Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँच महिनामा १ हजार ३० को ज्यान गयो

प्रभातफेरी अनलाइन ६७३८ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
पाँच महिनामा १ हजार ३० को ज्यान गयो

धुलिखेल/सिन्धुपाल्चोकमा आईतबार भएको सवारी दुर्घनामा परि १५ जनाले ज्यान गुमाएका छन् । उक्त वसमा यात्रा गर्ने ३२ जना मध्य १७ जना घाईते भएका छन् । भक्तपुरको च्यामासिंवाट कालिञ्चोक मंदिर दर्शनको लागि बा.४ खा ४४६८ नं को बस रिजर्भ गरी शनिबार कालिञ्चोक पुगेका थिए ।

मंदिरको दर्शन गरेर फर्कने क्रममा लिशंखुपाखर गाउंपालिकाको मुडे बजारमा बास बसेर आईतबार फर्कने क्रममा लामोसाँघु जिरी सडकको स्वाँरा मोडमा उक्त बस दुर्घटनामा परेको थियो । दुर्घटना हुनासाथ स्थानियहरुको साथै प्रहरीहरु उद्धार कार्यमा जुटे तर घटनास्थलमै १२ जनाले ज्यान गुमाए भने दुई जना उपचारको लागि लाँदै गर्दा बाटैमा र अर्का एकजनाको काठमाडौ स्थित केएमसि अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भयो ।

बिभिन्न सवारी दुर्घटना भएमध्य बिशेष गरेर रिजर्भमा जानेगरेको गाडी, सडकका अनुभव नभएका चालक, दयनिय सडकको अवस्था, क्षमता भन्दा बढी यात्रु, तिब्र गति, थोत्रा सवारी साधनको कारणले गर्दा दुर्घटना हुनेगरेको पाईन्छ । अईतबार भएको दुर्घटना पनि जिरी सडकको अनुभव नभएको सवारी चालक, साँघुरो सडकमा ओभरटेक गर्दै तिब्र गतिकै कारणले भएको पाईन्छ । धुलिखेल अस्पतालमा उपचारमा रहेका घाईतेहरुको भनाई यस्तो छ “मुडेवाट हामी हिडेको केहिबेरमानै बसमा कस्तो कस्तो आवाज आयो, हामीले गाडी रोक्न भनेउ तर चालकले गाडी रोकनुको वदला उल्टै अरु गाडीहरुलाई उछिन्दै दौडायो, केही तल पुगेपछि गाडीमा कस्तो कस्तो गंद्ध आयो तर गाडी रोकेन त्यसैले गर्दा दुर्घटना भयो”।

पछिल्लो एक महिनाको अवधिमा मुलुकभरमा सवारी दुर्घटनाको कारन ज्यान गुमाउने संख्या २ सय ३० पुगेको छ भने घाईते हुनेहरुको संख्या १ हजार ४ सय २६ रहेको छ । एक महिनामा यति ठुलो संख्यामा मृत्यु हुनु र घाईते हुनाले गर्दा सार्वजनिक यातायात थप जोखिम पुर्ण बन्दै गएको छ । मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो । मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । यस्तै विभिन्न घटनामा गरी २ सय ३० ले ज्यान गुमाए । त्यसैगरी साउनदेखि आईतबार सिन्धुपाल्चोकमा भएको घटना सम्ममा ७ हजार ५ सय ५ दुर्घटना भएकामा १ हजार ३० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । यसमा पुरुष ७ सय ४४, महिला १ सय ९०, बालक ६० र बालिका ३७ जना रहेका छन् । त्यसैगरी घाईते हुनेको संख्या ७ हजार ९ सय ६१ जना पुगेको छ ।

छोटो समयमा धेरै संख्यमा दुर्घटनामा मृत्यु हुंदा पनि यसको बिषयमा सम्बन्धित निकाए मौन छ । दुर्घटनालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा खासै चासो दिएको पाइन्न । जसको कारण थप घटनाहरु हुदै छ, दुर्घटना हुनाको कारणको पहिचान गरी न्युनिकरकनको लागि पहल गर्ने हो भने समस्या केही हदमा कम हुनसक्छ । सरोकारवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनालाई थाहै नपाएजसरी मातहतका कार्यालय र प्रहरीसँग दुर्घटना न्यूनीकरणका लागि छलफल समेत गर्न गरेको छैन ।

दुर्घटना कम गराउने बिषयमा गृह मन्त्रालयले पनि खासै चासो दिएको छैन । वास्तवमा यसरी सवारी दुर्घटना बढ्न थालेपछि गृह मन्त्रालय र यातायात मन्त्रालयले पहल गर्दै यातायात व्यवसायी र चालकलाईका विचमा बसेर गहन छलफल गर्न जरुरी रहन्छ । गत बर्षको तथ्याङ्क हेर्दा दैनिक सरदर सवारी दुर्घटनाका कारण ७ जनाले ज्यान गुमाएको र दैनिक ४० जना घाईते हुनेगरेको पाईन्छ तर सो संख्या घट्नुको बदला बढ्दै गएको छ । यस्तो अवस्थामा पनि सम्बन्धित पक्षको मौनता रहने हो भने थप समस्याहरु आउन सक्छ ।

  • पाँच महिनामा १ हजार ३० को ज्यान गयो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0