बनेपा-सहकारीको उद्देश्य र लक्ष्य अनुसार काम भएरै अन्तर्राष्ट्रियस्तरको ब्राण्ड प्राप्त गरेको बुडोल सामुदायिक साकोसका अध्यक्ष रामहरि केसीले बताउनुभएको छ ।
स्थापनाको दुई दशक पार गरिरहँदा हासिल गरेको उपलब्धी त्यसैका प्रतिफल हुन् । यहाँ एक्लैले गरेर उपलब्धी प्राप्त हुँदैन । यस संस्थासँग आबद्ध रहेका १२ हजार ३ सय ३८ जना शेयर सदस्यहरुको उतिकै योगदान छ र पो सफल भएका छौं भन्नुहुँदै संस्थाले आफूलाई विदेशी भूमिमा समेत आफूलाई परिचित गराउन सफल भयो । यो श्रेय सम्पूर्ण शेयर सदस्यज्यू र कर्मचारी तब मात्र कार्यसमितिलाई जान्छ भन्नुभयो ।
शनिबार एकै समयमा बनेपा र धुलिखेलमा शुरु भएको वार्षिक साधारण सभाले सामाजिक दायित्वलाई प्राथमिकतामा राखेर साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा सम्बन्धित विभागीय प्रमुखहरुबाट आ–आफ्नो जिम्मेवारी अनुरुप प्रतिवेदन पेश गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |