धानपति दाहाल
बर्ग संघर्षको युद्धमोर्चामा होमियर शोषित पिडित जनताको मुक्तिको लागि पटक पटक युद्ध लडेर नेपालमा गणतन्त्र स्थापना गरियो । सोचेको थियँ अब हामिले गरेको जनयुद्धले सार्थकता पायो । सबै नेपालीको सपना साकार हुने पक्कापक्की थियो किनकी हामिलाइ त्यस्तै सपना देखाइयको थियो । जङ्गल बाट शिबिर अनि शिबिरबाट अयोग्य लडाकु भयर बाहिरिनु प¥यो । म मात्र नभयर धेरै सहयोद्धा कमरेडहरुले त्यसदिन सिबिर छोड्नु परेको थियो । घोराइ आक्रमणको दौरानमा भेटभएर नजिकिन पुगेकी सहयोद्धा क.जलजला र म एक आपसमा जिन्दगी संगै जिउने निधो गर्दै शिबिर बाट बाहिर निक्लिएम ।
बाल्यकालमै युद्धमा होमियर बम बारुदको गोला अनि एस एल आर र थ्री नट थ्री राइफल खेलाएका हातले अब कोदाली र साबेल चलाएर जीवन जिउन खोज्दै थियो । उनी अर्थात मेरि जलजलाले सानो पसल गरेकी थिइन । हामी लाइ सुरुमा समाजमा घुलमिल हुन केही गार्हो भएपनी पछि भने बानी पर्दै गयो । हाम्रो पनि जीवन सामान्य हुँदै गयो । हामी दुईको त्यो यात्रामा अर्को एक सहयात्री थपियो दोस्रो बर्ष हाम्रो छोरा नवयुग को जन्म भयो । उन्लाइ निकै दिन हस्पिटल राख्नुपर्दा र छोरालाइ पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्दा खर्र्च धान्न नसकेर हाम्रो पसल त उड्यो नै अलिअलि भएको बचत पनि बाटो लाग्यो । त्यस्पछी भने हाम्रो दुखको दिन सुरु भयो ।
एक पछि अर्को गर्दै दुःखको पहाडले थिच्न थालेपछी मैले वैदेशिक रोजगारीमा निक्लने निँधो गरेँ । पासपोर्ट हातमा लिएर धेरै म्यानपावर पनि डुलियो तर बिडम्बना मेडिकल अनफिट भएको कारण मेरो बिदेश को रोजगारी को सपना पुरा हुन सकेन । अनि फेरि दुःखले भरिएको मन बोकेर उही पुरानो दैनिकी सुरु भो । कुटो कोदालो अनि पिक र साबेल चलाएर घर चलाउन निकै गार्ह्रो भैरहेको थियो तर के गर्नी अर्को कुनै बिकल्प पनि त थिएन ।
त्यस्तैमा एकदिन छेउमा आएर मलाइ निकै भावुक भएर उन्ले भनिन् बाबा म बिदेश जान्छु नि है मैले केही सोच्नै सकिनँ मात्र हुन्न किन जान प¥र्यो म दुःख गरिरहेकै छु त भनेँ । आज जिउ सारसौदो छ ठिकै छ भोलि हजुर बिरामी पर्नु भयो भने के गर्नी नि बाबू पनि अबत दुई बर्षको भयो अर्को साल त स्कुल हाल्नु पर्छ अनि झन कत्ती गार्हो हुन्छ सोच्नुस त । म मौन छु उन्ले फेरि भनिन हजुर्ले ट्राइ गर्नु भएकै हो के गर्नी मेडिकल फेल भएर जान मिलेन म ट्राइ गरिहेर्छु नि एक पटक भैहाल्यो भने गएर आउनेछु भएन भने केही छैन । तर मलाइ नरोक्नुस प्लिज । मैले धेरै बेर सोचेपछी हुन्छ नित ट्राइ गर भनेपछी उन्को मुहारमा खुशी छायो तर बाबू तिर हेर्दै फेरि भावुक भैहालिन ।
भोलिपल्ट बाट हामी उन्को पासपोर्ट बनाउन तिर लागेम एक हप्तामा पासपोर्ट निकालेर हामी म्यानपावर गयौं । म्यानपवर ले पनि कम्पनी राम्रैछ भनेर उन्लाइ सबैखाल्को परिक्षा लिएर पास गरायो । हेर्दाहेर्दै उन्को उड्ने दिन आयो । अघिल्लो दिन रातैभरी हाम्रो आँखा ओभानो रहेन । बिबाह गरेकोे लगभग ४ बर्ष मा हामी चारदिन पनि लगातार टाढा भएर बसेका थिएनम तर आज निएतिले हामिलाइ दुई बर्षको टाढा गराउँदै थियो । भोलिपल्ट बिहानै मन्दिर दर्शन गरेर हामी एर्पोट तिर लागेम उन्लाइ छोड्न । हामी दुबै अत्यन्तै मन गाठो पारिरहेका थिएम बाबू नबयुग पनि मेरो काखमा बसेर ममि जानी ममि जानी भन्दै रोइरहेको थियो । उनी एर्पोट भित्र छिरेपछी आँखाले देख्न छोडेपछी छोरालाइ सम्हालेर म बाहिर निक्लेर उनी चढेको प्लेन उडेको हेर्न बसिरहेँ । केही समएमा हवाइजहाँज आकास तिर तेर्सियो अनि सेतो बादलमा हरायो । जसै त्यो हवाइजहाज सेतोबादलमा हरायो मेरो मन्को कालो बादल फुटेर होला जलरुपी आँसु धारा बगेको पत्तै भएन केही समयमा सम्हालिएर म बाबुलाइ लिएर डेरा तिर लम्कियँ ।
आजभोलि अनि पर्सि गर्दै दिन हरु बित्दै गए । दिन बितेर हप्ता अनि हप्ता बितेर महिना फेरि महिना बितेर साल बित्यो । बालख छोरो पापा चाचा र नानामा भुलेर आमालाइ बिर्सिरहेको थियो तर म भने उनी फर्कने दिन गनेर बसिरहेको थियँ । म्यासेन्जर र इमो मा भिडियो कल दिनकै हुने गथ्र्यो तरपनी मन मानिरहेको थिएन । उन्को कमाइ र मेरो पनि केही थपथापले हाम्रो सबै ऋण चुक्ता भैसकेको थियो अब हामी आफ्नो भबिस्यको लागि केही गर्न चाहन्थेम तर उन्को र मेरो चाहना त्यति बेला मिलेन जतिबेला उन्को दोस्रो बर्षको अन्तिम अन्तिम समय चलिरहेको थियो । म अब उनि नेपाल आएपछि कुनै सानोतिनो ब्यपार गरेर जिन्दगिलाइ अगाडि बढाउने सोच्दै थियँ भने उनि अर्र्को दुई बर्ष भिसा थपेर उतै बस्ने अनुमती माग्दै थिइन । उन्को जिध्दी को अगाडि मेरो केही लागेन आखिर उनी फेरि अर्को दुई बर्षको लागि उतै बस्ने निधो भयो ।
तेस्रो बर्ष को मध्य तिर पुगेपछी बिस्तारै बिस्तारै उन्को हामिप्रतिको व्यबहार परिबर्तन हुन थालेको महशुस भयो तर केही भन्न सकिनँ । दिनमा एकपटक नबोली बस्न नसक्ने मेरि जलजला अब हप्तामा एकपटक बोल्नेमा पुगिन त्यस्माथी पनि सानो सानो कुरामा निउ खोजेर झगडा गर्न थालिन जुन मेरोलागी निकै पिडादाइ थियो । आखिर फोनमा कुरा मात्र हैन उन्को कमाइ पनि घटेर आउन थालेको थियो नेपाल । मैले एक्दिन के भयो र कमाइ राम्रो छैन कि किन हो पैसात निकै कम पठाउन थालेउत भनेको मात्र के थियँ उन्ले उताबाट म मेसिन होर पैसा छापेर पठाउन लाई म पनि मान्छे हो मेरो पनि चाहना हुन्छ सबै पैसा पठाए मात्र खुशी हुनेहो भने अबदेखी कुरै नगरम भनेर फोन काटिन । मेरो भनाइ को मतलब त्यो थिएन भनेर बुझाउन पनि सकिएन म कस्तो अप्ठेरो मा थिए । उन्ले लगभग ३ बर्षको छोडेर गएको छोरो अहिले ६ बर्षको भैसकेको थियो हामी बाउ छोरा हरेक समय उन्को याद गरेर बिताइ रहेका थियौं । उन्को फोनको पर्खाइ गर्दा गर्दा केही नलागेपछी एकदिन म आफैले फोन गरें फोन धेरै पटक कल गरेपछी मात्र उठ्यो मैले किन रिसाएकी तिमी अझै रिस मरेको छैन र भनेको त उन्ले उता बाट म रिसाएको छैन अनि किन रिसाउनु भनेर कड्किइन मैले अनि किन त कल नगरेको भनेको मलाइ नराम्रो नसोच्नु अनि अब देखि मेरो र मेरो कमाइको आस नगर्नु मैले यतै घरजम गरिसकेको छु । त्यसैले मलाइ अबदेखी डिस्टब नगर्नु भनेर फोन काटिन ।
म अक्क न बक्क भयँ जिउ फत्रक्क गल्यो अनि पुरै पसिनाले जिउ भिजेछ म त बेहोस नै पो भएछु होसमा आउँदा छोरो मेरो छेउमा बसेर बाबा भनेर रोइरहेको थियो । म उठेर छोरोलाइ अङ्गालो मारेर आफुलाइ भुलाउन खोजिरहेको थियँ तर सकिरहेको थिइनँ । त्यो समय पहिलो पल्ट मलाइ गरिब भएकोमा आफैं देखि आफैं लाई घिन लागेर आयो । जिन्दगीमा आफु लाछी नामर्द र हुतिहारा रैछु भन्ने महसुस गरायो । कलम समाउने बेलामा बन्दुक बोकेर हिनियो । के यहि गरिबिकै रेखामुनी बस्नको लागि त्यो बाल्यकालमा बन्धुक बोकेका थियौं त हामिले अनि के युद्ध सकिएपछी हामिलाइ ब्यबस्थापन गर्नु राज्यको दाइत्व थिएनर । आफुले कुर्र्सी पाएपछी कस्तो सस्तो भयो हगि हाम्रो त्याग र बलिदान को मूल्य । आखिर खोलो तर्यो डुङ्गा बिर्सियो नितिले तिमिहरुको शासन कतिदिन टिक्ला खै हेरम्ला म पनि । आज मैले जे भोग्नु परेको छ, यो सबैको श्रेय मेरो गौरबसाली पार्टी लाई दिनु पर्छ किनकी ज्यालादारी कामदार को जस्तो काम ।
काम सकिएपछी हामिलाइ बिदा गरिदियो । न कुनै रोजगारीको ब्यबस्था नत कुनै भबिस्यको गोरेटो देखायो मात्र हामी लाई केही पैसा दिएर पन्छाएर म र म जस्तै हजारौं वीरहरुको रगत र पसिनाको आहाल फड्किएर सत्तामा मोजगर्न पुगेका हाम्रा ती महान लालसेनाका कमाण्डर हरु लाई सम्झेर अनि आजको मेरो मुलुकको अबस्था देखेर मलाइ नै उदेक लागेको छ । आज मेरो मुलुक र मेरो घर उस्तै भएको छ । माउ बिनाको चल्ला जस्तो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |