Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखाल दोश्रो महोत्सव भव्य ढंगबाट संञ्चालन

प्रभातफेरी अनलाइन ६४९० पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक ५, मंगलबार (६ साल अघि)
पाँचखाल दोश्रो महोत्सव भव्य ढंगबाट संञ्चालन

पाँचखाल-कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा अशोज ३० गतेबाट संञ्चालन भएको “पाँचखाल दोस्रो महोतसव” भव्य ढंगबाट संञ्चालन भएको छ । कार्तिक ९ सम्म संञ्चालन हुने उक्त महोतसवमा पाँचखालको बिबिध पहिचान झल्किएको छ ।

महोत्सवमा काभे्र र आसपासका जिल्लाहरुबाट ठुलो संख्यामा दर्शकहरुको ओईरो लागेको छ । मुलुकका विभिन्न स्थानहरुमा गरीने महोत्सवको भन्दा छुट्टै तरिकाले संञ्चालन गरेको उक्त कार्यले गर्दा पाँचखालको पहिचान समेत झल्केको छ । आगन्तुकहरुले भरपुर्ण मनोरञ्जनका साथमा नयाँ नयाँ ढंगको पहिचान साथै अनुभव गर्ने अवसर पाएका छन् । महोत्सवमा आउने अधिकाँस आगन्तुकहरुले कृषि नगरीको रुपमा अगाडी बढेको नगरमा आलुको पकेट क्षेत्र भएकोले आलु महोत्सवको समेत अपेक्षा गरेका छन् ।

महोत्सवको उद्घाटन गर्ने क्रममा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले पाँचखाल कृषि र औधोगिक क्षेत्रका रुपमा अगाडी बढेको बताउनु भएको थियो । पाँचखाल महत्वपूर्ण नाका रहेकोले यस्ता मेलाहरुको सम्भावना भोलीका दिनमा अझै बढ्ने बताउनु भएको थियो । त्यसैगरी प्रदेश नं ३ का प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले पाँचखालबासीलाई उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो । ‘समृद्ध पाँचखाल र सुखी पाँचखालवासी बनाउन यहाँको जनताको जीवनस्तर माथि उठाउन अघि बढ्नु पर्ने धारणा राख्नुभयो । नगरका युवाहरु देश छोडेर बाहिर जाने काम अब रोकिनुपर्छ ।’ सांसद लम्सालले थप्नुभयो । त्यसको लागि सबैभन्दा पहिला पाँचखालमा उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले पाँचखालका युवाहरुको सकृयताले गर्दा समृद्ध पाँचखाल निर्माणको लागि सहज हुने बताउनु भयो । पुफाले पाँचखालको पहिचान गराउने कार्यमा विगत लामो समय देखि अगाडी बढेकोमा खुसि व्यक्त गर्दै राम्रा कार्यको लागि आफुले निरन्तर रुपमा सघाउने बताउनु भयो । त्यसैगरी उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखालमा संञ्चालन भएको महोत्सवले नगरमा रहेका प्रतिभाहरु साथै अति महत्वपुर्ण जातिय भेष भुषाको समेत पहिचान भएकोमा खुसि व्यक्त गर्नु भयो । नगरमा हुने यस्ता खाले राम्रा कार्यले गर्दा समृद्ध पाँचखाल निर्माण सहयोग पुगने बताउनु भयो । पाँचखालेको विकास निर्माणको लागि युवाहरुको सकृय भुमिका रहेको बताउनु भयो ।

महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने, कृषि उपजलाई बढावा गर्दै कृषि उत्पादन तथा नगरका पर्यटकिय स्थलहरुका प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठले बताउनु भयो । महोत्सवको पुर्व सन्ध्यामा स्थानीय संस्कृति झल्कने ऐतिहासिक लाखे नाच, धिमे बाजा, हिले नाच, विभिन्न संघ संस्थाको ब्यानर सहितको झाँकी प्रदर्शन गरिएको थियो । पाँचखाल बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको उक्त ¥याली पछिको सभामा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नगरपालिका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, विभिन्न क्षेत्रका ब्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो । महोत्सवमा एक सय भन्दा धेरै स्टल राखिएका छन् ।

पाँचखाल क्षेत्रको विविध पक्षको प्रचार प्रसार गर्ने उद्देश्यका साथ आयोजना भएको महोत्सवमा ८५ वटा स्टलहरू रहने छन् । पाँचखाल क्षेत्रको विविध साँस्कृतिक मौलिकतालाई जगेर्ना गर्न, पाँचखालका कृषि, स्थानीय उत्पादन तथा पर्यटकीय प्रवद्र्धन, यस क्षेत्रका प्रतिभाहरुलाई प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
चर्चित राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत हुदै आएको छ । महोत्सवको लागि पाँचखाल नगरपालिकाको संयोजन, पाँचखाल उद्योग वाणिज्य संघ, नगरमा सक्रिय विभिन्न सामाजिक संघ संस्था तथा क्लवहरुसँगको समन्वय र सहकार्यमा समग्र पाँचखालको उत्थान तथा प्रचार प्रसारका लागि आयोजना गर्न लागेको आयोजक संस्थाका सचिव एवं कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

पाँचखाल युनाइटेड फुटबल एशोसिएसनले राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता २०६९, प्रथम नगरकप २०७१, पुफा बृहत्त सांस्कृतिक कार्यक्रम २०७१, पाँचखाल बृहत्त सांस्कृतिक कार्यक्रम २०७६, प्रथम पाँचखाल महोत्सव २०७१ आयोजना गरी सफल भएको र आगामी दिनहरुमा अझ थप व्यवस्थित ढंगको कार्यहरु गर्दै पाँचखालको पहिचान गराउने कार्यमा निरन्तर लाग्ने पुफाका सचिव एवं महोत्सव आयोजक समितिका संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

पुफाका अध्यक्ष मिलन श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष प्रताप लामाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन रोशन बोलखेले गर्नु भएको थियो । कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङ, वडा नं १ का वडा अध्यक्ष अष्टमान तामाङ समाजसेवी रत्न प्रसाद लामिछाने लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • पाँचखाल दोश्रो महोत्सव भव्य ढंगबाट संञ्चालन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0