Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उप—निर्वाचनले सत्तापक्ष नेकपालाई झड्का, भक्तपुर र धरानका जनताले परिवर्त खोज्यो

प्रभातफेरी अनलाइन ७०२६ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर १७, मंगलबार (६ साल अघि)
उप—निर्वाचनले सत्तापक्ष नेकपालाई झड्का, भक्तपुर र धरानका जनताले परिवर्त खोज्यो

आई.आर.के मैनाली
बनेपा/मुलुकमा संविधान जारी भएपछि सम्पन्न पहिलो निर्वाचनवाबाट निर्वाचित जनप्रतीनिधिहरु मृत्यु भएपछि रिक्त रहेको स्थानहरुमा उपनिर्वाचन सम्पन्न भएको छ । उप—निर्वाचनको नतिजा आउने कार्य समेत सकिएको छ । नतिजाले सत्तापक्षलाई एक पटक झस्काउने कार्य गरेको छ ।

हालै सम्पन्न उप—निर्वाचनले रिक्त रहेको स्थानमा जनप्रतीनिधिको परिपुर्ती गर्ने कार्य मात्रै नभई सत्तापक्ष र प्रतिपक्षलाई नेपाली जनताले कुन ढंगबाट हेरेका रहेछन् भन्ने अध्ययन गर्ने अवसर समेत जुटेको छ । प्रतीनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी पार्टी साथै नेपाली काँगे्रस र फोरम पार्टी विच एकता भएपनि स्थानिय तहको निर्वाचनमा सवै अलग अलग अवस्थाबाट निर्वाचनमा सहभागि भएका थिए ।

निर्वाचनको परिणाम सत्तापक्ष नेकपाको धेरै आएको छ तर पार्टी एकतापछि भएको उप—निर्वाचनबाट आउनु पर्ने ढंगको परिणाम आउन सकेको छैन । नेकपाका हस्तिको रुपमा परिचित नेताहरुकै वडामा समेत प्रतिपक्षमा रहेका नेपाली काँगे्रसले निर्वाचनमा विजय हासिल गर्नु भनेको जनताको नजरमा सरकारले राम्रो कार्य नगरेको पुष्टि भएको छ । जेजति स्थानमा नेकपाले विजय हासिल गरे सो स्थानहरुमा पनि जिन तिन जितभएको धेरै स्थानहरु रहेका छन् । नेकपा नेतृत्वको सरकारले नेपाली जनताको चित्त बुझाउन सकेको भए तिजेको स्थानहरुमा धेरै मतपरिणामको अन्तरमा निर्वाचित हुन जरुरी थियो ।

त्यसैगरी धरान र भक्तपुरको चुनाव पार्टीको नेकपाको पक्षमा नआउनुले सरकार अलोकप्रिय भएको सन्देश गएको हो कि भन्ने देखिन्छ । नेकपाको प्रभाव क्षेत्र मानिएको उत्तरपूर्वी भक्तपुर र धरान उपमहानगर पार्टीले गुमाउनु भनेको नेपाली जनताको नजरमा नेकपा अलोकप्रिय भएको देखियो । समग्रमा उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि मतान्तर साथै सरकारमा रहेको समयमा भएको निर्वाचनको परिणाम र प्रतिपक्षको भुमिकामा रहेकाको परिणाम हेर्दा नेकपामा सुधार आएन र नेपालि काँगे्रसले संगठनलाई मजवुत बनाउदै जाने हो भने आगामी निर्वाचनमा नेकपाले कल्पना गरेभन्दा फरक परिणाम आउन सक्ने संकेत देखायो उपनिर्वाचनले ।

नेपाली जनता धेरै चतुर छन् मुलुकको हित चाहन्छन कुन पार्टीले के—कस्ता राम्रा नराम्रा कार्य गरेका राम्रोसंग मुल्यांङ्कन गर्न सक्षम छन् भन्ने उदाहरण विगतले पनि देखाई सकेको छ । विगतमा नेपाली काँगे्रसलाई वहुमत, नेकपा माओवादीलाई जेठो दल, नेपाली काँगे्रसलाई माहिलो दल, नेकपा एमालेलाई कान्छो दल, फेरी नेकपा एमालेलाई पहिलो दल बनाउने पनि नेपाली जनतानै हुन् । सत्ता पक्ष नेकपाले छिट्टै समग्र कामको मूल्याङ्कन र उपनिर्वाचनको परिणामको बारेमा समिक्षा गरेर अगाडि बड्नुपर्ने देखिन्छ ।

“स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९.८ प्रतिशत) स्थानमा विजय हासिल गरेको छ । एकताअघि दुई पार्टीले २८ स्थान (५३.८ प्रतिशत) जितेका थिए । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको किल्ला मानिएको केही निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । विजयी स्थानका आधारमा नेकपा अगाडि भए पनि कांग्रेसले राम्रो स्थान बनाएको छ । यसअघि नेकपा एवं तत्कालीन बाम गठबन्धनले चुनाव जितेका ठाउँमा यस पटक कांग्रेसले शानदार कमब्याक गरेको छ । भरतपुर, दाङ र भक्तपुर चितवनमा यसअघि नेकपाका उम्मेदवार जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचन भएको स्थानमा कांग्रेसले नतिजा उल्ट्याएको छ ।

भक्तपुर १ ‘ख’ मा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछाने सांसद थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णभक्त भँडेल विजयी भएका छन् । भरतपुर १६ मा यसअघि तत्कालीन एमालेका चतुरमान गुरुङ वडाध्यक्ष थिए । अहिले त्यहाँ कांग्रेसका अमृतराज हमालले चुनाव जितेका छन् । भक्तपुर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । यस्तै चितवनको भरतपुर १६ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । यहाँबाट दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

यस्तै दाङको घोराही १६ पर्ने निर्वाचन क्षेत्रबाट प्रदेशसभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्वाचित भएका थिए । जहाँ यस उपनिर्वाचनमा कांग्रेसले बाजि मारेको छ । समग्र रुपमा सम्पन्न उप—निर्वाचनले दलहरुलाई अध्ययन गर्ने मौका दिएको छ । सत्ता पक्ष वा प्रतिपक्षले नेपाल र नेपाली जनताको लागि के कस्तो कार्य गर्नु पर्ने रहेछ भन्ने शंदेस दिएको छ ।

  • उप—निर्वाचनले सत्तापक्ष नेकपालाई झड्का
  • भक्तपुर र धरानका जनताले परिवर्त खोज्यो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0