Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कलम समाउन छोडेर बन्दुक बोकियो….

प्रभातफेरी अनलाइन ४९०२ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
कलम समाउन छोडेर बन्दुक बोकियो….

धानपति दाहाल
बर्ग संघर्षको युद्धमोर्चामा होमियर शोषित पिडित जनताको मुक्तिको लागि पटक पटक युद्ध लडेर नेपालमा गणतन्त्र स्थापना गरियो । सोचेको थियँ अब हामिले गरेको जनयुद्धले सार्थकता पायो । सबै नेपालीको सपना साकार हुने पक्कापक्की थियो किनकी हामिलाइ त्यस्तै सपना देखाइयको थियो । जङ्गल बाट शिबिर अनि शिबिरबाट अयोग्य लडाकु भयर बाहिरिनु प¥यो । म मात्र नभयर धेरै सहयोद्धा कमरेडहरुले त्यसदिन सिबिर छोड्नु परेको थियो । घोराइ आक्रमणको दौरानमा भेटभएर नजिकिन पुगेकी सहयोद्धा क.जलजला र म एक आपसमा जिन्दगी संगै जिउने निधो गर्दै शिबिर बाट बाहिर निक्लिएम ।

बाल्यकालमै युद्धमा होमियर बम बारुदको गोला अनि एस एल आर र थ्री नट थ्री राइफल खेलाएका हातले अब कोदाली र साबेल चलाएर जीवन जिउन खोज्दै थियो । उनी अर्थात मेरि जलजलाले सानो पसल गरेकी थिइन । हामी लाइ सुरुमा समाजमा घुलमिल हुन केही गार्हो भएपनी पछि भने बानी पर्दै गयो । हाम्रो पनि जीवन सामान्य हुँदै गयो । हामी दुईको त्यो यात्रामा अर्को एक सहयात्री थपियो दोस्रो बर्ष हाम्रो छोरा नवयुग को जन्म भयो । उन्लाइ निकै दिन हस्पिटल राख्नुपर्दा र छोरालाइ पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्दा खर्र्च धान्न नसकेर हाम्रो पसल त उड्यो नै अलिअलि भएको बचत पनि बाटो लाग्यो । त्यस्पछी भने हाम्रो दुखको दिन सुरु भयो ।

एक पछि अर्को गर्दै दुःखको पहाडले थिच्न थालेपछी मैले वैदेशिक रोजगारीमा निक्लने निँधो गरेँ । पासपोर्ट हातमा लिएर धेरै म्यानपावर पनि डुलियो तर बिडम्बना मेडिकल अनफिट भएको कारण मेरो बिदेश को रोजगारी को सपना पुरा हुन सकेन । अनि फेरि दुःखले भरिएको मन बोकेर उही पुरानो दैनिकी सुरु भो । कुटो कोदालो अनि पिक र साबेल चलाएर घर चलाउन निकै गार्ह्रो भैरहेको थियो तर के गर्नी अर्को कुनै बिकल्प पनि त थिएन ।

त्यस्तैमा एकदिन छेउमा आएर मलाइ निकै भावुक भएर उन्ले भनिन् बाबा म बिदेश जान्छु नि है मैले केही सोच्नै सकिनँ मात्र हुन्न किन जान प¥र्यो म दुःख गरिरहेकै छु त भनेँ । आज जिउ सारसौदो छ ठिकै छ भोलि हजुर बिरामी पर्नु भयो भने के गर्नी नि बाबू पनि अबत दुई बर्षको भयो अर्को साल त स्कुल हाल्नु पर्छ अनि झन कत्ती गार्हो हुन्छ सोच्नुस त । म मौन छु उन्ले फेरि भनिन हजुर्ले ट्राइ गर्नु भएकै हो के गर्नी मेडिकल फेल भएर जान मिलेन म ट्राइ गरिहेर्छु नि एक पटक भैहाल्यो भने गएर आउनेछु भएन भने केही छैन । तर मलाइ नरोक्नुस प्लिज । मैले धेरै बेर सोचेपछी हुन्छ नित ट्राइ गर भनेपछी उन्को मुहारमा खुशी छायो तर बाबू तिर हेर्दै फेरि भावुक भैहालिन ।

भोलिपल्ट बाट हामी उन्को पासपोर्ट बनाउन तिर लागेम एक हप्तामा पासपोर्ट निकालेर हामी म्यानपावर गयौं । म्यानपवर ले पनि कम्पनी राम्रैछ भनेर उन्लाइ सबैखाल्को परिक्षा लिएर पास गरायो । हेर्दाहेर्दै उन्को उड्ने दिन आयो । अघिल्लो दिन रातैभरी हाम्रो आँखा ओभानो रहेन । बिबाह गरेकोे लगभग ४ बर्ष मा हामी चारदिन पनि लगातार टाढा भएर बसेका थिएनम तर आज निएतिले हामिलाइ दुई बर्षको टाढा गराउँदै थियो । भोलिपल्ट बिहानै मन्दिर दर्शन गरेर हामी एर्पोट तिर लागेम उन्लाइ छोड्न । हामी दुबै अत्यन्तै मन गाठो पारिरहेका थिएम बाबू नबयुग पनि मेरो काखमा बसेर ममि जानी ममि जानी भन्दै रोइरहेको थियो । उनी एर्पोट भित्र छिरेपछी आँखाले देख्न छोडेपछी छोरालाइ सम्हालेर म बाहिर निक्लेर उनी चढेको प्लेन उडेको हेर्न बसिरहेँ । केही समएमा हवाइजहाँज आकास तिर तेर्सियो अनि सेतो बादलमा हरायो । जसै त्यो हवाइजहाज सेतोबादलमा हरायो मेरो मन्को कालो बादल फुटेर होला जलरुपी आँसु धारा बगेको पत्तै भएन केही समयमा सम्हालिएर म बाबुलाइ लिएर डेरा तिर लम्कियँ ।

आजभोलि अनि पर्सि गर्दै दिन हरु बित्दै गए । दिन बितेर हप्ता अनि हप्ता बितेर महिना फेरि महिना बितेर साल बित्यो । बालख छोरो पापा चाचा र नानामा भुलेर आमालाइ बिर्सिरहेको थियो तर म भने उनी फर्कने दिन गनेर बसिरहेको थियँ । म्यासेन्जर र इमो मा भिडियो कल दिनकै हुने गथ्र्यो तरपनी मन मानिरहेको थिएन । उन्को कमाइ र मेरो पनि केही थपथापले हाम्रो सबै ऋण चुक्ता भैसकेको थियो अब हामी आफ्नो भबिस्यको लागि केही गर्न चाहन्थेम तर उन्को र मेरो चाहना त्यति बेला मिलेन जतिबेला उन्को दोस्रो बर्षको अन्तिम अन्तिम समय चलिरहेको थियो । म अब उनि नेपाल आएपछि कुनै सानोतिनो ब्यपार गरेर जिन्दगिलाइ अगाडि बढाउने सोच्दै थियँ भने उनि अर्र्को दुई बर्ष भिसा थपेर उतै बस्ने अनुमती माग्दै थिइन । उन्को जिध्दी को अगाडि मेरो केही लागेन आखिर उनी फेरि अर्को दुई बर्षको लागि उतै बस्ने निधो भयो ।

तेस्रो बर्ष को मध्य तिर पुगेपछी बिस्तारै बिस्तारै उन्को हामिप्रतिको व्यबहार परिबर्तन हुन थालेको महशुस भयो तर केही भन्न सकिनँ । दिनमा एकपटक नबोली बस्न नसक्ने मेरि जलजला अब हप्तामा एकपटक बोल्नेमा पुगिन त्यस्माथी पनि सानो सानो कुरामा निउ खोजेर झगडा गर्न थालिन जुन मेरोलागी निकै पिडादाइ थियो । आखिर फोनमा कुरा मात्र हैन उन्को कमाइ पनि घटेर आउन थालेको थियो नेपाल । मैले एक्दिन के भयो र कमाइ राम्रो छैन कि किन हो पैसात निकै कम पठाउन थालेउत भनेको मात्र के थियँ उन्ले उताबाट म मेसिन होर पैसा छापेर पठाउन लाई म पनि मान्छे हो मेरो पनि चाहना हुन्छ सबै पैसा पठाए मात्र खुशी हुनेहो भने अबदेखी कुरै नगरम भनेर फोन काटिन । मेरो भनाइ को मतलब त्यो थिएन भनेर बुझाउन पनि सकिएन म कस्तो अप्ठेरो मा थिए । उन्ले लगभग ३ बर्षको छोडेर गएको छोरो अहिले ६ बर्षको भैसकेको थियो हामी बाउ छोरा हरेक समय उन्को याद गरेर बिताइ रहेका थियौं । उन्को फोनको पर्खाइ गर्दा गर्दा केही नलागेपछी एकदिन म आफैले फोन गरें फोन धेरै पटक कल गरेपछी मात्र उठ्यो मैले किन रिसाएकी तिमी अझै रिस मरेको छैन र भनेको त उन्ले उता बाट म रिसाएको छैन अनि किन रिसाउनु भनेर कड्किइन मैले अनि किन त कल नगरेको भनेको मलाइ नराम्रो नसोच्नु अनि अब देखि मेरो र मेरो कमाइको आस नगर्नु मैले यतै घरजम गरिसकेको छु । त्यसैले मलाइ अबदेखी डिस्टब नगर्नु भनेर फोन काटिन ।

म अक्क न बक्क भयँ जिउ फत्रक्क गल्यो अनि पुरै पसिनाले जिउ भिजेछ म त बेहोस नै पो भएछु होसमा आउँदा छोरो मेरो छेउमा बसेर बाबा भनेर रोइरहेको थियो । म उठेर छोरोलाइ अङ्गालो मारेर आफुलाइ भुलाउन खोजिरहेको थियँ तर सकिरहेको थिइनँ । त्यो समय पहिलो पल्ट मलाइ गरिब भएकोमा आफैं देखि आफैं लाई घिन लागेर आयो । जिन्दगीमा आफु लाछी नामर्द र हुतिहारा रैछु भन्ने महसुस गरायो । कलम समाउने बेलामा बन्दुक बोकेर हिनियो । के यहि गरिबिकै रेखामुनी बस्नको लागि त्यो बाल्यकालमा बन्धुक बोकेका थियौं त हामिले अनि के युद्ध सकिएपछी हामिलाइ ब्यबस्थापन गर्नु राज्यको दाइत्व थिएनर । आफुले कुर्र्सी पाएपछी कस्तो सस्तो भयो हगि हाम्रो त्याग र बलिदान को मूल्य । आखिर खोलो तर्यो डुङ्गा बिर्सियो नितिले तिमिहरुको शासन कतिदिन टिक्ला खै हेरम्ला म पनि । आज मैले जे भोग्नु परेको छ, यो सबैको श्रेय मेरो गौरबसाली पार्टी लाई दिनु पर्छ किनकी ज्यालादारी कामदार को जस्तो काम ।

काम सकिएपछी हामिलाइ बिदा गरिदियो । न कुनै रोजगारीको ब्यबस्था नत कुनै भबिस्यको गोरेटो देखायो मात्र हामी लाई केही पैसा दिएर पन्छाएर म र म जस्तै हजारौं वीरहरुको रगत र पसिनाको आहाल फड्किएर सत्तामा मोजगर्न पुगेका हाम्रा ती महान लालसेनाका कमाण्डर हरु लाई सम्झेर अनि आजको मेरो मुलुकको अबस्था देखेर मलाइ नै उदेक लागेको छ । आज मेरो मुलुक र मेरो घर उस्तै भएको छ । माउ बिनाको चल्ला जस्तो ।

  • कलम समाउन छोडेर बन्दुक बोकियो....
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0