प्रभातफेरी अनलाइन८८८४ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
बनेपा/नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखा महिला उद्यमी समिति अध्यक्ष निरु वैदारले बनेपामा सुरुवात भएको रोशनी ब्युटिपार्लर तथा कस्मेटिक सेन्टरका बारेमा आफ्नो भनाई राख्ने क्रममा सीप सिक्ने चाहना छ, पैसा बिना रोकिनुभएको छ भने सम्पर्क गर्नुस् । निःशुल्क सीप सिकाउन आफू तयार भएको कार्यक्रममा बताउनुभएको छ । बिहीबार बनेपामा खुलेको कस्मेटिक्स् सेन्टरका बारेमा अभिव्यक्ति दिने क्रममा अध्यक्ष वैदारले, आफूले घरेलु महासंघ मार्फत् आर्थिक अवस्था कमजोर भएका सीप सिक्न इच्छुक उद्यमीहरुका लागि सधैं महासंघको ढोका खुल्ला राखेको स्मरण गराउनुहुँदै अध्यक्ष वैदार थप्नुहुन्छ– कुनै पनि काम सानो हुँदैन, सीप सम्मान हो, मात्र उपयोगितामा भर पर्छ । त्यसैले स्वरोजगारका लागि खुलेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनका लागि आफू सधैं सरिक हुने अध्यक्ष वैदारले बताउनुभएको छ ।
कार्यक्रममा घरेलु उद्योग महासंघका सदस्य सुनिता वैद्यको तर्क छ– हामीले कामलाई विभेदीकरण गर्नुहुँदैन, कामलाई ठूलो सानो नभनौं, समान रुपमा हेर्ने गरौं । थोपा थोपाले नै सागर बन्छ, कुनै पनि वस्तुलाई कमजोर नसोचौं, भोलि गएर त्यो नै बलवान् हुन्छ । त्यसैले स्वरोजगारका लागि खुलेका साना–साना रुग्न उद्योगको संरक्षण र प्रवद्र्धनका लागि आफू निरन्तर रहने सदस्य वैद्यको जिकिर थियो ।
उक्त कस्मेटिक्स् सेन्टरका प्रोपाइटर जोगमाया लामाको कथन थियो– स्वरोजगारका लागि आफूले ब्युटि पार्लर तथा कस्मेटिक सेन्टर स्थापना गरेको हुँ । यसबाट आफू मात्र नभई अन्य सीप सिक्न इच्छुकहरुका लागि पनि बाटो खुल्ला गरेको बताउनुहुँदै जुन संघर्ष सहित आज स्वरोजगारको लागि उभिएको छु, त्यसका पछाडि लामो इतिहास रहेको र विकट बस्तीहरुका कथाव्यथाले आफूलाई यो क्षेत्रमा लाग्न प्रेरित गरेको रोशनी ब्युटिपार्लर एण्ड कस्मेटिक सेन्टरका सञ्चालक प्रोपाइटर लामाले बताउनुभयो । उहाँका अनुसार उक्त उद्योगभित्र श्रृंगारपटार मात्र नभएर इच्छुकहरुले आफूहरुलाई सरल र सुलभ रुपमा सीप सिक्न समेत पाउने सुविधा सहित सेवा दिन जमर्काे बिच उद्योगको सुरुवात गरेको लामाले बताउनुभएको छ ।