Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेश र संघीयताका कारण नागरिक वडापत्रमा अन्यौलता छाएको यथार्थ हो- प्रजिअ तिमल्सिना

प्रभातफेरी अनलाइन ६३०९ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक ५, मंगलबार (६ साल अघि)
प्रदेश र संघीयताका कारण नागरिक वडापत्रमा अन्यौलता छाएको यथार्थ हो- प्रजिअ तिमल्सिना

धुलिखेल/ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको वार्षिक कार्ययोजना अन्तर्गत बुधबार धुलिखेलमा आयोजित सदाचार सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले प्रदेश र संघीयताका कारण नागरिक वडापत्र प्रस्तुत गर्न अन्यौलता छाएको यथार्थ भएको बताउनुभएको छ ।

सामाजिक जवाफदेहिताका बारेमा सहभागीद्वारा उठाइएका जिज्ञासाहरु मेटाउने क्रममा प्रमुख जिल्ला अधिकारी तिमल्सिनाको थप कथन थियो– टीआइ नेपालले आयोजनाका गरेको यो कार्यक्रम प्रभावकारी रहेको जानकारी दिदै सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणको लागि प्रत्येक महिना कार्यालय प्रमुखहरु सँग छलफल गरेको बताउनुभएको थियो । सामाजिक जवाफदेहीता ओजार मध्येमा सार्वजनिक सुनुवाइ नियमित रुपमा गरेको जानकरी दिनुका साथै सबै कार्यालयले प्रविधिमा भइरहेको परिवर्तन सँगै आफुलाइ पनि परिरवर्तन गर्न सकेको खण्डमा पारदर्शी हुने बताउनुभएको थियो ।

यसका साथै अहिले त नागरिक आफैपनि धरै जागारुक भएको बताउदै नागरिक आफैले पनि जगझगाएको जानकारी दिनुभयो । सबैसँग समन्वय गरेर सामाजिक जवाफदेहीता औजारलाइ प्रभावकारी प्रयोग गर्न गराउनको लागि आफुले प्रयत्न गर्ने बताउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले यो अन्योलताले कुनै पनि नागरिकहरु सेवा विमुख नहुने स्पष्ट पार्दै यस किसिमका अन्योलतालाई जिल्ला प्रशासन कार्यालय समन्वय गरी अगाडि बढाउन तयार भएको खुलासा समेत गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख ओम कुमार ताम्राकारले जिल्लामा खानेपानीको सम्पर्क कार्यालय मात्र भएकाले कार्यालय बोर्ड नै नराखी सर्वसाधारणलाई सेवा दिने काम भइरहेको जानकारी दिदै राख्न मिल्छ कि मिल्दैन भन्ने सवालमा सरोकारवाला निकायहरुले चासो राख्नुपर्ने बताउनुहुँदै प्रदेश र संघीयताले जुन समस्या सिर्जना भएको छ त्यसको अन्तका लागि निर्वाचित जनप्रतिनिधिहरुले सघाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बन्धित सरोकारवाला निकायको तर्फबाट स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जिल्लामा भएका नागरिक वडापत्रमा के कुरा समेटेर राख्ने भन्ने नै अन्योल भएकाले पुरानै वडापत्र राख्नुपर्ने तथा त्यसलाइ परिवर्तन गर्न नसकेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सुरुवातमा जिल्ला अधिकृतबाट ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जिल्लामा सम्पन्न गरेका गतिविधिको बारेमा जानकारी गराएको थियो । त्यसपछि कार्यक्रमको औचित्य, स्वागत तथा सामाजिक जवाफदेहीता औजारसँग सम्बन्धीत प्रस्तुतीकरण संस्थाका वरिष्ठ अधिकृत विनोद भटराइले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अधिकृत गंगा लामाले गर्नुभएको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा भुकम्पबाट अति प्रभावित १४ जिल्लाहरुमा “भुकम्पपछिको पुनःर्निर्माण र पुनर्वासमा सदाचार र्कायक्रम” संचालन भईरहेको छ । यसैको निरन्तरता स्वरुप गत असोज २९ गते बुधबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको, आईपिइआरआर कार्यक्रम अन्र्तगत धुलिखेल नगरपालिकामा रहेको धुलिखेल उद्योग वाणिज्य सँघको सभाहलमा सामाजिक जवाफदेहीता औजार विषयक छलफल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी सस्थाका प्रतिनिधी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

  • प्रदेश र संघीयताका कारण नागरिक वडापत्रमा अन्यौलता छाएको यथार्थ हो- प्रजिअ तिमल्सिना
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0