Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बहुउपयोगी तामा

प्रभातफेरी अनलाइन ७७२७ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन २८, मंगलबार (६ साल अघि)
बहुउपयोगी तामा

कलिलो बाँसलाई तामा भनिने गरिन्छ । जसलाई तरकारी वा अचार बनाउनको लागी प्रयोग गर्ने गरिन्छ। प्राय मानिसले बाँसको तामा कम नै खाने गर्दछन् । बाँसको तामाको फाइदा थाहा नभएकाले पनि यसको प्रयोग कम भएको होला । यदी मानिसलाई बाँसको तामाको विभिन्न फाइदा थाहाहुने हो भने यसको प्रयोग बडी हुन सक्छ । हाम्रो स्वास्थ्यको लागी बाँसको तामा निकै उपयोगी हुन्छ । तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आलुतामा खानाले स्वास्थ्यमा के कस्तो फाइदा पुग्छ ? यसबारे यहाँ उल्लेख गरिएको छ–

बाँसको तामाको विभिन्न फाइदाहरु यस्ता छन्

१) यसमा प्रोटिनको मात्रा बडीमात्रामा हुन्छ जसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।

२) तामाको सब्जिले पाचनप्रणालीलाई फाइदा पुर्याउँछ जसले गर्दा पाचन समस्या हटेर जाने गर्दछ ।
३) यदी तपाईलाई फोक्सोको समस्या वा खोकीको समस्या छ भने तामाको तरकारी खाने गर्नुहोस धेरै फाइदा हुन्छ ।
४) यसमा कार्बोहाइड्रेट्सको मात्रा निकै कम हुने भएकाले यो मधुमेह रोगीको लागी निकै फाइदाजनक छ ।
५) यसले उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ त्यसैले तामाको तरकारी उच्च रक्तचाप भएका व्यक्तिले खाने गर्नुपर्छ ।
६) तामाले पिसाबघरको कतिपय समस्या निको पार्ने गर्छ ।
७) यसमा फ्याटको मात्रा निकै कम हुने भएकाले कोलेस्ट्रोलको मात्रा कम गर्ने गर्छ ।
८) यसमा थोरै मात्रामा क्यालोरी हुने भएकाले शरीरको बोसो घटाउँछ ।
९) तामामा पाइने प्रोटिनले स्वासप्रस्वासको कतिपय समस्यालाई निको पार्ने गर्छ । पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।
१०) गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिलालाई गर्भवतिको अन्तिम महिनामा तामा खुवाउने गरिन्छ ।
११) यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाई समेत कम गर्छ ।
१२) यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
१३) फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।

नेपालमा यसको परिकार सिमित भए पनि विदेशमा भने सैयौं परिकारमा यसको प्रयोग गरिन्छ । जाडो मौसममा तामाको सुप निकै लाभदायक हुन्छ । कसरी तयार गर्ने त बाँसको तामा ?

तामा तयार पार्ने विधि

बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स(साना टुक्रा बनाउनुपर्छ । त्यसलााई केहीबेर घाममा सुकाएर सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लिएपन बढ्दै जान्छ ।

तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ । तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट बोटलमा भिनेगर र तामा राखी विक्रीको लागि राखेका हुन्छन् ।

तामाका परिकार

नेपालमा तामाको परिकार सिमित छन् । नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकप्रिय छ ।

विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ । थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ। चीनमा त तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ ।मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बासको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।रेनुका कार्की , त्रियुगा ६उदयपुर नेपाल

  • बहुउपयोगी तामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0