Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन्दर्भः १८औं वार्षिकोत्सव, केही गर्छु भन्नेहरुका लागि रोटरी साझा चौतारी हो- रोटरियन श्रेष्ठ

प्रभातफेरी अनलाइन ८४५४ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार (६ साल अघि)
सन्दर्भः १८औं वार्षिकोत्सव, केही गर्छु भन्नेहरुका लागि रोटरी साझा चौतारी हो- रोटरियन श्रेष्ठ

बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाको स्थापना दिवसको १८औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर रोटरियन किरणलाल श्रेष्ठले आचरण शुद्धिकरणको लागि रोटरी साझा चौतारी भएको बताउनुभएको छ । प्रतिभा भएका केही गर्छु भन्ने भावना राख्नेहरुका लागि रोटरी पथप्रदर्शक हो । यसले नेपालमा आइपरेका विपद्हरुमा आफ्नो उपस्थितिलाई दह्रोसँग प्रस्तुत गरेर राज्यलाई मात्र सघाएन, विपद्मा परेकाहरुलाई मलमपट्टि समेत लगाएको स्मरण गराउनुभएको छ ।

गत बिहीबार बनेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रोटरियन श्रेष्ठको थप कथन थियो– शिक्षा बिना देशको विकास सम्भव छैन । त्यसैले हामीले यो मुलुकको समृद्धि चाहने हो भने शिक्षा र स्वास्थ्यमा आ–आफ्नो ठाउँबाट राज्यलाई सघाउनु पहिलो कर्तव्य हुन्छ । जुन रोटरीले सुरु गरेको ह्याप्पी स्कूलको नारा छ । त्यसलाई सफल पार्नका लागि विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय पठाउने योजनालाई प्रभावकारी ढंगबाट कार्यान्वयनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुको विकल्प नरहेको प्रमुख अतिथि डिष्ट्रिक गर्भनर रोटरियन श्रेष्ठले बताउनुभएको छ । रोटरीले यो वर्ष लिएको ११ सय ११ जना बालबालिकाहरुलाई स्कूल पठाउने योजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि आवश्यकीय पूर्वाधारहरु विकासको पाटो एकातिर छ भने अर्काेतर्फ विपन्नताले जुन अवस्था सिर्जना भएको छ, त्यसलाई कसरी संयोजन गर्न सकिन्छ त्यसतर्फ रोटरियनहरु अग्रसर हुन आवश्यक रहेको बताउनुहुँदै रोटरियन रामप्यारी बज्राचार्यले जुन साहसपूर्ण काम गरेर देखाउनुभएको छ यसले पुरुषभन्दा कम छैनन् महिला भन्ने दर्शाएको छ । त्यसैले आफू राम्रो त सर्वत्र राम्रो, जुन कार्य गर्ने योजना सहित अगाडि गएको छ त्यसलाई व्यवहारमुखी बनाउन पहिला त आफू व्यवहारमुखी बन्नुपर्छ, तबमात्रै प्रत्येक पाइलाहरुले सफलता चुम्न सक्छन् ।

जसको पछिल्लो उदाहरण नेपालबाट सदाको लागि पोलियो उन्मूलनमा रोटरी क्लबले खेलेको भूमिकाको चर्चा गर्न लायक रहेको प्रमुख अतिथि रोटरियन श्रेष्ठले प्रष्ट पार्नुभयो । यसैगरी आफ्नो अभिव्यक्ति राख्ने क्रममा विद्यालय बाहिर रहेका २ सय बालबालिकाहरुलाई रोटरियन रामप्यारी बज्राचार्यले मुलुकका विभिन्न स्थानमा छात्रवृत्तिसहित पठनपाठन गराएको र त्यसैगरी रोटरियन हिरा शर्मा नेपालद्वारा पनि छात्रवृत्ति सहित सयौं बालबालिकाहरुलाई पठनपाठन गराइरहेको सम्बोधनका क्रममा प्रमुख अतिथि रोटरियन श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
प्रमुख अतिथि डिष्ट्रिक गर्भनर रोटरियन कृष्णलाल श्रेष्ठले दिप प्रज्वलित गरेर सुरु गरिएको वार्षिकोत्सवमा रोटरी क्लब अफ काभ्रे बनेपाका अध्यक्ष रोटरियन रामप्यारी बज्राचार्यले नेतृत्व सम्हालेको १ सय ३४ दिनभित्र भए गरेका कार्यक्रमका बारेमा जानकारी गराउनुहुँदै १ करोड २१ लाख बराबरको लागतमा थामडाँडा खानेपानी तथा सरसफाई परियोजनाका बारेमा प्रष्ट्याउनुभएको थियो । माम्ती खोलाबाट प्रेसरथ्रोमार्फत् थामडाँडामा खानेपानीको व्यवस्थापन गर्न लागिएको सम्बन्धमा जानकारी दिँदै यो प्रविधिबाट खानेपानी वितरण प्रक्रिया सम्भवतः काभ्रेमा पहिलो रहेको समेत अध्यक्ष रोटरियन बज्राचार्यले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा रोटरियन नारायण गुरुङद्वारा नयाँ सदस्यता प्राप्त गर्नुहुने व्यक्तित्वहरुलाई रोटरीको महत्व र यसले छोड्ने प्रभावका बारेमा जानकारी गराउँदै सदस्यता प्रदान गर्नुभएको थियो । त्यसैगरी संस्थापक रोटरियनहरुलाई सम्मान गरिएको थियो । सम्मानित रोटरियनहरुको तर्फबाट रोटरियन विजयराम कर्माचार्यले सम्मानित गर्नुभएकोमा रोटरी क्लब अफ काभ्रे बनेपाप्रति आभार व्यक्त गर्दै यस किसिमका क्रियाकलापहरु नयाँ पिढिँका लागि प्रेरणादायी हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा रोटरियनहरु देवराज भण्डारी, सूर्यप्रभा शाक्य लगायतले रोटरी क्लब अफ काभ्रे बनेपाका गतिविधिबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रोटरियन हिरा शर्मा नेपालले गर्नुभएको थियो । उक्त वार्षिकोत्सवलाई भव्य र सभ्य रुपमा मनाउने क्रममा विविध सन्ध्याकालिन साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

  • केही गर्छु भन्नेहरुका लागि रोटरी साझा चौतारी हो- रोटरियन श्रेष्ठ
  • सन्दर्भः १८औं वार्षिकोत्सव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0