Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रधान सम्पादकको स्वास्थ्यमा सुधार, हाम्रा सुभचिन्तकका सहयोगले गर्दा पुनर जिवन प्राप्त

प्रभातफेरी अनलाइन ७९९३ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर १७, मंगलबार (६ साल अघि)
प्रधान सम्पादकको स्वास्थ्यमा सुधार, हाम्रा सुभचिन्तकका सहयोगले गर्दा पुनर जिवन प्राप्त

बनेपा/प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक एवं प्रभातफेरी अनलाईनका प्रवन्धक प्रल्हाद शर्मा हुमागाईको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भर्ई खतरा मुक्त भएको छ ।

मंसिर ९ गते आफ्नै खेतिमा उत्पादन भएको आलु बजारमा ढुवानी गर्ने क्रममा सवारी दुर्घटनामा परि सख्त घाईते हुनुभएका हुमागाईलाई बेहोस अवस्थामा शिरमेमोरीयल अस्पतालमा उपचारको लागि पु¥याईएको थियो । टाउकोमा गम्भीर चोट लागेकोले काठमाडौ स्थित नर्भिक अस्पतालमा थप उपचारको लागि शिर मेमोरीयलले रिफर गरेपछि ४ दिन सम्म न्युरो बिशेषज्ञ डा. राजिब झा समेतको विशेषज्ञ टोली उपचारमा संलग्न रहनु भएको थियो ।

चार दिन सम्म नर्भिक अस्पतालमा उपचार गरी हाल पुनः काभे्र वनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार हुमागाईको स्वास्थ्यमा सुधार आई खतरा मुक्त भएको जनाएको छ । टाउकोको महत्वपुर्ण हड्डीमा गम्भीर चोट लागेकोले अझै केही दिन अस्पतालमै रहेर उपचार गर्नुपर्ने उपचारमा संलग्न डा. सुजन पौडेल, डा.अजय यादव, डा.एन्जला बस्नेत समेतको टोलीले जानकारी गराउनु भएको छ ।

सवारी दुर्घटनाको प्रकृति र घाईतकोे अवस्थालाई मध्यनजर राख्दा हाम्रा प्रधान सम्पादकले पुनर्जीवन पाउनु भएको छ । सवारी दुर्घटनास्थलबाट घाईतेहरुको उद्धार भई सकेको अवस्थामा स्थानिय शुरेन्द्र वञ्जारा, विष्णुप्रसाद तिमल्सिना र सन्तोष वञ्जाराले अरु पनि कोही छ की भनि मोवाईलको उज्यालोको सहायताले खोज्दा अचेत भई अत्याधिक रक्तस्राप भईरहेको अवस्थामा फेला पारी उपचारको लागि पहल गर्दा पुनर्जीवन पाउन सफल भयो । मस्त निन्द्रामा परेका प्रचण्ड बञ्जारालाई बोलाई उहाँको नीजि गाडीको सहायताबाट अस्पताल ल्याउनको लागि उहाँले पु¥याएको योगदानले गर्दा पनि पुनर्जीवन पाउन सफल भएको हो ।
शीर मेमोरियलबाट काठमाडौं रिफर गरेपछि तत्काल उपचार हुन नसक्दा खतराको संकेत वढेकोले एम्बुलेन्स चालक सुदन भुजेलले आफ्नो जोखिमको कुनै प्रवाह नगरी समयमा उपचारको लागि अस्पताल पु¥याउनुले पनि ठुलो सहयोग मिल्यो । तत्काल उपचारको वातावरण तयार गर्दै पिडित परिवारलाई सान्त्वना र साथ दिनुहुने सञ्चारकर्मी सन्तोष दाहाल, पेमा लामा, सुरेश हुमागाई र हाम्रा अभिभावक कुमार हुमागाईको योगदान अविस्मरणीय रहेको छ ।

दुर्घटनाभएको दिन सोमबार हाम्रो लागि सबै भन्दा बढी दुःखको कालो दिनको रुपमा सावित हुन पुगेको छ । हाम्रा यस दुःखमा साथ दिनुहुने नेपाल पत्रकार महांघ काभे्र शाखाका अध्यक्ष मोतीरामा तिमल्सिना लगाएत सम्पुर्ण पत्रकार मित्रहरु, सुभचिन्तकहरु, उपचारमा संलग्न बिशेषज्ञहरुले हामिप्रती देखाउनु भएको सहानुभुती, सहयोगको कारण हाम्रो मिडिया परिवार ऋणी भएको महसुस गर्दै उहाँहरु प्रति आभार व्यक्त गर्दछौं । उपचारमा रहनु भएका प्रधान सम्पादक हुमागाईको सिघ्रा स्वास्थ्य लाभको कामना गर्दछौं ।

  • प्रधान सम्पादकको स्वास्थ्यमा सुधार
  • हाम्रा सुभचिन्तकका सहयोगले गर्दा पुनर जिवन प्राप्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0