिबेदन अनुसार अर्थमन्त्रालयको सबै भन्दा बढि बेरुजु ३७ अर्व ५३ करोड ६१ लाख रहेको छ । आ.व. २०७३ ७४ को प्रतिबेदन अवधि सम्म साविक फरछ्योट तथा सम्परिक्षण बाट रु ५२ अर्व ९२ करोड लेखा परिक्षणको अवधिमा असुलि रु १४ अर्व ९ करोड र प्रारम्भिक प्रतिबेदन उपरको प्रतिक्रियाबाट फरछयौट रु १० अर्व ३९ करोड गरी जम्मा रु ७७ अर्व ११ करोड बेरुजु फरछयोटको दर न्यून रहेको पाईन्छ । त्यसैगरी आर्थिक व्यवस्थापनको जिम्मेवारी सम्हालेका निकाय र कर्मचारीबाटै सबै भन्दा अनियमितता र लापरवाही हुने गरेको भनेर महालेखा परिक्षकले पुष्टि गरेको छ ।

काभ्रे जिल्लाको १३ वटा स्थानिय निकायको रु चौध करोड एकहत्तर लाख तिन हजार बेरुजु देखिन्छ । सो मध्ये असुल उपर गर्नु पर्ने त्रिहत्तर लाख पचास हजार नियमित गर्नु पर्ने तिन करोड साठि लाख पांचहजार, कागजात पेश गर्नु पर्ने दुई करोड अडसठ्ठिलाख छयासी हजार, र पेश्कि सबै भन्दा बढि सात करोड अडसठ्ठि लाख चौसठ्ठि हजार रहेको छ ।

बर्तमान अवस्थामा रहेको बेरुजु कमि गर्न स्थानिय सरकार जिल्ला समन्वय समिति र नागरिक समाज विचको सम्बाद कार्यक्रम धुलिखेलमा सामुदायिक सारथि मार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सि. ले गर्नु भएको थियो । भने काभ्रेको १३ वटा स्थानिय तहलाई निमन्त्रण गरिएकोमा तेमाल गाउपालिका, बेथानचोक गाउपालिका, रोशी गाउपालिका, धुलिखेल नगरपालिका, पांचखाल नगरपालिका बाट स्थानिय सरकार उपप्रमुख तथा राजश्व शाखा र लेखा शाखाका प्रतिनिधि सहित को उपस्थितीमा कार्यक्रम गरिएको । कार्यक्रमको विषय बस्तुमा को प्रस्तुतिकरण कानुन व्यवसायि कृष्ण प्यारी नकर्मि ले गर्नु भएको थियो । भने कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रमको आवश्यक्ता र महत्वमाथि सामुदायिक सारथिका कार्यकारि निर्देशक तारा बहादुर भण्डारी ले गर्नु भएको थियो ।

कार्यक्रमको क्रममा कार्यगत रुपमा गर्नु पर्ने र नितिगत रुपमा गर्दा कागजात कसरी मिलाउने भन्ने ज्ञान नहुदा पनि सामान्यतया बैठक भत्तामा पनि बेरुज देखिएको अवस्था रहेकोमा आगामी दिनमा यस्ता सामान्य विषयमा पनि बेरुजु नहुन स्थानिय सरकारका उपप्रमुख विषेश रुपमा सर्तक भएर काम गर्न कार्यक्रम मार्फत सहजता भएको र लेखा शाखालाई सहित तया उक्तम तवरमा ध्यान दिलाउन सकिने धारणा धुलिखेल गरपालिकाका उपमेएर बिमला शर्मा चौलागाईले बताउनु भयो ।

लेखा परिक्षणको क्रममा काभ्रेको १३ वटा स्थानिय तहमा दुईवटा समुह मार्फत एक रुपता नहुदा पनि एकै विषयमा पनि फरक प्रतिबेदन आउदा बेरुजुको मात्रा बढेको र यस प्रकारको एक रुपता कायम गर्न महालेखा परिषकले पनि ध्यान दिन आवश्यक रहेको र यस कार्यका लागी जिल्ला समन्वय समितिले सहजि करण गर्न सकेको खण्डमा अझ प्रभावकारी हुने बताउदै आफ्ना धारणा राख्नु भएको थियो तेमाल गाउपालिका उपप्रमुख दुर्गा माया घलान तामाङ्ग । समन्वयको साथै आगामी दिनमा प्रत्येक दिन वडागत रुपमा रहेको बेरुजु रहेको व्यक्ति संग समन्वय छलफल सहित बेरुजु कमि गर्न पनि छलफल साथ अगाडी बढि यस कार्यलाई मुर्त रुपमा दिन सकिने धारणा राख्नु भयो ।

कार्यक्रमको क्रममा विगतको स्थानिय तह संरचना नहुदै तथा पुरानो गा.वि.स. तथा निर्वाचित हुनु भन्दा अगाडीको दायित्व हस्तान्तरण हुदै आउदा पनि बेरुजुको मात्रा बढेको कारण स्यानिय निकायका जनप्रतिनिधि साच्चै कमजोर रहेको होकि भनेर प्रश्न गर्ने नागरिक बढि रहेको कारण वडा गत रुपमा पहिचान गरिएको बेरुजुको अवस्थालाई कमि गर्न पत्राचार भईसकेकोमा अगामी दिनमा प्राथमिकताको साथमा बैठक, छलफल तथा बेरुजु न्यूनिकरण गर्ने अभियानमा लाग्ने कार्यमा प्रतिबद्ध रहेको कुरा र कार्यगत योजनामा आगामी आउने दिनमा बर्तमान अवस्थामा रहेको बेरुजुको मात्रा नबढने गरी कार्य गर्न सहजता भएको र नितिगत रुपमा जिम्मेवारी बहन गरिरहदा आगामी दिनमा पनि सहज बनाउन मद्धत पुगेको धारणा राख्दै अर्को छलफल कार्यक्रमलाई थप सहयोग मिलेको बताउनु हुन्छ पांचखाल नगरापालिका उपप्रमुख लक्ष्मि दनुवार ।

रोशी गाउपालिकाको उपप्रमुख लक्ष्मि कुमारी बरर्तौलाले स्थानिय निकाय मार्फत योजना सम्पन्न प्रतिबेदन प्रमाण पत्र अथवा जानकारी पत्र पनि प्रदान गर्ने व्यवस्था गरिएको खण्डमा आगामी दिनमा अझ प्रभावकारी हुने र बेरुजु को कमि गर्ने आधार रहेको विषयमा पनि ध्यान केन्द्रित रहेको बताउनु हुन्छ । साथै स्थानिय निकाय मार्फत कुनै पनि विकास निमार्णको कार्यमा सम्झौता भएतापनि सम्झौता बमोजिम कामको आधारमा अनुगमन गरी चालु विल भरपाईको आधारमा बजेट निकासा गर्ने अभ्यास गर्न सकेमा अझ प्रभावकारी हुने देखिन्छ । बर्तमान अवस्थामा रहेको काभ्रेको पेश्किको मात्रा घटने देखिन्छ । पेश्कि दिने कारण पनि बेरुजुको मात्रा बढेको हो कि भन्ने चिन्ता सबैले गर्न जरुरी छ । उता खानी खोला गाउपालिकाको अभ्यास राम्रो रहकोमा प्रसंसा भएको छ ।

समग्रमा कार्यक्रम प्रभावकारी रहको विषय बस्तुमा कसैको पनि ध्यान नगएको र आगामि दिनमा यस कार्यक्रमको माध्यमबाट सबैको मनमा एक प्रकारको तरंग पैदा भएको देख्निछ । कार्यक्रमको उदेश्य जुन बेरुजु न्यूनिकरण गर्ने अत्यन्त राम्रो छ । काभ्रेको अवस्थामा बेरुजु कम रहेको र बढि रहेको स्थानिय निकाय विच पनि संवाद मार्फत सिकाई आदान प्रदान हुन सक्ने थियो तर सबैको स्थानिय तह अनुसार व्यवस्तताको कारण उपस्थित नरहेको भएतापनि यस प्रकारको सवाल साझा रहेको छ । कर्मचारीको अधिकांश बेरुजु कहि देखिदैन तर जनप्रतिनिधि, सामाजिक विकास गर्ने अभियान कर्मि, उपभोक्त समिति, संघ सस्था को बेरुजु रहन्छन यस कार्यक्रम कर्मचारीहरुको निति प्रति भन्दा पनि नियत प्रति आम नागरिक सचेत हुनु पर्ने आवश्यक्ता रहेको छ । कार्यक्रमको क्रममा कर्मचारी समुहले चाहेको खण्डमा फसाउन सक्ने हुन्छ । जनप्रतिनिधिले फसाउन सक्ने अवस्था अत्यन्त न्यून रहेको प्रति पनि पछिल्लो समय निर्वाचित जनप्रतिनिधि सबैले ध्यान पु¥याउन सल्लाह सुझाप प्रदान गर्दै आफ्ना सारगर्भित भनाई राख्दै आगामी बसाई सबैको समान सहभागिता र उपस्थितीमा यस प्रकारको सामाजिक र दायित्व बोध गराउने विषयमा जननिर्वाचित जनप्रतिनिधि सबै स्थानिय तहले महत्वका साथ उपस्थित हुनेमा विश्वसतता रहेको बताउनु भयो प्रमुख अतिथि जिल्ला समन्वय समतिका उद्धव के.सि. ले । अभियानमा जिल्लामा कार्यरत सञ्चार कर्मिले पनि बर्तमान अवस्थामा हुने कामका साथै सामाजिक दायित्व निर्वाह गर्ने खालको कामको पनि स्थानिय सरकार जनप्रतनिधि र कर्मचारी बर्गलाई धचधच्याउने कार्य गरी बेरुजु कमि गर्न सकिने अवस्था देखिन्छ ।

  • बेरुजु पहिलो भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0