उप—निर्वाचनले सत्तापक्ष नेकपालाई झड्का, भक्तपुर र धरानका जनताले परिवर्त खोज्यो
प्रभातफेरी अनलाइन६९५६ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर १७, मंगलबार (५ साल अघि)
आई.आर.के मैनाली बनेपा/मुलुकमा संविधान जारी भएपछि सम्पन्न पहिलो निर्वाचनवाबाट निर्वाचित जनप्रतीनिधिहरु मृत्यु भएपछि रिक्त रहेको स्थानहरुमा उपनिर्वाचन सम्पन्न भएको छ । उप—निर्वाचनको नतिजा आउने कार्य समेत सकिएको छ । नतिजाले सत्तापक्षलाई एक पटक झस्काउने कार्य गरेको छ ।
हालै सम्पन्न उप—निर्वाचनले रिक्त रहेको स्थानमा जनप्रतीनिधिको परिपुर्ती गर्ने कार्य मात्रै नभई सत्तापक्ष र प्रतिपक्षलाई नेपाली जनताले कुन ढंगबाट हेरेका रहेछन् भन्ने अध्ययन गर्ने अवसर समेत जुटेको छ । प्रतीनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी पार्टी साथै नेपाली काँगे्रस र फोरम पार्टी विच एकता भएपनि स्थानिय तहको निर्वाचनमा सवै अलग अलग अवस्थाबाट निर्वाचनमा सहभागि भएका थिए ।
निर्वाचनको परिणाम सत्तापक्ष नेकपाको धेरै आएको छ तर पार्टी एकतापछि भएको उप—निर्वाचनबाट आउनु पर्ने ढंगको परिणाम आउन सकेको छैन । नेकपाका हस्तिको रुपमा परिचित नेताहरुकै वडामा समेत प्रतिपक्षमा रहेका नेपाली काँगे्रसले निर्वाचनमा विजय हासिल गर्नु भनेको जनताको नजरमा सरकारले राम्रो कार्य नगरेको पुष्टि भएको छ । जेजति स्थानमा नेकपाले विजय हासिल गरे सो स्थानहरुमा पनि जिन तिन जितभएको धेरै स्थानहरु रहेका छन् । नेकपा नेतृत्वको सरकारले नेपाली जनताको चित्त बुझाउन सकेको भए तिजेको स्थानहरुमा धेरै मतपरिणामको अन्तरमा निर्वाचित हुन जरुरी थियो ।
त्यसैगरी धरान र भक्तपुरको चुनाव पार्टीको नेकपाको पक्षमा नआउनुले सरकार अलोकप्रिय भएको सन्देश गएको हो कि भन्ने देखिन्छ । नेकपाको प्रभाव क्षेत्र मानिएको उत्तरपूर्वी भक्तपुर र धरान उपमहानगर पार्टीले गुमाउनु भनेको नेपाली जनताको नजरमा नेकपा अलोकप्रिय भएको देखियो । समग्रमा उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि मतान्तर साथै सरकारमा रहेको समयमा भएको निर्वाचनको परिणाम र प्रतिपक्षको भुमिकामा रहेकाको परिणाम हेर्दा नेकपामा सुधार आएन र नेपालि काँगे्रसले संगठनलाई मजवुत बनाउदै जाने हो भने आगामी निर्वाचनमा नेकपाले कल्पना गरेभन्दा फरक परिणाम आउन सक्ने संकेत देखायो उपनिर्वाचनले ।
नेपाली जनता धेरै चतुर छन् मुलुकको हित चाहन्छन कुन पार्टीले के—कस्ता राम्रा नराम्रा कार्य गरेका राम्रोसंग मुल्यांङ्कन गर्न सक्षम छन् भन्ने उदाहरण विगतले पनि देखाई सकेको छ । विगतमा नेपाली काँगे्रसलाई वहुमत, नेकपा माओवादीलाई जेठो दल, नेपाली काँगे्रसलाई माहिलो दल, नेकपा एमालेलाई कान्छो दल, फेरी नेकपा एमालेलाई पहिलो दल बनाउने पनि नेपाली जनतानै हुन् । सत्ता पक्ष नेकपाले छिट्टै समग्र कामको मूल्याङ्कन र उपनिर्वाचनको परिणामको बारेमा समिक्षा गरेर अगाडि बड्नुपर्ने देखिन्छ ।
“स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९.८ प्रतिशत) स्थानमा विजय हासिल गरेको छ । एकताअघि दुई पार्टीले २८ स्थान (५३.८ प्रतिशत) जितेका थिए । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको किल्ला मानिएको केही निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । विजयी स्थानका आधारमा नेकपा अगाडि भए पनि कांग्रेसले राम्रो स्थान बनाएको छ । यसअघि नेकपा एवं तत्कालीन बाम गठबन्धनले चुनाव जितेका ठाउँमा यस पटक कांग्रेसले शानदार कमब्याक गरेको छ । भरतपुर, दाङ र भक्तपुर चितवनमा यसअघि नेकपाका उम्मेदवार जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचन भएको स्थानमा कांग्रेसले नतिजा उल्ट्याएको छ ।
भक्तपुर १ ‘ख’ मा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछाने सांसद थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णभक्त भँडेल विजयी भएका छन् । भरतपुर १६ मा यसअघि तत्कालीन एमालेका चतुरमान गुरुङ वडाध्यक्ष थिए । अहिले त्यहाँ कांग्रेसका अमृतराज हमालले चुनाव जितेका छन् । भक्तपुर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । यस्तै चितवनको भरतपुर १६ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । यहाँबाट दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
यस्तै दाङको घोराही १६ पर्ने निर्वाचन क्षेत्रबाट प्रदेशसभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्वाचित भएका थिए । जहाँ यस उपनिर्वाचनमा कांग्रेसले बाजि मारेको छ । समग्र रुपमा सम्पन्न उप—निर्वाचनले दलहरुलाई अध्ययन गर्ने मौका दिएको छ । सत्ता पक्ष वा प्रतिपक्षले नेपाल र नेपाली जनताको लागि के कस्तो कार्य गर्नु पर्ने रहेछ भन्ने शंदेस दिएको छ ।