Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साना तथा मझौला उद्योगहरु नै सम्वृद्धिका आधार हुन्- वैद्य

प्रभातफेरी अनलाइन ७६०१ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ३०, बिहिबार (६ साल अघि)
साना तथा मझौला उद्योगहरु नै सम्वृद्धिका आधार हुन्- वैद्य

बनेपा/बेरोजगार महिलाहरुलाई लक्षित गरेर दक्ष जनशक्तिका रुपमा उत्पादन र उपयोग गर्ने उद्देश्य सहित बिहीबारदेखि सञ्चालनमा आएको विनायक पार्लर एण्ड इन्टरनेशनल टे«निङ्ग सेन्टर प्रालिको आज एक समारोहबीच शुभारम्भ गर्नुहुँदै युवा व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले साना तथा मझौला उद्योग नै समृद्धिका आधार हुन् । मुलुकबाट बेरोजगार अन्त्य गर्ने हो भने साना तथा मझौला उद्योग खोल्न राज्यले प्रोत्साहन दिनुको विकल्प नभएको बताउनुभएको छ ।

संयुक्त रुपमा रिबन काटेर बनेपा नगरपालिका वडा नं. ५ घोगेचौरमा रहेको उक्त ट्रेनिङ्ग सेन्टरको व्यवसायी द्वय सुरकृष्ण वैद्य र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले शुभारम्भ गर्नुभएको थियो । उक्त उद्घाटन सम्बन्धी प्रतिक्रिया दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले यस किसिमका तालिम केन्द्रहरु मुलुकका लागि पहिलो रोजाइमा पर्नुपर्ने बताउनुभएको छ । जुन उद्देश्यसहित विनायक पार्लर आएको छ, यसले सफलता प्राप्त गर्ने छ भन्ने विश्वास आफूले लिएको प्रतिक्रिया दिनुभएको छ ।

त्यसैगरी कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले प्रभातफेरी अनलाइनको जिज्ञासा मेटाउँदै बनेपा नगर व्यवसायी नगरीका रुपमा स्थापित भएता पनि यस्ता खाले रोजगारमूलक साना तथा मझौला उद्योगको अभाव खड्किएको अवस्थामा विनायक पार्लरले त्यो अभावलाई पूरा गर्ने आशा राखेका छौं भन्नुभयो ।

कार्यक्रममा विनायक पार्लरका प्रोपाइटर ललिता पाण्डेको कथन थियो– अहिले सैलुन र पार्लरको क्षेत्रमा हामीहरु परजीवि बनिसकेको अवस्था एकातिर छ भने अर्काेतर्फ दैनिक सयौं युवायुवती रोजगारीको नाममा खाडी मुलुकमा भासिँदै छन् । यो अवस्था हाम्रो यस सानो प्रयास कोशेढुंगा सावित हुने देखेको उहाँले बताउनुभएको छ ।

प्रोपाइटर पाण्डेको थप कथन थियो– विनायक पार्लरले विशेष गरी महिला दक्ष जनशक्ति उत्पादन गर्नेछ । उत्पादन पश्चात रोजगारी समेत दिने अठोटका साथ यो टे«निङ्ग सेन्टर सञ्चालनमा ल्याएका छौं । यस पार्लरमा महिलाहरुले पुरुषहरुका लागि पार्लर सम्बन्धी सम्पूर्ण कामहरु गर्नेछन् भन्नुहुँदै पाण्डे थप्नुहुन्छ, विनायक पार्लरले अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय कोर्षहरु गराउने छ, जसले स्वदेशमा मात्र नभई विदेशमा समेत रोजगारी प्राप्त गर्ने अवसर मिल्नेछ । जसबाट नेपाली युवतीहरुको रोजगारीका नाउमा विदेशिने संस्कारको न्यूनिकरण हुनुको साथै पार्लर सम्बन्धी परनिर्भरताको अन्त गर्ने जमर्काे यो टे«निङ्ग सेन्टरले लिएको प्रोपाइटर पाण्डेले भन्नुभयो ।

उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायत युवा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संयोजन काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले गर्नुभएको थियो भने कार्यक्रममा समन्वय युवा व्यवसायी सविनभक्त कायस्थले गर्नुभएको थियो ।

सञ्चालकहरुको भनाइअनुसार शुभारम्भको अवसरमा पार्लरले विभिन्न अफरहरु राखेको बताउनुहुँदै तालिममा सहभागीहरुलाई ५० प्रतिशत छुट, जसमा युवती तथा गृहिणीहरुलाई पार्लर सम्बन्धी तालिम लिन सहज हुने बताउनुहुँदै अहिले बजारको मूल्यमा भन्दा विनायक पार्लरमा कस्मेटिकका सामानहरु होलसेल मूल्यमै ५० प्रतिशत सम्म छुट गर्नुको साथै ब्युटिसियन र हेन्समका अल सोलुसन हुने प्रतिबद्धता समेत सञ्चालकले गर्नुभएको छ ।

  • साना तथा मझौला उद्योगहरु नै सम्वृद्धिका आधार हुन्- वैद्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0